Skip to content


म हुँ एक बालक पढ्ने मेरो काम
पढी गुनी ठूलो भई राख्छु देशको नाम ।

दिनभरि स्कुल अनि एकछिन खेल्छु सँाझमा
पढ्न बस्छु बिहान राति आमाबाका माझमा

कुनैबेला हजुरबाको बन्छु सानो साथी
गाला छुँदै भन्नुहुन्छ बालख नै जाती

दिदी मेरी एउटी मात्रै सँगै हामी पढ्छौँ
माया हाम्लाई बराबरी दुवै अघि बढ्छौँ

पढ्ने स्कुल टाढा हाम्रो त्यसकै लाग्छ पीर
बाटो पनि खतरनाक वरिपरि भीर

कुनै दिन हाम्रो पनि बाटो पीच होला
मोटरले बोकिदेला किताबको झोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *