मलाई मेरो प्रत्येक जन्मदिनले झस्काउँछ
मुटु चस्स दुखेर आउँछ
ढुकढुकी बढ्न थाल्छ
अनि कता कता खिन्न लाग्छ
त्यही जन्मदिनको कारण
जसले मेरो जिउने अधिकार खोसिरहेछ
मेरो सुन्दर श्रृष्टि हेर्ने दिन घटाइरहेछ
मेरो उमेरमा अर्को वर्ष थपी
बृद्धपनको आभाष दिलाईरहेछ
अतालिन्छु म जब त्यो दिन नजिक आउँछ
सक्दो बिर्सन खोज्छु
तर पनि झक्झक्याउँछ
त्यो दिन धेरैलाई हर्ष र उल्लास लाग्ने दिन
तर मलाई पीडा हुन्छ
कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ
मलाई आफ्नो बाँच्ने दिन घटेकोमा
हर्षको दीप बाल्न मनै लागेन
उल्लासले रमाउन सक्दै सकिन
जब त्यो दिन कट्छ
बल्ल मेरो मन रमाउन थाल्छ
तर क्षणिक मात्र
किनकि म फेरि आउँछु भन्दै मै सँग बिदा मागेर जान्छ त्यो ।

K bhanu ra khoi? Maile ta
K bhanu ra khoi? Maile ta padnai jaani na….
Manoj kafle