Skip to content


लम्किएका शान्ति छुन
खुम्चिएका छन् आज
सपना सहिदको पूरा नभएर
लाग्न थाल्यो सरकारलाई लाज ।
कुर्सिमा बसेका नेताहरू
संसार खान थालिसके
ज्युँदा लासहरू आज
मरेका लास भइसके ।
खोई शान्ति दिगो विकास
हुँदैछ मान्छेहरूको सत्यनाश
भन्ने बेलामा अमर नेपाली भन्ने
गर्न थाले आफैँ जनताको विनाश ।
मरेका ती लासहरू
चिहानबाटै कराउन थाले
सहिदले त हारमानी
ज्युँदा लासलाई पनि बोलाउन थाले ।

सविन खड्का
त्रिबुद्ध मावि, छत्तीवन-२, हात्तिसुँडे, मकवानपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *