Skip to content


स्वर्ग भन्ने कुनै ठाउँ त्यो खास कहाँ छ !?
आमाको काखमा जस्तो आभाष कहाँ छ !?

जवाफमा उन्‌को मन्‌को सिंहासन भन्छु
जब कोहि सोध्छ “तेरो निवास कहाँ छ !?”

वायाँपट्टि चन्द्रमाको साथ हुँदा पनि
अँध्यारो छ यो मन् मेरो प्रकाश कहाँ छ !?

सास खोज्ने अधिकार छैन थाहा त छ
तर विन्ति बताऊ खै लास कहाँ छ !?

जलन् लुकाई मुस्कुराईरन्छ र त भन्छन्
यति चन्चल् ‘अनुज’ छ उदास कहाँ छ !?

3 thoughts on “गजल”

  1. स्वर्ग भन्ने कुनै ठाउँ त्यो
    स्वर्ग भन्ने कुनै ठाउँ त्यो खास कहाँ छ !?
    आमाको काखमा जस्तो आभाष कहाँ छ !?
    आहा क्या लेख्नु भो अनुज जी ,मतला त राम्रो छ नै ।थप यो शेर झन राम्रो लाग्यो ।
    सास खोज्ने अधिकार छैन थाहा त छ
    तर विन्ति बताऊ खै लास कहाँ छ !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *