Skip to content

लाग्यो प्रेम रोग्

इन्टरनेट्को राम-झाम्मा भेटी एउटा काली
राम्री त साह्रै राम्री,तर प रि अरुईकी माली
म पनि त अरुईको हु नखरमाउलो काले
पोथी जातै देख्न नहुनि,लुरे सेक्सी भाले!
आज भन्दा भोली भन्दा,छुट्न हामी गाह्रो भो
मुना-मदन्को भन्दापनि हाम्रो माया प्यारो भो!!
टुट्नलाई गाह्रो भएनि,अस्म्भब छ हुना एक
के लेख्यो नि दैवा तिमीले निधारमा हाम्रो लेख्!
आउछिन उनि अनलाइनमा खोल्छिन वैब क्यामनी
त्यो देखेसी यो कालेको मन कसरी थाम्नी?
उनि भन्छिन हाई राजा,म नि भन्छु रानी
गाहिराईमा डुब्दैछौ हामी जानी जनी!
घरकिले नि फोन गर्छिन्,भन्छिन हाइ मेरो काले
स्वाङ पार्दै भन्न थाल्छिन आउनु रे छिटो बाले!!
के गरौ म लौन प्रभु,प्रेमको रोगले सारो भो
छोडौ भन्छु काली लाई झनै मलाई गाह्रो भो
मन त मलाई छैन नि दुईटिकी पोई हुनलाई
साँझ-बिहान कुना बसी घुक्क-घुक्का रुनलाई ।

राजेश रुम्ब लामा,ग्रुपफोर कतार्,दोहा ।
mail: Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *