Skip to content

यो ढुकढुकी

  • by


यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ

प्राकृतिको प्रतिक तिमी मेचीदेखि कालीसम्म
हत्केलामा श्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमा भन्दै तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ

धुपी सल्ला लाली गुराँस बनभरि चाप चिमल
पहाड मधेस काखमा तिम्रो सिरमा हिमाल
सुस्केरा र थकाईहरुमा तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ

चारपाने झापा
हाल बेल्जियम ब्रुस्सेल्स।

Leave a Reply

Your email address will not be published. Required fields are marked *