फोक्सोलाई बेलैमा प्रदूषणले गलायौं
कलेजोलाई कमसल, कमजोर बनायौ
दाँतलाई अगारको रूपरङ्गसँग सटायौं
आफ्नै मतिले काललाई चाँडै बोलायौ
यसमा छैन कसैको रत्ति राग रवाफ
खोजौँ भई ठण्डा आफैँसँग जवाफ
नजाने ठाउँमा गद्गद् रमाउँदै गयौँ
शान, मानमा कालो दाग आफैँले लगायौ
तनावलाई शान्त, शीतल पार्ने वहनामा
अरूसामु सभ्य, सभ्य देखिने चाहनामा
अवगतका पोकाहरू अर्कैतिर थङ्काएर
काहीँ कतै अरूलाई कुलततिर लम्काएर
नतिजाले पुर्यायो चाँडै अस्पतालको बेडमा
सुक्कसुक्क स्वर सुनियो परिवारजनको छेवैमा
देखाएर दोष अरूलाई आफू बनिने ठुलो
भन्छन् डाक्टरहरू मुटुमा परेको छ दूलो ।