जीवन अजंगका पहाडहरु
उक्लने प्रयास गरिरहेछ –
तिम्रो उपस्थितिबिना,
तिम्रा मधुर मुस्कानहरुबिना
तिम्रा अनमोल अनुरागहरु बिना,
तिम्रा सुकोमल अंगालाहरु बिना।
जीवनचर्याका यी प्रत्येक
बिन्दुहरुमा लागिरहन्छ –
तिमी भएको भए यस्तो हुन्थ्यो
तिमि भएको भए उस्तो हुन्थ्यो।
गोरेटोहरु उजाड उजाड झैं लाग्छ,
बाटोहरु अभाव नै अभावले भरिएझैं लाग्छ।
म भावनाहरु कोरिरह्छु –
पढिदिने तिमी छैनौ,
म गाइरहन्छु – सुनिदिने तिमी छैनौ
