Skip to content

लाउदिन म माया


लाउदिन म माया भन्दा दोबाटोमा छेक्छौ किन
तिम्रो मेरो नाम जोडी प्रेम पत्र लेख्छौ किन

म त चुम्छु मेरो लक्ष बाधा बन्न न आऊ तिमी
जता मेरो सगरमाथा त्यतै पाइलो टेक्छौ किन

अङ्गालोमै बेरिएथेउ भन्दै झ्याली पिट्याथेउ रे
यस्ता यस्ता बकम्फुसे दिवा स्वप्ना देख्छौ किन

पलाउछ स्वत माया करबलले हुन्न कहिल्यै
नबालेको चुल्होमा ‘नि राप खोज्दै सेक्छौ किन

निर्मला थापा

17 thoughts on “लाउदिन म माया”

  1. लाउदिन म माया भन्दा दोबाटोमा
    लाउदिन म माया भन्दा दोबाटोमा छेक्छौ किन?????????????
    it is beautiful……. nirmalaa ji……… swatantra hunadeu

    manoj kuwait

  2. पलाउछ स्वत माया करबलले हुन्न
    पलाउछ स्वत माया करबलले हुन्न कहिल्यै

  3. अङ्गालोमै बेरिएथेउ भन्दै
    अङ्गालोमै बेरिएथेउ भन्दै झ्याली पिट्याथेउ रे
    यस्ता यस्ता बकम्फुसे दिवा स्वप्ना देख्छौ किन

    really yo line le mann lai dherai nai 6un6 .gazal bhanekai bastab ma yestai hunuparne ho.thanks nirmala jiiiiiiiiiiiiiii ajhai yestai gazal ko aasha ma 6u.it touch my heart.
    [email protected]

    1. बेनामी कमेन्ट हुन गएछ
      बेनामी कमेन्ट हुन गएछ Sorry!
      आलोक

  4. एउटा सिकारु गजलकार भएको
    एउटा सिकारु गजलकार भएको नाताले पनि यहाँहरुको कमेन्ट र हौसला आउने दिन्हरुको गजलको लागि प्रेरणाको स्रोत बन्नेछ!!!!

    प्रतिकृयाको लागि सबैलाई साधुबाद्!

    निर्मला थापा,

  5. पलाउछ स्वत माया करबलले हुन्न
    पलाउछ स्वत माया करबलले हुन्न कहिल्यै
    नबालेको चुल्होमा ‘नि राप खोज्दै सेक्छौ किन

    मक्ता बिशेष राम्रो लाग्यो ।

  6. पलाउछ स्वत माया करबलले हुन्न
    पलाउछ स्वत माया करबलले हुन्न कहिल्यै

  7. jus as reply..!
    gajal saarai man paryo, so tried to reply it. hop u luv it, he he he….!
    दोबाटो मै उभिएर, बाटो छेक्यौ भन्छौ अझै ?
    फिर्ता तिम्रो पत्र हो त्यो, प्रेम पत्र ठान्छौ अझै ??

    जता तिमि हिडे पनि, किन मैले बाटो छेक्थे,
    उधो बाटो हिडेर नि, सगरमाथा जान्छौ अझै ??

    सपनीको हो बात त्यो दुइ ज्यान एक भाको,
    भुल्यौ कि रात त्यो बकम्फुसे मान्छौ अझै ??

    पुगेनकी माया को यो राप तिम्रो हात सेक्न,
    किनारमा बाल्नलाई मेरै लास तान्छौ अझै ??

  8. ठिस बुढा

    amit kinaar को रिप्लाई …
    नमस्कार !

    मन पर्यो ।

    अब यो कथा-ब्यथालाई मेनपेजमा राख्न ढिलो नगरुम, तातो छ मिठो छ ।

    शुभकामना
    बाई !

    1. thanx
      dhanyabad mitra, for ur inspiring comment n suggestion.
      now u can read it again in the main page as sawal jawaf.

      thanx again.

Leave a Reply to sunil Cancel reply

Your email address will not be published. Required fields are marked *