Skip to content

तिम्रा ईच्छाहरु


अरु बाँकी केही भए तिम्रा ईच्छाहरु
भन प्रिय मलाई जीवन दिन्छु अरु ।

मान्छेको जीवन भन्दा धन प्यारो रैछ
सबै तिम्रै बनाउँन मलाई मार बरु ।

कुन पापको सजाए ? दियौ मलाई
तिमी आफै भन न कहाँ विश्वास गरु ?

तिम्रो लागी बिष पनि हाँस्दै पिई दिन्थें
बिर्सीएछौ बसन्तका नैवेद र चरु ।

अझै पनि म भन्छु तिमी मान्छे बन
तर तिमी गर्दै हिड्छौ झन तल झरु ।

सोझो देखी खेल्नु खेल्यौ मेरो जीवनमा
रितीएछ आँखा मेरो नसोच भो आँशु भरु

धर्म कर्म सिकाउँनु मेरो गल्ती रैछ
ब्यर्थ मैले सोच्या रैछु दुःखीयालाई सेवा गरु ।

यदि म पापी अर्धमी राक्षस हुँ भने
हे भगवान, मेरो वश मासिएर मरु ।

3 thoughts on “तिम्रा ईच्छाहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *