एउटा गल्ती छिपाउँन हज्जार गल्ती गर्नु पर्छ

  • by


एउटा गल्ती छिपाउँन हज्जार गल्ती गर्नु पर्छ ।
अजम्वरी कोही छैन एक दिन सबै मर्नु पर्छ ।

धर्म पापको हिसाब किताब आत्मासँग हुन्छ
पाप गर्दा पछुताउँने समय नपाई सर्नु पर्छ ।

सके जति सिकाएथेँ, अब मेरो ईच्छा छैन
आफ्नो कर्म आफैं गरी संसार तर्नु पर्छ ।

जति सक्छौ आँशु भर तर मिलन हुन्न
सपना देख्न छाडी दिनु सत्यता छर्नु पर्छ ।

कति दिन्छौ दुःख अरु अझै दिदै जानु
अबसंगै भने जिउँने छैन्, चाहे मर्नु पर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *