Skip to content

जन्मदिनको शुभकामना छोरी


सिमलका भुवा झैं
सेता बादलका टुक्रा
निलो गगनमा नियाल्दा
म सम्झिन्छु छोरी
केही सन्देश पठायौ कि
केही सन्देश लिन आयौ ।

मन्द बतास चल्दा
लहलह गर्ने चौतारीका बरपिपल वरिपरि
तिमी फुरुङ भै नाच्दै हौली
मखमली तिम्रो फ्रक अनि
तिम्रो मुस्कानमा
चिरविर गर्दै होलान चरीहरू पनि ।

सिप्-सिप् पानीको थोपा
सिसाको झ्यालमा देख्दा
म सम्झिन्छु छोरी
हर जिद्दीले निस्कन्छौ होला
सप्तरङ्गी इन्द्रेणीसँगै
भिज्नुको मज्जा लिनु छ
जो तिमीले ।

तिमी रुँदा
सँगै रुने हाम्रो आँशु
तिमीलाई के थाहा छोरी
तिमी सानै छौ
जगत बुझ्न बाँकी नै छ
तिम्रो पुस्ताको लागि मार्गनिर्देशक वन्न सक्नु
जन्मदिनको धेरै धेरै शुभकामना छोरी ।

– लोक मणि गिरी ‘सार्थक’
तुलसिपुर,दाङ
हाल यस्बिया, डेनमार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *