Skip to content


केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ
मेरो मन भाक या साँच मलाई अब जे गरे हुन्छ

मान्छेले गर्ने कर्महरू केले असल खराब हुन्छ
आफ्नो अपजस हातहरूले जे गर्यो त्यही खराब हुन्छ
डढेको मन मध्यरात सबै एक छिनमा खात हुन्छ
मेरो मन भाक या साँच मलाई अब जे गरे हुन्छ

न त घृणाले आतिन्छु न त मायाले मातिन्छु
मलाई दोष देऊ या देऊ उपहार कालो रंगमा जे पोते हुन्छ
केको बत्ती नदेख्नेलाई मेरो दिनरात समान हुन्छ
मेरो मन भाक या साँच मलाई अब जे गरे हुन्छ

शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल
एल्बम – मीतज्यू (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *