समयमै गर्नुपर्छ आफ्नो-आफ्नो काम
काम गर्नसके मात्र रहन्छ है नाम ।
आज गर्ने कामलाई भोलि भन्नु हुन्न
जाँगरीलाई घाम पानी असिनाले छुन्न
अल्छीहरू दुनियाँको कुरा काटी बस्छन्
कर्मीहरू कर्ममा नै सधैं लागि पर्छन् ।
पल-पलमा त्यसै त्यसै बित्ला जिन्दगानी
आज जाला भोलि जाला गर्दै कुराकानी
समयलाई बुझ्नेहरू सधैं अघि बढ्छन्
नबुझ्ने त कठैबरी! त्यसै पछि पर्छन् ।
समयमै गर्नुपर्छ आफ्नो-आफ्नो काम
काम गर्नसके मात्र रहन्छ है नाम ।
