पढ्दै लेख्ने साथै गर्दा – छिट्टै बुझ्ने बानी बस्ला
केटाकेटी सारा हाम्रा यस्तै गर्दा बन्छौँ राम्रा
ढिपी केही गर्नै हुन्न – खानेबेला रूनै हुन्न
बुबु पापा मीठो मानी – खाऊ छिट्टै बाबु नानी
पढ्दा खेल्दा मिल्दा साथी-साथै खेल्ने पढ्ने जाति
धेरै खेल्ने रूने बानी – छाडी देऊ बाबु नानी
साना तर्फ माया भर्नु- ठूलालाई मान्ने गर्नु
गुर्बा गुर्मा बाबाआमा – लाई मान्ने गर्नु नानी
घण्टी लाग्ने भन्दा पैल्यै पुग्नैपर्ने बिर्सौला है
आˆनै कक्षा आˆनै साथी-प्यारो लाग्ने बानी जाति
आˆना अर्का यौटै ठानी मर्यादा नै गर्ने बानी
धेरै राम्रो बाबु नानी – यस्तै गर्दा हौला ज्ञानी ।
धेरै पढ्नु धेरै लेख्नु-साथी मिल्दै खेल्ने गर्नु
राम्रा राम्रा बानी सिक्नु – पढ्दा लेख्दा साथी जित्नु
