Skip to content

NandaLalAcharya-09NandaLalAcharya-09NandaLalAcharya-09“फोन पनि गर्दिनस्, मैले गरे पनि राम्ररी बोल्दिनस् ।” फोनमा गरेको बहिनीको गुनासोले दिदी चिन्तामा फँसी ।

“घरेलु कामकाज र सासूससुराको हेरविचार गर्दागर्दै म आनन्दमा डुब्छु ।” अनुहारमा उमङ्ग छर्दै दिदीले भनी ।

“वृद्धाश्रममा बुढाबुढीलाई थङ्क्याएर म पो चयनमा छु । तँ पनि म हिँडेकै बाटोमा हिँड् त लन्ठैसाफ हुन्छ ।” बहिनीले उपाय सुझाई ।

आफ्नो त्यस्तो औकात छैन भन्ने दिदीको कथन सुन्नासाथ बहिनीले क्रोध ओकली; “तँ नामर्दी नै भइस् ।”

“सासूससुराकै शरणमा बाँचेर कृतघ्न हुन नैतिकताले दिएन मलाई त !” दिदीको यस वाणीले बहिनी तोरीका फूल देख्न थाली ।

नन्दलाल आचार्य
२०७९-११-२६ सिद्धार्थटोल, उदयपुर ।

2 thoughts on “कृतघ्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *