Skip to content

‘तिम्रो ठेगाना’- एउटा अधूरो गजल दुई रुपमा


अब आज फेरि ‘इतिहासको ब्याज’। ‘इतिहासको ब्याज’ अब त धेरै बाँकी पनि छैन, सावाँनै सिद्धेर ऋण लाग्ने स्थिति आउला जस्तो पो छ:)

कुरो चाहिँ मेरो छोटो गजल-लेखन यात्रा बाट हो। नेपालमा दोश्रो जन-आन्दोलन सकिएको केहि महिनापछिको समय थियो। त्यतिखेरको वातावरणमा तीन शेर फुरे। अलिक निराशावादी लागे यी र समयलाई ‘न्याय’ दिन भनेर एउटा सकारात्मक संस्करण पनि तयार पारें। यहि स्वरुपमा दुबैलाई साझाको गजलको धागोमा राखें। कुनैदिन दुबैलाई पूरा गरौंला/सपारौंला भन्ने थियो तर बिस्तारै मन मर्दै गयो। अब यतिखेर आएर पूरा गर्न खोज्दा त झन् त्यो समयको मनोदशा माथि घोर अन्याय हुने पक्का छ।

आज तपाईँलाई पनि तिनै दुई ‘अधूरा’ घरहरुमा स्वागत गर्दैछु। कताको बसाई राम्रो भयो, भन्न नभुल्नुहोला।

यो, पहिला जन्मेको अलिक ‘निराशावादी’;

कि गलत केरियो तिम्रो ठेगाना!?
न साँच्चै फेरियो तिम्रो ठेगाना!?

दागै-दाग देख्छु फिर्ता चिठ्ठीमा
कहाँ-कहाँ हेरियो तिम्रो ठेगाना!

आगतसम्म तन्किने फाँट भएन
बिगतमै बेरियो तिम्रो ठेगाना

(‘केरियो’ लाई ‘लेखियो’को अर्थमा प्रयोग गरिएको हो!)

अनि यो चाहिँ, ‘निराशावादी’ लाई ठेगान लगाउन जन्माइएको ‘आशावादी’;

वर्षौं मैले लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

रोईरहें धेरैबेर छातीमा टाँसी
दाग मैले मेटें, खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना

http://www.basantagautam.com/2009/04/blog-post_29.html

3 thoughts on “‘तिम्रो ठेगाना’- एउटा अधूरो गजल दुई रुपमा”

  1. लेखन सैली निकै राम्रो
    लेखन सैली निकै राम्रो लाग्यो-अनुभव

  2. dher thor gazal korne hunale
    dher thor gazal korne hunale pani hola sayed
    कि गलत केरियो तिम्रो ठेगाना!?
    न साँच्चै फेरियो तिम्रो ठेगाना!?
    yo line sarai mann paryo.anubhab jiii jiban nai gazal ho yeslai utarnus ramro gazal ban6.

    lekhdai janus you will be there where you want to reach.best of luck
    nabin_yatri@yahoo.com

Leave a Reply to Anubhav Cancel reply

Your email address will not be published. Required fields are marked *