Skip to content

ईशारा त गर्नु भयो

  • by


ईशारा त गर्नुभयो माया मात्र हो कि हैन?
मै शिवाय हजुरको दिलमा अरु छ कि छैन?
भन्नुस न!

कसो गरी पत्याऊँ म आजैसम्मै हजुरले
कसैलाई लोभ्याएन जवानीको नजरले
यति आशा देखाएको मलाई मात्र हो कि हैन?
मै शिवाय हजुरको दिलमा अरु छ कि छैन?

सायद अरु कति होलान् हजुरलाई रुचाउने
मेरो जस्तै आशा लिई हजुरकै सामु आउने
अरुले त यस्तै भन्छन् साँच्चो मात्र हो कि हैन?
मै शिवाय हजुरको दिलमा अरु छ कि छैन?

शब्द – राममान तृषित
स्वर – तारादेवी
संगीत – शिवशंकर मानन्धर

Leave a Reply

Your email address will not be published. Required fields are marked *