Skip to content
साथी छिमेकी र समाजको 
दुहाई दिनेहरु 
भयो अब धेरै भयो 
दुहाई र दुहाई दिनेहरु 
ताकी जानाजानी
झुठो प्रवृती वर्षाएर
भयो अब धेरै 
दुहाई नदेउ  । 
झुट माथी झुट बोलेर 
बाँच्ने शाहस गर्नेहरु
सहपाठीको काँध चढेर 
शिखर चुमेपछी 
उसैको लौरो भाँचेर 
अट्टाहासको हाँसो हाँस्नेहरु 
साँच्चिकै लज्जाको ल पनि
भएको पाइन्न 
यिनीहरुको मानसपटलमा 
यहाँसम्मकी  
दुष्मनलाई हिलो छ्याप्न पनि
आफ्नो चर्तीकलाको बखान गाउछन 
यिनीहरु 
कति सजिलो काइते गाली 
हाम्रो समाजको महाँमानवतामा । 
त्यसैले अझै साथी 
विवेकहिन लाजहिन वचनहिन 
 र ओजस हिनहरुको 
 लाचार जमातलाई बोकेर 
 भो मलाई दुहाई नदेउ 
 साथी छिमेकी र समाजको
  दुहाई नदेउ !! 
 अरु भन्नेनै हो भने 
 उ न मेरो साथी न तिम्रो 
 उ न मेरो छिमेकी न तिम्रो 
 उ न हाम्रो समाजको 
 मात्रै उसले हामी दुबैलाई 
 मीठो र सुन्दर सपना देखायो ! 
 समानता त्यही हो 
 तर अन्ततः परिणाम 
 मलाई न पच्ने रहेछ
 भने तिमीलाई त
 मजाले पो जच्ने रहेछ ।
 त्यसैले  त्यो को को ?
 जसको नालायकी दुराचारी गद्दारी र भ्रमलाई 
 प्राणवाणी को रुपमा ग्रहण गरेर 
 भयो अब तिमी अझै मलाई 
 दुहाई नदेउ 
 साथी छिमेकी र समाजको 
 किनकी उ त्यो को को ? 
 जसको छलछाम,चतुर्‍याइँ, मुर्ख्याइँ र धुर्त्याइँलाई 
 त तिमीले आफ्नो अन्नपानी सम्झेछौ 
 भने तिमीले तिम्रो आफ्नो 
 लागि त के के र को को लाई पो 
 प्राणवाणी सम्झने छौ 
 अन्नपानी बनाउने छौ 
 जुन बेला तिमीले पनि 
 के छोड्छौ होला र ,
 मलाई पनि !
 आखिर नुनको सोझो गर्नै पर्ने 
 अनि के साथी ? के छिमेकी ? के समाज ? 
 त्यसैले साथी भयो 
 अब दुहाई नदेउ 
 त्यो तिम्रो आफ्नो 
 मेलो भर्ने दुहाई नदेउ 
 साथिको छिमेकीको र समाजको 
 दुहाई नदेउ 
 मलाई दुहाई नदेउ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *