Skip to content


म कसरी भनुँ यो माया हो न तिमी मेरी न म तिम्रो
बरू भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो

यति नजिक भएर पनि हामी टाढा नै हुनुपर्छ
एकै नदी भए तापनि हामी दुइटा किनार हुनुपर्छ
म कसरी भनुँ यो मिलन हो न तिमी मेरी न म तिम्रो

तिम्रो मन मैले जितेर पनि आफैंसित म हार्नु पर्छ
कलिला कोमल प्रीतिको बेला फुल्नुअघि नै मार्नु पर्छ
म कसरी भनुँ यो संगम हो न तिमी मेरी न म तिम्रो

शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल
एल्बम – मीतज्यू (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *