Skip to content


पहाडको गाउँ
रमाइलो ठाउँ
बिर्सिसकेँ नाउँ
घुम्न त्यहाँ जाउँ ।

पानी कति दामी
हावा उस्तै नामी
अझै बोक्सी धामी
हेर्न जाउँ हामी ।

छहराको मूल
गुराँसको फूल
राम्रो हेर्दै डुल
नहेरेमा भूल ।

काम गर्दै खेती
कति राम्रो बेठी
राम्रा केटाकेटी
कुरा गरौँ भेटी ।

पहाडका खोला
तर्नु मजा होला
जाउँ बोकी झोला
नत्र गाउँ रोला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *