Skip to content


क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाईको चुल्हो माथी भोक बल्न थाल्यो

कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो

फुसफुसे खरको छानो निति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो ।

3 thoughts on “गजल”

  1. राम्रो छ कृष्ण जि ।
    राम्रो छ कृष्ण जि । सुनिल सँगम

  2. कृष्ण जि ,समय सान्दर्भिक निकै
    कृष्ण जि ,समय सान्दर्भिक निकै मन छुने गजल लेख्नु भएछ।

    हेर्दा हेर्दै तुवालो ले देश छोप्न थाल्यो ,
    देश प्रेमी मन भित्र ,तीर रोप्न थाल्यो ।
    ……
    भन्न लाई सबै भन्छन् मिल्नु पर्छ हामी,
    नमिलेरै अशान्ति मा देश फिर्न थाल्यो।
    ………..
    सबैका ति मुद्दा हरु कानुन होस् माथि ,
    कानुन कै लडाईंमा देश डुब्न थाल्यो।
    …………….
    भन्न लाई सबै भन्छन् जनता का लागि,
    गर्ने बेला देश भन्दा दलै ठुलो लाग्यो।
    …………….
    दल हरु सधैं गर्छन् कुर्सी घुमाइ खेल ,
    खेल भित्र देश मेरो फेरि हार्न लाग्यो।
    (suphi)

  3. धन्यवाद सुनील जी, हौसला
    धन्यवाद सुनील जी, हौसला बढाईदिनु भएकोमा,
    अनि सूफीजीले त मिठाे कविता नै सृजना गर्नु भएछ
    धेरै धेरै धन्यवाद सुन्दर प्रतिक्रयाको लागि ।

    अनेसास इजरायलको साहित्यिक वेब http://www.sahityasagar.com को झ्याल पनि चियाउदै गर्नु होला ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *