मेरो सानो पाठो मिठुकुमारी डल्लाकोटी बाल कविता मुना २०६६ बैशाख by kbsMay 1, 2009 मेरो सानो पाठो छ धेरै धेरै बाठो छ बुर्लुक्क-बुर्लुक्क उफ्रँदै पछि पछि दगुर्छ । माया यसले बुझ्दछ यताउता कुद्दछ घरी घरी जिस्क्याउँदै खेल्न आऊ भन्दछ । आमासँग बसेर च्वाप्-च्वाप् बुबु चुस्दछ म्याँ-म्याँ गरी कराउँदै आँगनमा कुद्दछ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ