सक्छौ त हेर्न तिमी पराईले सिउदो भर्दा
मनको चार दिवारबाट तस्वीर मेरो भुईमा झर्दा
चौतारीमा भेट भयो दोबाटोमा छुट्नु नै छ
कसो गर्लाउ अरुबाट यो गलामा पोते पर्दा
मौन मौन सधैं मौन मौनतामै बित्यो पल
रसाउछन् कि नजरहरु पराई हात यता सर्दा
सकौला त सम्हालिन दुनियाँको सामु तिमी
हत्केलामा मेरो आशु चिनो स्वरुप तप्प झर्दा
रमा थापा,
काठमाडौं

Rama ji……………..
Rama ji……………..
मैले तपाईंको गजल को यहाँ कमेन्ट गरिन यस्को रिप्लाई मैले आफ्नो गजल म दियको छु
भावनाहरु यथार्थबादी छन तपाईं का
All the best………
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com