Skip to content

म त पहिरोभित्र छु

  • by


म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु
सपना देख्ने आँखा बस्यो
म त झन झन कुहिरोभित्र छु

फूल त मेरो होइन शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन
झन झन कुहिरोभित्र छु

रहर ओइलाई झरे बाटो काट्ने काँडा भए
सँगै देखेका सपना कता कता हराई गए
झन झन कुहिरोभित्र छु

शब्द- राजेन्द्र थापा
स्वर – दीप श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *