Skip to content


हिमालचुली मुन्तिर
तराईदेखि मास्तिर
सानो-सानो हाम्रो घर
पाखुरीमै भर्छु भर!

घर पुग्ने बाटो छ
धान फल्ने माटो छ
फलफूलको बारी छ
छेउमै सल्लाघारी छ!

गाईगोरुको गोठ छ
मुस्कान खेल्ने ओठ छ
आमा-बालाई सघाउँछु
बोटविरुवा लगाउँछु!

देशको माया गाढा छ
स्कुल भने टाढा छ
घरमै पढ्छु क ख ग
अरू कुरा पछि भन्छु ल!

Leave a Reply

Your email address will not be published. Required fields are marked *