Skip to content


मिठो एक गाँस खानलाई चाड पर्ब कुर्ने ती आत्माहरू
भोका र नागा भाल्टाङ भुल्टुङहरूको रहर पुराउन भारी बोक्ने मनहरू
सिउँदाको सिन्दुर योगदान गर्ने चमेलीहरू।
यूद्ध जितेर घरको आँगनमा खुशीयाली फर्काउन चाहने हर्केहरू।
कति खुशी थिए नयाँ नेपालको नयाँ बिहानी डाक्न।
कति लालायित थिए तिमीलाई सिहदर्बारको कुर्सीमा राख्न।
तर के कहिले तिमीले आफ्नो खुशीभन्दा माथि उठेर सोच्यौ?
एक दिन आफू भोकै बसेर त्यो भोक को महसुस कहिले गरेर हेर्यौ?
हेर एक चोटि तिमी आशा गरेर हेर
हेर एक चोटि तिमी निराश भएर हेर
अनि आँफैभित्र खोज भोक रोग शोकको पीडा
अनी तिमी बुझ्नेछौ त्यो जन्मसँगै बोकेर ल्याएको मृत्युको पीडा।

2 thoughts on “पीडा”

  1. hi gita
    how are you? so what

    hi gita
    how are you? so what are you doing now there?can you reply me answer now? very nice poem that i read i like this poem.

  2. स्रर्ब प्रथम नमस्ते
    यहाँले

    स्रर्ब प्रथम नमस्ते
    यहाँले सोधनु भएकोमा धेरै खुशी लाग्यो।
    आरम छु र यहाँलाई पनि सो हिको कामना गर्दछु,
    र-आयो कुरा के गर्नु हुन्छ भन्नेको म मात्रा रोजी रोटीको लागि सानो काम गर्छु
    israel मा caregiver बस यहाँले मेरो कविता हेरेर मन पराउनु भएको मा यहाँलाई मुरी मुरी
    धन्याबाद, आफुलाई कवी त नभनौ होला किनकी कवी हुनलाई त्यती सजिलो छैन, मात्र यो मेरो सानो प्रयास हो ,
    आशा गर्छु यहाँहरुको आशिर्बाद पाएर समयले साथ दिएमा झल्याक झुलुक देखिन सकौ ,
    यिही कामनाका साथ बिदा,
    गीता

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *