लेख्नलाई मनमा चोट पर्नै पर्छ भन्ने छैन
मायाँ आँक्न चन्द्रमा त झर्नै पर्छ भन्ने छैन
मदिराको हैन नशा नयनतालमा झ्वाम्म डुब्दा
मन यो जल्यो शितल बर्षा छर्नै पर्छ भन्ने छैन
ऋषि चित्त धर्मराउछ आलिङ्गनको बल्छी खस्दा
पल भरमै स्वर्ग मिल्छ मर्नै पर्छ भन्ने छैन
आश्थाका गजूरहरु चूलिएर आकाश चड्दा
माया जित्न “सुमेरु पर्बत” तर्नै पर्छ भन्ने छैन
मूरली बज्यो बृन्दावनमा राधाहरु लठ्ठ पर्दा
आलोकलाई अन्धकारले हर्नै पर्छ भन्ने छैन
बसन्त गौतमको ब्लगमा आशाबादी र निराशाबादी गजल बारे पढेँ । प्रेममा घायल एकजना मीत्रको निराशाबादी गजल श्रृंखला बेजोड पढेँ ।
अनि निराशाको बिपक्षमा लेख्ने प्रयाश गरेँ ।
मइ १४ २००९

गाँठे, धमाका गजलहरू निस्कन
गाँठे, धमाका गजलहरू निस्कन थाले त नि! अस्तितिर केही अध्ययन पनि गर्नुभो कि? शशक्त छन है शेरहरू!
लको लाइन चैं यस्तो भएमा अलि सार्थक हुन्छ नि, हैन र?
मूरली बज्यो बृन्दावनमा राधाहरु लठ्ठ पर्दा
–> राधाहरू (गोपिनीहरू) लठ्ठ परे बृन्दावनमा मुरली बज्दा
इति:॥
ऋषि चित्त धर्मराउछ आलिङ्गनको
ऋषि चित्त धर्मराउछ आलिङ्गनको बल्छी खस्दा
पल भरमै स्वर्ग मिल्छ मर्नै पर्छ भन्ने छैन
क्या बेजोड शेर ।वाह आलोक जी
बेजोडको गजल, मन छुने खालको अ
बेजोडको गजल, मन छुने खालको अ अन्तिम शेरको पहिलो मिसरा चाँही पूर्वज साथीले भनेजस्तै गोपिनिहरु लठ्ठ परे बृन्दाबनमा मुरली बज्दा भए सुन्दर हुन्थ्यो ।
उत्कृष्ट भाव सहित सुन्दर
उत्कृष्ट भाव सहित सुन्दर ग़ज़ल चालिसे जी,
यद्यपि शब्द संयोजनको हिसाबले चाही अलि हतार नगरी लेख्नु होला ।
चौथो सेरमा “सुमेरु पर्वत”को
चौथो सेरमा “सुमेरु पर्वत”को उपमा अलि कस्तो कस्तो लाग्यो,
नदी, सागर वा जंघार जस्तै पहाड़ नि तर्न मिल्छ र ?
ऋषि चित्त धर्मराउछ आलिङ्गनको
ऋषि चित्त धर्मराउछ आलिङ्गनको बल्छी खस्दा
पल भरमै स्वर्ग मिल्छ मर्नै पर्छ भन्ने छैन
aaha sachai bejod shabda tersaunu bo alok jee?
sunil sangam
कुमारजी, तपाईको मझेरीमा
कुमारजी, तपाईको मझेरीमा डुल्दा- भुल्दा शायरहरुको सङगत पर्यो । जानिनजानि सब्द जोडेँ, हौसला त राम्रै मिल्यो। सुधारका सुझाबहरु सिरोधर !!
कृष्णजी, दिनेशजी, सुनिलजी, हौसलाको लगि धेरै धन्यबाद ।
नाम नखुलाउनुहुने अतिथी महोदय, तपाईको रचनात्मक सुझाबप्रति धेरै आभारी छु। शब्द सँयोजनमा कृष्णजीले भन्नुभए झैँ हतारिएको पक्का हुँ । * माया जित्न “सुमेरु पर्बत” तर्नै पर्छ भन्ने छैन * भन्नेमा सीताजीको अग्नी परिक्ष्या लाई उतार्न खोज्दा खोज्दै छाँटकाँट मा परेर “सुमेरु पर्बत” तिर पुगेँ । सुझाबको लागि धन्यबाद ।
अलोक जी, साह्रै मिठो
अलोक जी, साह्रै मिठो लाग्यो
ऋषि चित्त धर्मराउछ आलिङ्गनको बल्छी खस्दा
पल भरमै स्वर्ग मिल्छ मर्नै पर्छ भन्ने छैन
प्रकाश
gajal niky ramro 6 la……..
gajal niky ramro 6 la……..
अलोक जी, साह्रै मिठो लाग्यो
अलोक जी, साह्रै मिठो लाग्यो
good
good
good
good
Dherai ramero lagyo
Dherai ramero lagyo