Skip to content


यी आखामा जुध्ने नजर अब अन्तै तरे हुन्छ
यो दिलबाट डेरा हटी अन्त कतै सरे हुन्छ

जती माया गरे पनि मलाइ छोडी गए पनि
जीवन भरी माया अब उसैलाइ गरे हुन्छ

कस्को भर पर्नु यहां घात गर्यौ विश्वासमा
विश्वास घात नगर उसकै भर परे हुन्छ

कस्तो हुदो रैछ कुन्नी मानिसको मन पनि
निष्ठुरी भै गयौ अब जहर मात्रै छरे हुन्छ

फुल जस्तै सुन्दर कोमल छु म नभन
कांडा बिच नरहेर बरु भुइंमा झरे हुन्छ

2 thoughts on “गजल”

  1. एकल यात्री

    तिमीबाहेक कसैसंग नजर चार
    तिमीबाहेक कसैसंग नजर चार गर््या छैन
    धरोधर्म तिम्रो कसम अन्त डेरा सर््या छैन

    दिलदिमागमा तिम्रै मात्र तस्विर छु सजएकी
    त्यती नीच नसोच न स्तरबाट झर््या छैन

    विश्वासघाती भन्छौ मलाई कुरै नबुझि तिमी
    तिमी बाहेक कसैले यो दिलमा राज गर््या छैन

    परिस्थिति त्यस्तो पर्यो भन्न पाइन तिमीलाई
    मायाको यो फूलबारीमा अरु बीज छर््या छैन

    तिमीले नै छाडेपछि अरु को छ आफ्नो भन्न
    म त उहिल्यै मरिसकें शरिर मात्र मर््या छैन
    ananta lamichhane
    dami gajal raichha maile uttar deko chhu kasto lagyo comment garnu la

    1. gajal ta tapai ko jhanai
      gajal ta tapai ko jhanai ramro 6. uttar dinu vako ho ya copy garis vanna khojnu vako ho ali anyolma 6u. pahilo patak tapai ko gajal padhna paya khusi 6u

Leave a Reply

Your email address will not be published. Required fields are marked *