
तुफान आउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
आगो लगाउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
मेरो मन मुटु खुशी तिमी नै हौ यसैले छोरा
म मुस्कुराउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
के जुन के फुल के तारा के रुपैया ? टिपी
कै पनि ल्याउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
यदि कसैको प्यारो बन्न मन छ भने त्यो अनुहारमा
पाउडर लाउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
ए दुश्मन प्रहार गर्न,हतियारमा धार उध्याएर मलाई
घायल बनाउनै पर्दैन तिम्रो मुस्कान नै काफी छ
पृयसी कपडा खोलेर तिमीले मलाई कहिले पनि
बदन देखाउनै पर्दैन तिम्रो,मुस्कान नै काफी छ
इन्सानको आँसु देखेर जत्ती हाँस्नु छ हाँंस भगवान
के अरु रमाउनु पर्दैन ! तिम्रो मुस्कान नै काफी छ ?