
भएर आमा सन्तान सुखी देख्ने उनकै चाहना
ओरालो हैन उकालो चढ्दै हेर्ने उनकै चाहना
जेजस्तो नाम र उपनाम दिए पनि उनलाई
सकिई आफू गँगटो जस्तो बन्ने उनकै चाहना ।
बोलाई एकान्तमा मेरा कलिला यी दुवै हात समाउनुभो
मैले केही बोल्नै परेन उहाँले नै सबै बात समाउनुभो ।
कानूनजस्तै प्रेमको आँखो फुटेको हुँदो रहेछ क्यारे
जति छुट्न खोजे पनि हामी दुवैको पूरै रात समाउनुभो ।
भोका नाङ्गाकहाँ जान पनि सबभन्दा महङ्गो परिधानमा हुन्छन्
प्रतिपक्षिरहँदा भने सरकारको ठुलो व्यवधानमा हुन्छन् ।
अरू बेला देश र जनता कुन चरीको नाम हो थाहा हुन्न
सत्ता आरोणका बेला भने विकासको प्रावधानमा हुन्छन् ।
-उदयपुर ।
thanks
thanks https://www.majheri.com/28883/