Skip to content


कति पर्खिनु, भैगो बिर्सिदिऊँ क्यारे ।
आफ्नो घाउ, आफैले नै सिऊँ क्यारे ।

यो रात कटे ,भोलि त हिजो जस्तै हो ।
मौका सम्झी ,एक गिलास पिऊँ क्यारे ।

लाज लाग्ने नि ! कसैलाई के बताऊँ ।
दर्पण हेरी ,केहि ढाडस लिऊँ क्यारे ।

यो दुनियामा के, कमी छ र आफ्नाको ।
तैपनि लाग्ने , कस्को लागि जिऊँ क्यारे ।

छैनन थाहा छ र पनि यस्तो लाग्छ ।
आउंदै छिन, यही बसी पर्खिऊँ क्यारे ।

6 thoughts on “गजल”

  1. आफ्नो घाऊ आफैले सिउन सक्ने
    आफ्नो घाऊ आफैले सिउन सक्ने थोरै प्रेमीहरु छन यहाँ
    दिनेश जी, बाकी सबै जसले घाऊ बनाईदिएर गयो –
    उसैलाई पर्खेर बस्छन ।

    कति पर्खिनु, भैगो बिर्सिदिऊँ क्यारे ।
    आफ्नो घाउ, आफैले नै सिऊँ क्यारे ।

    यत्ति भनुँ – मिठो ग़ज़ल …
    पढ़न पाई राखौं।

  2. दिनेशजी,
    आश्थाका गजूरहरु

    दिनेशजी,

    आश्थाका गजूरहरु चूलिएर आकाश चड्दा
    माया जित्न “सुमेरु पर्बत” तर्नै पर्छ भन्ने छैन

    शायद मायामा आउने उतार चढाव स्वभाविक हो। नत्र हामीले यति राम्रो रचना कहा पढ्न पाउनु ?
    फेरि सोच्नुस् । गजल मा देखिएको घाउ नै कालान्तरमा आगाध मायाको “सेतु“ त बनेर आवोस । शुभ कामना ।।

  3. माया साँचो छ आउँदैछिन्
    माया साँचो छ आउँदैछिन् उनि
    केही बेर पर्खनु भनिदिउँ क्यारे
    सुनिल सँगम

  4. साथिहरु धन्यवाद ,यो साथको सधै
    साथिहरु धन्यवाद ,यो साथको सधै आशामा छु ।

  5. दिनेश जी,
    तपाईं का गजल हरु

    दिनेश जी,
    तपाईं का गजल हरु साच्चै पढौं-पढौं लाग्ने छन । सरल शब्द मा धेरै भाव, क ठिन शब्द मा सरल भाव । आ… हा …आ …हा… हा … हा….
    यो रात कटे ,भोलि त हिजो जस्तै हो ।
    मौका सम्झी ,एक गिलास पिऊँ क्यारे ।

    प्रकाश

Leave a Reply to dineshraj gyawali Cancel reply

Your email address will not be published. Required fields are marked *