Skip to content


कल्पनाको तरङ्गमा
जब सुन्दर भाव आउँछन् आँखामा
तब ममा अटाउन नसक्ने
खुसीका चित्रहरू कोरिन्छन्
सपनामा देख्न नसकेका
रङहरू छचल्किन्छन्
वसन्तको सुखानुभूति गर्दै
एक निमेष स्वाँट्ट आउँछ, झ्वाट्ट जान्छ फेरि
पलभरको मिठास
मनभरि थन्क्याउन खोज्छु
आँखाभरि सजाउन खोज्छु
हजार सपना र अर्थमा ओइलिने
कल्पनाका रङहरू
क्षणभरमा नै चक्नाचुर हुन्छन् अनायासै!
यस्तो लाग्छ
कहाँ पुगेकी म
झस्कँदै आफूलाई भेट्छु
कल्पना जीवनमा सजाउने सुन्दर तस्बिर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *