Skip to content


मलाई मेरो प्रत्येक जन्मदिनले झस्काउँछ
मुटु चस्स दुखेर आउँछ
ढुकढुकी बढ्न थाल्छ
अनि कता कता खिन्न लाग्छ
त्यही जन्मदिनको कारण
जसले मेरो जिउने अधिकार खोसिरहेछ
मेरो सुन्दर श्रृष्टि हेर्ने दिन घटाइरहेछ
मेरो उमेरमा अर्को वर्ष थपी
बृद्धपनको आभाष दिलाईरहेछ
अतालिन्छु म जब त्यो दिन नजिक आउँछ
सक्दो बिर्सन खोज्छु
तर पनि झक्झक्याउँछ
त्यो दिन धेरैलाई हर्ष र उल्लास लाग्ने दिन
तर मलाई पीडा हुन्छ
कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ
मलाई आफ्नो बाँच्ने दिन घटेकोमा
हर्षको दीप बाल्न मनै लागेन
उल्लासले रमाउन सक्दै सकिन
जब त्यो दिन कट्छ
बल्ल मेरो मन रमाउन थाल्छ
तर क्षणिक मात्र
किनकि म फेरि आउँछु भन्दै मै सँग बिदा मागेर जान्छ त्यो ।

1 thought on “मेरो जन्मदिन”

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *