तिम्रा लागि मर्ने अनी मार्नेको भिड देखेँ
कुरैकुराले मात्र तारा झार्नेको भिड देखेँ
तिमीसङ्गै पौडिनलाई, जवानीको सागरमा
समाएर तिम्रो हात, तार्नेको भिड देखेँ
देखाएर माहुरिलाई, बास्नादार फूलहरु
तिम्रै गल्ली गोरेटोमा सार्नेको भिड देखेँ
तिम्रालागी प्रतीस्पर्धा हुँदाखेरी हजारौमा
जित्ने खेल जानी जानी हार्नेको भिड देखे
बगैचाको राम्रो फूल दुनियाँले आफ्नै ठानी
प्रती जग्गा ओगटे झै, बार्नेको भिड देखेँ
तिम्रा लागि मर्ने अनी मार्नेको भिड देखेँ
कुरैकुराले मात्र तारा झार्नेको भिड देखेँ
sangam_shree@yahoo.com
पोखरा,नेपाल

संगम श्री जी , सार्है मीठो
संगम श्री जी , सार्है मीठो गजल बनाउनु भो ।
देखाएर माहुरिलाई, बास्नादार फूलहरु
तिम्रै गल्ली गोरेटोमा सार्नेको भिड देखेँ
वाह वाह ।
देखाएर माहुरिलाई, बास्नादार
देखाएर माहुरिलाई, बास्नादार फूलहरु
तिम्रै गल्ली गोरेटोमा सार्नेको भिड देखेँ
malai pani yo sher man paryo, ramro chha.
sunil sangam