मझेरीमा लेख रचना प्रकाशन गर्दा..


श्रद्धेय पाठकवृन्द, लेखकवृन्द

पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै मझेरीलाई स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन। त्यसकारण मझेरीमा लेख-रचनाहरू प्रकाशन गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला।


  • पूर्णत‌: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।

  • अन्य पाठक तथा लेखकहरूलाई आँच आउन सक्ने किसिमका लेखहरू र प्रतिकृयाहरू प्रकाशन नगर्नुहोला।

  • रचनाहरू मझेरीमा राख्नु अघि भाषिक सुद्धता, ह्रस्वदीर्घ, आदिलाई पुन: एक पटक नियालेपछि मात्र प्रकाशन गर्नुहोला। लेख लेखिसकेपछि व्यक्त गर्न खोजेको भाव प्रष्फुटन भएको छ कि छैन, पून: एक पटक जाँच गरेर, आवश्यकता अनुसार परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नुहोला।

  • रचनाहरू युनिकोडमा मात्र राख्नुहोला। कान्तिपुर, प्रीति आदि फन्टमा लेखिएका लेखहरू मझेरीमा पढ्न मिल्दैन। नेपाली लेख्नको लागि मझेरीको वायाँ भागमा राखिएको “नेपाली टाइपिङ् (एक्स् नेपाली)” लिंकमा लेख्न सक्नुहुनेछ। अथवा,
    युनिकोडमा लेख्न यहाँ जानुहोस्।
    कान्तिपुर, प्रीति फन्टबाट युनिकोडमा परिणत गर्न यहाँ जानुहोस्।
    नेपाली शब्दकोषमा शुद्धाशुद्धी हेर्न यहाँ जानुहोस्।

  • लेखेको विधाको नियम अनुसार आफ्नो लेख लेखिएको छ कि छैन राम्ररी चेक गर्नुहोला। विशेष गरी गजल, छन्द कविता, हाइकु लेख्ता नियम पालन भएको नभएको राम्ररी हेर्नुहोला।

  • प्रतिकृया लेख्ता सकेसम्म अतिथि नभई आफ्नै नाममा लगइन गरेर मात्र प्रतिकृया दिनुहोला।

  • अरू लेखकको रचना आफ्नो नाममा पोस्ट नगर्नुहोला। यदि यसो गरेको फेला परेमा, सम्बन्धित लेखकलाई मझेरीमा प्रतिवन्ध गर्न वाध्य हुनेछौं।

  • मझेरीको “नीति” अनुसार एकै लेखकको धेरै लेखहरू तथा एकै बिधाका धेरै लेखहरू लगातार रूपमा एकै पटकमा मझेरीको गृहपृष्ठमा राखिने छैन। यस्ता केही लेखहरूलाई आवश्यकता अनुसार मझेरी सञ्चालकले गृहपृष्ठबाट हटाउन सक्नेछ। गृहपृष्ठबाट हटे पनि मझेरीको भण्डारमा अँझै रहने छ। उक्त रचना हेर्न, लेखकसूची, विधासूचीबाट क्लिक गर्दै खोज्नुहोस्।

  • मझेरीमा लेख रचना प्रकाशन गर्न सहयोग चाहिएमा अथवा केही सुझाव भएमा इमेल पठाउनुहोस््: [email protected]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

137 thoughts on “मझेरीमा लेख रचना प्रकाशन गर्दा..”

  1. pretti font bata ms word ma
    pretti font bata ms word ma type garako copy gara ra majheri ma past garna paya ramro hunthyo hola. hoina ra?

    1. hi
      preeti font ma type garera google ma gai preeti font to nepali unique code type gari copy pest gari aayako unique code (Nepali font ) laai sidai pheri copy gari maheri ko lekh rachana ma pest gari rakhna saknu huncha .

  2. ekadesko gaganraj

    thank
    thank you,editer…………….
    ekdam aabasyek time ma yo nirdesan vayeko chha malai bahut ramro lagyo…..yo site lai bilkul sahityik banaunu parchha tyeska lagi sabaijana ko sath aabasyek hunchha ………ma yo site visit garna thalepachhi dherai lai yesko barema kura garisakeko chhu……….
    ok plz sir,i don’t know about this site………just ma lekhdai matra chhu yesma …..
    plz help me……..tell me about this site and editers team…………..
    so,ma [email protected] ma visit gardai garchhu hai ta ok…………..
    yours

  3. सम्माननिये सम्पादक जी
    सुझाब र

    सम्माननिये सम्पादक जी

    सुझाब र सल्लाहा को लागी हार्दिक आभारी छु मेरा केहि गल्ती हरु होला भएमा पनि मा प्रयास मा लागी पर्छु “अब देखि मेरा गल्तीहरु नहुन” र सबै मझेरीमा लेख रचना प्रकाशक ज्युलाई सम्पादक जी को अनुरोध मानिदिनुहुन आग्रह गर्दछु ….. नमस्कार

    तपाइको हरेक पाइला परगतिको सिखर चुमोस

    मनोज काफ्ले “मनसुन”
    कुवैत बाट
    मन्सुन२०३६@याहू.काम

  4. स्रर्बप्रथम स.धन्यवाद
    स्रर्बप्रथम स.धन्यवाद यसमझेरीका सम्माननीय सम्पादक ज्युलाई,गएका दिनमा धेरै कमीकम्जोरी हुँदाहुँदै पनि यहाँले यो मझेरिमा बास दिनुभयो अती आभारप्रकट् गर्दछु, हिजो जानी नजानी गरेका भुलहरुको माफि चाँहन्छु,अब आउदो दिनमा यसमझेरीको नियमपालानाको साथमा अगी बड्ने सधैं प्रयास गरिरहने बिन्ती यहाँ सामु बिनम्रपुर्बक बिसाउछु..
    साथै यहाँको उत्तर-उत्तर प्रगतिको कामना गर्दछु,
    गीता थापा
    मोरङ
    हाल ईजरायल

  5. कुरा सही हो। मझेरीलाई स्तरीय
    कुरा सही हो। मझेरीलाई स्तरीय राख्नको लागि संचालकज्यूले भनेका कुराहरू हामी सबै लेखक-पाठकले पालना गर्नु जरूरी छ।

    हरिशंकर

  6. Hi Good morning and Namaste
    Hi Good morning and Namaste Kumarji,

    First of all I would like thank you for your suggestion and procedures that we have to follow. There must be certain rules and regulation so that we can maintain its normal standard.We need some more trips as well as help to publish our article on this blog.Hope you will provide all these things we require.Thank you once again.
    One of my friend named Susmaji, have told me about you.You are so kind and helpfull.

  7. Hi Dear Kuamr sir,
    I have

    Hi Dear Kuamr sir,

    I have posted my article and once it was appeared in the blog. Now I could not get it again.Is there any problem?Hoping to get proper responce from you.

    yrs
    krishna

  8. कृष्णजी, मैले इमेल पनि
    कृष्णजी,

    मैले इमेल पनि पठाएको थिएँ; सायद तपाईंले “महिलाको मोबाइल मोह” भन्ने लेखको बारेमा कुरा गर्नुभएको होला। लेख सान्दर्भिक तथा खोजमुलक छ। सायद समाचारपत्र तथा ब्लगहरूमा राख्नको लागि यो लेख उपयुक्त हुन्छ जस्तो लाग्छ।

    माथि उल्लेखित गरिएको यो नियम पढ्नुभयो भने मझेरीपृष्ठबाट यो लेख अप्रकाशित गरिएको कारण थाहा पाउनुहुन्छ होला।

    पूर्णत‌: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।

    मझेरी पूर्णत साहित्यिक ठाउँ भएकोले समाचार, रिपोर्टहरू प्रकाशन गर्ने गरेका छैनौं। यस्ता खोजमूलक रिपोर्टहरू अन्य अनलाइन पोर्टलहरूमा दिनुभयो भने सायद राख्नेछन्।

    आशा छ तपाईंले मझेरीको मर्म बुझ्नुहुनेछ।

  9. Dear Kumar sir,
    Thank you for

    Dear Kumar sir,
    Thank you for your suggestion.I am hope to get your help in the future.
    ok bye

    krishna

  10. सर्वप्रथम नमस्कार

    तपाई सँग
    सर्वप्रथम नमस्कार


    तपाई सँग एउटा एउटा प्रश्न सोध्न निकै पहिलादेखि नै मन लागेको थियो तर किन र कसरी सोध्ने भन्ने कुरा मा मलाई पनि अप्ठ्यारो महशुस लागेको छ मेरो प्रश्न के छ भने बास्तबमा ब्रल्ग्र डट कम भनेको केहो र यसको काम को हो मैले गुगल बाट तपाई को पत्रिका सर्च गर्दा ब्रल्ग्र डट कम भन्ने धेरै नै वर्ड त्यसमा देखे त्यही भएर तपाईले त्यसको बारेमा पुर्ण रुपमा जानकारी दिनुहोला । भन्ने विश्वास गरेको छु । उहि तपाईको मजेरी पत्रिका पढ्ने एक कुशल ग्राहक

  11. अती राम्रो मझेरी।
    नहोस

    अती राम्रो मझेरी।
    नहोस कहिल्यै अधेरी।।
    सबको मनको भारी।
    श्रृजना फूलने फूलबारी।।
    बिसाउन आ छु भौतारी।
    दिनुस सानो चौतारी।।

  12. namaskar
    malai pani yo

    namaskar
    malai pani yo website sarai man paryo ra ma pani mera kehi lekh haru prakashan garna chahanchhu tara ma devnagari aksharma lekhan aksham chhu.
    tesaile ma kasari yo samasyalai hatauna sakchhu vanne kurama tapaiko sujhab ra sallah ko apeksha gardachhu.

  13. आट गर अझै पनि
    राम्रो जोडी

    आट गर अझै पनि

    राम्रो जोडी खोजी हिड्यौ
    बैगुनिको फेला पर्यो,
    मन नपरे छाडेहुन्थ्यो
    उसलाइ किन कुरिबस्छौ?

    दिल त घायल भयो होला,
    त्यो कालेको ब्यबहार चर्को,
    उसलाइ कुरि किन बस्छौ,
    पाइन्न र खोजे अर्को?

    दुखशुख जिवनमा,
    साथ दिन्छु भनेकै थे,
    सच्चा प्रेम अ्मर् हुन्छ
    भन्दै कति कुरि बसे ।

    प्रेम त बिटुलिन्न,
    एउटासङ लसिदैमा
    तिरस्कार गर्दिन म
    अर्कोसङ फस्दैमा?
    पछुताउनु बेकार छ,
    बिगतका गल्ती सम्झी,
    तिम्रो लागि तयारा छु
    आट गरे अझै पनि

  14. i am so-sorry kumarji,
    maile

    i am so-sorry kumarji,
    maile tapaiko arthat hami sabaiko ‘majheri’ma sidhai git, gazal, kabita, prakashon uarna janina ! kriya ukta prakasohan bidhi nepali vasama lekhera mail garne kast garnu vay mero pani kalyan hune thyo.
    – gorkhesailo, chitawan, nepal.

  15. Really I am so glad when I
    Really I am so glad when I visited the https://www.majheri.com. I am so proud of the composer of this kind of lovely site. There is no doubt to say that the Majheri has been inspiring everybody to be writer for their own creations. It has been very useful for me. I usually enjoy reading and composing such kind of articles what I actually wanted. Thru this site I am been in touch with many great writers with their remarkable feelings. Moreover it is supposed to be right place where we can share our emotions, feelings talents, expression with millions people all around the world.
    So why not?Majheri is the huge connecter of multiple readers and writers!!!!!!
    Indra kumar sunuwar

  16. Indra jee,
    Thanks for nice

    Indra jee,

    Thanks for nice words. I hope you will keep coming and keep contributing. This platform is for you all – writers and readers!

    Regards
    Kumar

  17. Sahitya srijana garna
    Sahitya srijana garna ruchaune ra sahityama dubna chahaneharuka lagi bahu upayogi thalokoroopma majhri.comko prayas bakaida gajab cha.kitabii duniyabata bahir rahera pani enetko aadhuniktasanga bhijera majheri.com ko sahaarabata sahityasanga paricheet huna saknerahecha.

    malailagcha pratek nepali (student,teacher,etc)mookh mookh ma majheri.com ko naam jhundinecha yadi majheri.comle yestai prayaslai nirantarta dindai gayo bhane .

    majheri.comko bhautik kurama halka parimarjan gare aakarshak hunethiyo.jastai photoharu halne aadi ityadi.
    NEPALI SHAHITYA BHANDAARLAI THAP JALAP LAGAUNE KAAM MAJHERI.COM LE GAREKOCHA
    MAJHERI.COMKO AAJHA RAMRO PRAGATI KO LAGI SHUBHAKAMANA!

  18. सम्पादक महोदय !
    यो तपाईंको

    सम्पादक महोदय !

    यो तपाईंको नियमहरु आज मैले हेर्न पुगें धेरै खुशी लाग्यो। किनकी कुनै पनि नियम बिनाको कार्य भनेको अभिभाबक बिनाको घर जस्तै खोक्रो रहन्छ जुन मुल्यहिन रहन्छ। आशा छ यो माझेरी डट कमले सधैं आफ्नो निरन्तरता र आफ्नो प्रभुत्व कायम राख्ने छ यो सञ्जालको दुनियाँमा यो माझेरी सञ्जालको सबै भन्दा मलाई मनपर्ने पक्ष भनेको यो केवल सिमित साहित्यमा , साहित्यमा रहेर नै आफ्नो एउटा नौलो पहिचान बनावोस मेरो धेरै धेरै शुभकामना किनकी अरु सबै सञ्जालहरु खिचडी को रुपमा भेटिन्छ। यो चाही सदा साहित्यमा मात्रा सिमित रहोस.

    र यस सञ्जालका संस्थापक कुमार थापा जी लाई
    अन्तर हृदयदेखी धन्यवाद .

    बि जे बान्तवा ‘पराइमान्छे’
    भोजपुरे ब्लग एडमिन

  19. आदर्णीय मझेरी परिवार
    केहि

    आदर्णीय मझेरी परिवार
    केहि मलाई लागेका कुरा लेख्दैछु आशाछ स्विकार्यहुनेछ/

    केहि दिन देखि यहाँ हरुले मुना मधुपर्क आदि बाट साभार लेख रचना हरु नया स्रस्टा ( म जस्ता सिकारु ) हरु को संगै प्रकासित गरेर गोल मटोल भएको महसुस गरेको छु साभार गरिएका र पुराना स्रस्टा हरुका लेख अबस्य राख्नु पर्छ ति हाम्रा गुरु लेख रचना हुन् तर छुट्टै शिर्षक मा राखे उत्तम हुनेथियो कि ??

    विमल गौतम
    साउदी अरेबिया

  20. wah wah majheri samuha
    wah wah majheri samuha niswartha niskalanka ani yo prakashan sanga imandari garnu bhayeko chha ???????? sahitya samaj ra bhasha shahitya kala ra samskritiko kura garne le anuhar rup lingga herera matra sahitya prakashan gardainnan k mero aarop ko samana garnu hunchha ??? kina mero rachana prakasit bhayena kasko bhanda kam chha ?? sayad mero lingga sama paryo ????? wah wah majheri samuha

  21. नेपाली गजलको
    नेपाली गजलको पुनर्जागरणकाल…॥
    ूगजल समालोचकहरुले नेपाली गजलको पुनर्जागरण काल वि।सं। २०३६ सालतिर भएको तर्क प्रस्तुत गरे पनि २०२२ सालमा स्व। देवराज शर्माद्वारा लिखित ुअमर शहीद दशरथ चन्दु नामक नाट्यकृतिभित्रको गजलले नेपाली गजलको पुनर्जागरण काल २०३६ साल नभएर २०२२ साल हो र पुनर्जागरणकालका प्रणेता स्व। शर्मा हुन् तथा नेपाली गजलको पुनर्जागरण केन्द्र बैतडी हो भन्ने कुरालाई प्रमाणित गरेको छ । उक्त कृतिको पृष्ठ नं। २२ २३ मा समाविष्ट यो गजललाई शर्माले राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर र शहीद दशरथ चन्दबीचको सम्बादको रुपमा क्रमशः ३ शेर र ६ शेरमा प्रस्तुत गर्नुभएको छ । शर्माको यो नियमबद्ध गजलले भावभूमिका हिसाबले सशक्त क्रान्तिकारी भएकोले प्रेमप्रणयइतर पहिलो नेपाली गजलको स्थान ओगट्न सफल रहेको पनि हाम्रो ठहर छ । जूनलाई बादलले ढाके पनि हीरालाई माटाले छोपे पनि आफ्नो गुण नछाडेझैं हामी गर्वका साथ भन्छौं स्व। देवराज भट्ट शर्मा नेपाली गजलका पुनर्जागरणकर्ता हुन् ।ू – सम्पादक प्यास राष्ट्रिय त्रैमासिक बर्ष ४ पूर्णाङ्क १३ बैतडी विशेषाङ्क २०६५ श्रावण-असोज

    बकवाद धेर गर्छौ यो नीचता देखाई
    भन लौ मुलुक भरीमा किन गडबडी मचायौ
    ठकुरी महान कुलका क्षेत्री भएर खासा
    गरि निन्दनीय यो काम नाउँ त्यसै गुमायौं
    राजा प्रजा सुखी छन् हाम्रो सुनीति पाई
    कुन दोष यसमा देख्यौं किन लााछना लगायौ
    —————————————-
    गर्नु अनीति मात्रै नीति सुनीति तिम्रो
    नौका लगेर जलमा यो देशको डुवायौ ।
    मन्त्री प्रधानको पद पायेको जँगले हो
    श्री ३ को उपाधि कुन अर्थमा लगायौ ।
    राजा-प्रजा दुवैको व्यवधान बीचमा भै
    किन आफ्नु यो अनौठो नाटक यहाँ रचायौ ।
    खोसेर नागरिक-हक नेपाली मात्रलाई
    लिई डोर आफ्नु हातमा कठ-मुर्ति झैं नचायौ ।
    शासक प्रजा सबैको राख्ने त हुन् प्रजा नै
    शासन जहानिया यो तिमीले कसोरी ल्यायौ ।
    सारा मुलुक भरीमा फैलाई विष नराम्रो
    हरियो नेपाललाई बेकाममा सुखायौ ।
    स्व शर्माद्वारा २०२२ सालमा लिखित अमर शहीद दशरथ चन्द नाटिकाबाट लिइएको गजल

    1. Dhanyabd janakari ko
      Dhanyabd janakari ko lagi
      Lekhk mahaobayao dherai dherai dhanyabd. Yo Jadai mahatwapurna kura uthaunu vayo. maile pani yastai kurako khoj gardai chhu. ma tapai sangh patrachar garna chhahanchhu . Tapiko mail add pauna pae hunthyo ki ? Ma Gazl sambagdhi Bahash chhlaudau chhu. Malai lageko chha yo janakari mero lagi euta eta banne chha.

      email; [email protected]
      pls see on http/www.freewebs.com/dobato/ or http/www.nepaligazal.com

  22. सिताराम राई
    मन
    हास्न

    सिताराम राई
    मन
    हास्न नसकेको तिम्रो मन
    रुन नसकेको तिम्रो मन
    पिडाले भरिएको तिम्रो मन
    प्रफुल्ल हुन नसकेको तिम्रो मन

    आशाबादी हुन नसकेको तिम्रो मन
    निराशाबादी भएको मन
    बेदनामा छटपटीएको मन
    तापमा पिल्सिएको मन

    स्वच्छताले आसन जमाउन नसकेको मन
    मनबता अटाउन नसकेकाहरुको मन
    दानबताले भरीएकाहरुको मन
    लुटेराहरुको पापी र कपटी मन

    रास्ट्रलाइ घाट गर्नेहरुको मन
    जनतालाइ लात हान्नेहरुको मन
    बिदेशीको इशारामा नाच्न खोज्नेहरुको मन
    पापैपापले भरिएकाहरुको मन

    अशान्तिले उज्यालिन नसकेको मन
    बिपत्तिले चम्किन नसकेको सन्ततिको मन
    एकिकृत हुन खोज्ने निस्वार्थी हरुको मन
    केहिगर भन्छ दीन दुखीहरुको मन

    हेटौडा ६ चौघडा

    1. “यथार्थता”
      अन्तर आत्मा मिल्छ भने

      I Love You किन भन्नुपर्‍यो

      मध्यरातको जुन हेर्दै

      तारा किन गन्नुपर्‍यो

      भेट हुँदा बोलेकै छु

      मनको कुरा खोलेकै छु

      आगलोमै बाधियर

      बिन्दस किन बन्नुपर्‍यो

      आन्तर आत्मा …………

      पलपल यद गरेकाइ छु

      कल्पनको सागर तरेकै छु

      मिलन बिछोद्का शब्दहरु

      रातभर किन पढ्नपर्‍यो

      आन्तर आत्मा…………..

  23. मझेरीलाई दोश्रो प्रतिकृया
    मझेरीलाई दोश्रो प्रतिकृया पत्र

    कुमार सिंखडा ज्यु नमस्कार । तपाइको प्रतिकृया रुपि पत्र ढिलै भए पनि पाएँ । ज्यादै खुशी लाग्यो । तपाईले पत्रको रिप्लाइमा भने झै कहि कतै पनि पाइएन । कतै मैले अध्ययन विना पो प्रतिकृया जनाएँछु कि जस्तो लाग्यो । त्यस पछि मैले फरि सरसर्ती रुपमा पुरै पत्रिका हेरे । तर त्यस्तो पाइन । मन मानेन र पुनः प्रतिकृया दिन वाध्य भएँ । तपाईले भने झै विधा सुचीमा गजललाई अलग्गै रुपमा वा यस्को पहिचानलाई स्वीकारेको भन्नु भएको छ तर त्यहा त गजल (गीत) भनेर लेखिएको पाएँ । के गजललाई गीत संग जोडेर राख्दा यस्ले छुट्टै रुपमा अर्थात गजलको अलगै अस्तित्व स्वीकारेको मानियो र ? अह, यो त मान्न सकिदैन जस्तो लाग्यो मलाई त । हुन त प्रतेक पत्रिकाको आफ्नै लक्ष हुन्छ । आफ्नै उदशय हुन्छ । त्यो परिवर्तन गर भन्ने म संग अधिकार पनि नहुन सक्छ । तर पाठकको हैसियतले मात्र म यो कुरो गरिरहेको छु । अनि अर्को कुरा सायद तपाईले यसलाई त्यति महत्वको रुपमा पनि नलिन सक्नु हुन्छ । अथाई तपाईले यसरी गहिरिएर पनि नहेरेकोहुन सक्नु हुन्छ । यदि तपाईले हेर्नु भयो भने । अर्थात मेरो आँखाबाट हेर्नु भयो भने अवस्य पनि थाहा पाउनु हुने नै छ । मलाई आसा छ यी कुरालाई सुधार्दै जानु हुने नै भन्ने आसा लिएको छु । धन्यवाद ।
    केशु विरही
    नेपाल गजल प्रतिष्ठान

    1. Keshu ji tapaile uthaunu
      Keshu ji tapaile uthaunu vaeko kura sahi ho . Yasma ma satpratisat sahamat chhu. . Huna pani aajako abasta pani yastai chha . Gazallai maya garne hurule tapaiko yo kuralai abasya pani samarthan garnenai chhan vanne aasa liyeko chhu . Nirantarata ko kamana .

  24. संपाक ज्यु नमस्कार ।
    सवं

    संपाक ज्यु नमस्कार ।
    सवं प्रथम त माफि चाहन्छु । मैलेलाई गीतको रुपमा राखेको जस्तो लोगेर पलिो प्रतिक्रिया आएको हो । तपाईको उत्तर पनि पाएकैे हु । अलि तल गए पछि अन्य विधा अन्तगैत गजललाई राख्नु भएको रहेछ । तर यहानेर मेरो आपती भनेको
    केहो भने गीतलाई गीगमात्र लेख्नु पर्छ भन्ने हो । गजल गीत हुनै सक्दैन भन्ने मेरो आसय हो । गीत गीत मात्र हो । यो गजल गीत हुनै सक्दैन । गाउँदैमा गजल गीत वन्छ भन्ने वुझाई गलत हो ।
    साथै गजललाई एउटा पुर्ण विधाको रुपमा सवीकार गर्नु पर्छ भन्ने मेरो अर्थात हामी तमाम गजल प्रैेमीहरुको रहेको छ। त्यसैले गजललाई अन्य विधाको रुपमा रभएर कथा , कविता, निवन्धकै कोटीमा राख्नु पर्छ भन्ने मान्यता हो ।
    धन्यवाद ।
    केशु बिरही

  25. केशुजी
    मझेरीमा सकृय सहभागिता

    केशुजी

    मझेरीमा सकृय सहभागिता दर्शाउनुभएकोमा हार्दिक धन्यवाद छ!

    मेरो सम्बन्धमा, तपाईंले एउटा कुरा सही भन्नुभयो – हो, मैले गजललाई तपाईंहरू जस्तो गहिरिएर बुझ्न नसकेको चाहिं अवश्य होला। म गजलकार पनि हैन र गजलसँग परिचित भएको त्यति भएको पनि छैन। तर त्यसो भन्दैमा यस विधालाई हेला गर्न खोजेको या यसको पहिचानलाई बेवास्ता गरेको भने हैन। मझेरीको शुरुवात कालदेखि नै बिभिन्न गजलकार साथीहरूको उत्कृष्ट सहभागिताले गर्दा यस विधा अत्यन्त लोकप्रिय विधामा पर्दछ। आगामी दिनमा पनि तपाईंहरू जस्तै उत्साहित साथीहरूको योगदानको पनि अपेक्षा गरेका छौं।

    जहाँसम्म गीत र गजलको कुरा छ; पहिले मझेरीको विधासम्बन्धी सोचाइ बुझ्नु जरुरी छ। मझेरीमा शुरुमा “गीत” भनेर संगीतबद्ध भएर श्रोतासमक्ष आएका रचनाहरूलाई “गीत”को विधामा समावेश गरिएको हो। त्यसकारण संगीतवद्ध-स्वरवद्ध “गजल”हरूलाई “गजल (गीत)”विधामा राखिएको हो। गजल र गीत एउटै विधा हो भनेर ईंकित गर्न खोजेको कदापि हैन। तर, मझेरीमा लेखकहरू स्वयंले पनि रचना प्रकाशन गर्न सक्ने भएकोले, केही विशुद्ध गजल (संगीतवद्ध नभए पनि) पनि “गजल (गीत)”मा परेका छन्। मैले सम्पादन गर्न नभ्याएको पनि हो।

    “गीत” विधा सम्बन्धमा, संगीतवद्ध नभएका गीति रचनाहरूलाई त्यस अर्थमा “गीति कविता” विधामा राखिएको छ।

    अहिले प्रकाशित गरिएको गजलको संख्यालाई ध्यान दिने हो भने “गजल”लाई “कविता”, “कथा” कै कोटीमा राख्ने कुरामा मेरो पनि त्यति आपत्ति पनि छैन। वास्तवमा शुरुका केही महिनाहरूमा यस विधालाई “कविता” विधाको उप-विधामा राखिएको थियो। तर अलि पृथक परिचय दिनको लागि “हाइकु”, “मुक्तक”, “नाटक” आदि जस्तै “अन्य” विधामा राखियो। “गजल”लाई मूख्य विधामा राख्ने बारेमा पनि सोचेकै हो तर यसका उप-विधाहरू बारेमा अलि अनभिज्ञ नै भएकोले पनि नराखेको हुँ।

    तपाईंहरूको सुझाब अनुसार मझेरीको ढाँचलाई सुधार्दै जाने नै छौं। आशा छ आगामी दिनहरूमा पनि सुझाब तथा माया दिंदै जानु हुनेछ।

    कुमार

    1. कुमार जी धेरै धेरै ध्न्यवाद
      कुमार जी धेरै धेरै ध्न्यवाद ।
      प्रतिकृयाको लागि धेरै धेरै धनयवाद । मैले गजललाई प्राथमिकता नै नदिइको भनेर मैले भन्न खोजेको भने हुईन । नेपाली गजललाई एउटा छुट्टै विधाको रुपमा राखिनु पर्छ भन्ने मात्र मेरो आसय हो । यही कुरा मैले नेपाली गजलको अनलाईन बहसमा उठाउदै आएको छु । यो मेरो एउटा अभियान नै हो ।
      म यो अभियानमा तपाईहरुलाई पनि समायित गर्न चाहन्छु । आसा छ मेरो यो कार्यमा अवस्य पनि सहयोग पुर्याउनु हुने छ । मझेरीले गजलललाई धेरै स्थान दिएको छ । त्यो सर्व विधितै हो । मझेरीले यसअर्थमा ठुलो रिण लगाएको छ हामीलाई । सायद यो रिण तिर्न त अवस्य पनि सक्दैनौ होला । यहि राय सुझाव नै एउटा वाटो हो त्यो रिन तिर्ने जस्तो लाग्छ । अन्यथा माफी चाहन्छु ।
      धन्यवाद ।

      केशु बिरही

  26. Yaha Keshu Birahijile
    Yaha Keshu Birahijile Uthaunubhayko Kura 100% Nai Thik ho. Aajko Nepali Sahityama GAJALko Sthan Chhuttai BaniSakeko Kura Ta 2 Barsa Pahile Nepalkai Tribhuwn Biswobidhyalayabat GAZLko Sodhpatra Lekhera Bidhabaridhi Garnuhune Da. Krishnahri Baral hunuhunchha. Yasari GAZALlai Chhuttai Bidhakorupma Nepal Sarkarle Pani Sweekareko AbSthalai Hami Sabaile Dhyan Puryaun Sakematra Nepali GAZALko Utthan Hun SaKdachh.

    – GAZALko Bidhyrthi: Gorkhesailo.
    E-mail: [email protected].

  27. krishna nyaupaane

    प्रेम गर्छु…
    म भित्र नै

    प्रेम गर्छु…

    म भित्र नै जन्मेकीछे प्रेरणा,
    कहिल्यै नमर्ने गरी
    शायद, मेरो मृत्यूपर्यन्त पनि बाँच्छे ऊ
    हरेक कदममा म उनको साथ लिने गर्छु,

    कसैले व्यक्तिविशेष नसम्झिनु मेरी प्रेरणालाई
    ऊ परिवर्तित छे,
    अहिले भावना बनेकीछे,
    जो निश्चल छ,
    दुरुस्तै ऊ जस्तै,
    त्यतिबेला जस्तै सुन्दर,
    जतिबेला
    उसलाई मानवको रुपमा पाएर झुक्केको थिएँ,
    जतिबेला
    उसलाई आफ्नो प्रतिबिम्बको रुपमा अनुभव गरेर भ्रमित थिएँ,

    जे होस्,
    मेरो मनमा दरिलो खम्बा गाडि
    दरबार बनाइ बसेकीछे
    जसको गजुरले मेरो मस्तिष्कलाई छुने गर्छ

    उसको बगैंचाको बास्ना तनभरि फैलीरहेछ
    निक्कै सुगन्धित फूल,
    “माया” नै फुलाइछे क्यार!

    गजबछ,
    कहिलेकाहीं, हामी साक्षात्कार पनि गर्छौं,
    कहिले ऊ रिसाउँछे, म कुर्लिन्छु
    ऊ हाँस्छे, म फुर्किन्छु

    हो,
    उही प्रेरणा,
    जसको लागि म गाउँछु,
    गजल कोर्छु,
    गम्भीर हुन्छु,

    किनकी म प्रेम गर्छु,
    कुनै व्यक्तिविशेषलाई होइन,
    कुनै मानवरुपी पत्थरलाई होइन,
    म त मेरो भावनासलाई प्रेम गर्छु,
    प्रेरणासँग प्रेम गर्छु।

  28. एउटा हातमा तास छ
    अर्को हातमा

    एउटा हातमा तास छ
    अर्को हातमा रम छ
    तिमीलाई फुर्सद छैन होला
    आफु त यसरी नै
    बार्है महिना जम छ
    भन तिमी भन्दा म के कम छ।
    मिर्मिरेले खेदेर तिमीलाई
    सन्ध्याले फकाइ ल्याउछ
    मरेर जाने यो जिन्दगीमा
    कस्को गोरु ब्याउछ ?
    आफु बार्है महिना
    यसरी खेल्न भ्याउछ
    हिङ नभए पनि
    हिङ राखने टालोको दम छ्
    भन तिमी भन्दा म के कम छ।
    तिमी अमेरिका जाउ वा अफ्रिका
    उधोग चलाऊ वा पत्रीका
    जती भए पनि धन कम छ
    समय झन कम छ
    किनकी
    तिमीलाई खर्ब कमाउने मन छ
    तिम्रो चैनमा खाली अमन छ
    भन तिमी भन्दा म के काम छ।
    हो तिमीसँग धेरै
    कारहरु होलान
    हारहरु होलान
    तर मृत्युको अगाडि यसको के दम छ
    तिमीलाई जस्तो मलाई
    न सुगर न दम छ
    न चिन्ता न गम छ
    त्येसैले
    अफु त साथी हरेक दिन
    यसरी नै जम छ
    यसरी नै रम छ
    विश्वाश छैन भने
    त्यो तिमीलाई भ्रम छ
    भन तिमी भन्दा म के कम।
    prem oli

  29. मझेरीलाई धन्यवाद ।
    मझेरीलाई धन्यवाद । गोरखापत्रमा प्रकाशित मेरो लेखलाई आफ्नो मझेरीमा पुन: प्रकाशित गरिदिनु भएकोमा आभारी छु । तपाईको मझेरीलाई मेरो साइटमा लिंक गरिदिने छु ।
    http://www.tcspublication.webs.com
    http://www.tcspenpal.webs.com

  30. गीत
    रसायर आँखा म हाँसु कसरी

    गीत
    रसायर आँखा म हाँसु कसरी ?
    जलाएर मुटु म बाँचु कसरी ?
    फुटेको त्यो ऐना जो छायाँ दिँदैन
    त्यस्तै जीवन छ हाँस्न मिल्दैन ।

    सडकरूपी छाती चर्किदिन्छ पलपल
    बादलरूपी आँखा बर्सिदिन्छ हरपल,
    विकाउ त्यो माल हुँ कुनै मूल्य छैन
    बेवारिस जीवन भो तर दुःख छैन ।

    नसोध त्यो घाउ काँहा बल्झि दिन्छ
    नसोध त्यो घाउ काँहा अल्झि दिन्छ
    बताउँ कसरी कुनै शब्द छैन
    बेवारिस जीवन भो तर दुःख छैन ।
    त्रिचन्द्र प्रतीक्षा, [email protected]
    http://www.tcspenpal.webs.com

  31. सम्पादक ज्यू
    सादर नमस्कार

    सम्पादक ज्यू
    सादर नमस्कार ।
    मझेरीको स्तम्भ ‘रचना प्रकाशन गर्दा… ‘ मा भएको ‘चेक’को ठाउमा जाँच र ‘पोलिसी’ को ठाउमा निती राख्दा नेपाली भाषालाई न्याय हुने थियो कि ! अथवा दुबैलाई राख्दा पो राम्रो हुन्थ्यो कि ! वर्ण विन्यासमा म आँफै कमजोर छु । त्यसैले यो मेरो सुझावलाई अन्यथा रुपमा नलिइदिनु होला ।

    पूर्वेलीसाथी

    1. पूर्वेली मित्रज्यू,
      धन्यवाद

      पूर्वेली मित्रज्यू,

      धन्यवाद छ। सम्पादन गरेको छु।
      आगामी दिनमा पनि यस्तै प्रतिकृया, सुझाब अनि सकृय सहभागिताको अपेक्षा गर्दछु।

  32. Namaste!!!
    ma yo majheri .com

    Namaste!!!
    ma yo majheri .com jko niyamit pathak hu. dherai ramra ramra lekh rachana haru prakashan bhaoraheka chhan. sampurna sharstha harulai pragati ko kamana gardachhu.
    yo naya tatha purana shastha harulai ramro plate form baneko chha. ra ma pani kehi rachana haru prakashan garnu chahanchhu .tesaile maile kasari pathauna ra prakashan garna sakchhu??
    aasha chha editor ji le ramro sallha dinu hune chha…
    saroj

    1. सरोजजी,
      देब्रेपट्टिको Creat

      सरोजजी,
      देब्रेपट्टिको Creat new account क्लिक गरेर नयाँ एकाउन्ट बनाउनुहोस् । त्यस एकाउन्ट बनिसकेपछि, लग-इन गर्नुभो भने देब्रेपट्टि लेख्नुहोस् नयाँ लेख रचना भन्ने लिंक देख्नुहुनेछ। त्यसबाट नयाँ लेख लेख्न सक्नुहुन्छ।
      अथवा, मा सिधै पठाउनुहोस् (प्रकाशन गर्न केही समय लाग्न सक्छ)

      मझेरीलाई नियमित रुपमा हेरिदिनुभएकोमा धन्यवाद छ।

      मझेरी सञ्चालक

  33. this wibe side ma mero गजल
    this wibe side ma mero गजल प्रकासित garna k garna parcha ta hajur

  34. आदर्णीय सम्पादकज्यू,

    आदर्णीय सम्पादकज्यू,
    आजै मात्र मैले मझेरी डट कम साइट पत्ता लगाएँ । यो विशुद्ध नेपाली साहित्यिक वेवसाइट रहेको थाहा पाउँदा खुसी लाग्यो । म पनि यसमा सामग्रीहरु प्रकाशन गर्न चाहन्छु र हाल मेक्सिम गोर्कीको एउटा मार्मिक कथा ताइप गरेर तयार पारेको छु । त्यसलाई यस मझेरी डट कममा म कसरी प्रकाशन गर्न सक्छु, कृपया निर्देशन दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु ।

    धन्यवाद
    के.बि.राई
    मेचीनगरपालिका, झापा

  35. केबी ज्यू,
    मझेरीमा स्वागत

    केबी ज्यू,

    मझेरीमा स्वागत छ।

    रचना राख्न, आफैं पनि सक्नुहुन्छ – लगअन गरेर देब्रेपट्टि “लेख्नुहोस्” भित्रको लिंकबाट रचना पोस्ट गर्ने पृष्ठमा जान सक्नुहुन्छ । अथवा, [email protected] मा पठाउनुहोस्, सम्पादकले प्रकाशित गर्नेछ।

    1. यो साइट धेरै नै मन पर्छ ।
      यो साइट धेरै नै मन पर्छ ।

  36. Very good site I’m being very
    Very good site I’m being very happy- Every poem are nice.
    CHUNAUTI
    Bhorma harayako surya
    Bulbulema (lake) mukha dhoyara aaudai
    pahadi yuba ko
    chulthima basi dinchha
    ani prabhat ko saumyata
    tee yubati ko othama muskayako chha
    pahadi yubati…….
    kammarma khurpeto ra aasi bhirera
    samayalai chhunauti dina niskeki chhe.

  37. धन्येबाद!
    हजुरहरुको सहयोगले

    धन्येबाद!

    हजुरहरुको सहयोगले मेरो मनका संकाहरु मेटियो ।

    गजल र गित बारे था पाएँ ।

    धन्येबाद !

    PS: KBS सरलाई चियाको निम्तो दिन चहान्छु जिँदगिमा कत्तै भेटे । आशावादि छु ।

    1. निम्ताको लागि धन्यवाद छ!
      निम्ताको लागि धन्यवाद छ! जलपान गर्न म पनि ईच्छुक छु । तपाईंको साहित्यप्रतिको लगाब देखेर नतमस्तक ! मझेरीमा निरन्तर सकृय सहभागिताको अपेक्षा छ।

  38. hi
    ma niyamit padne garda6u yasma bhyaka lekhrachana haru sarai man par6 tara maile yas ma member bane pani aaphna rachana haru kasari halne bhanne kura nai patta lagauna sakena kirpaya bataidinuhun6 ki

  39. hi
    ——-नजाऊ है प्रदेश ———————-

    विदेश विदेश भनि धाउन खोज्ने हे नेपाली हो ,

    तेस्तो के हि रहेनछ,बरु सक्छौ भने के हि गर

    आफ्नै भुमि मा यहाँ ,अओसर हरु खोज

    मत थाकिसके अनि फर्किसके पनि

    बिदेसिको गुलामी गर्दा गर्दै दुइटा भिसा

    सकेको पत्तै पायाना कति छिट्टै बितेछ दिन हरु

    यूरोप यूरोप भनि ताक्दा ताक्दै,सोचेजस्तो कहिलै

    हुदो रहेनछ ,बरु बेदेश को आदा कमाऔ…
    [email protected]

  40. भारी बोक्न जान लाई, एउटा
    भारी बोक्न जान लाई, एउटा पासपोर्ट दिन्न राज्य
    जन धन को जिम्मेबारी, कही कतै लिन्न राज्य

    एउटै राज्य यो हालत मा, गुज्रिराछ बर्शौ देखी
    अझै के पो गर्नेहोला ,तिन्का बाउको भिन्न राज्य

    यिन्का चेत खुल्ने होइनन ,खाएकै छन देश लुटेर
    तानातान ले अस्तित्व नै ,लागिसक्यो छिन्न राज्य

    उत्तर दक्षिण सबैतिर, चिमोटेर मार्न लाग्यो
    वाध्य हुन सक्ला फेरी एकदिन ,बसाइ हिन्न राज्य

    सुख सयल भोग गर्न, बिदेश तिरै रूमलिदा
    फर्की आउँदा आँफैलाई ,मुस्किल होला चिन्न राज्य

  41. यि माग्ने नेतालाई, झोली देउ न
    यि माग्ने नेतालाई, झोली देउ न जनता।
    कती मात्रै सहने हो, बोली देउ न जनता।

    भोट दियो धोका दिन्छन, कती भोट दिने।
    अब त यीन्लाई एउटा, गोली देउ न जनता।

    कती ढाट्छन, देशै खाने अपराधी हरु।
    थाहा हुनेले पोल सबै, खोली देउ न जनता।

    गोरु भन्दै हिड्छन अझै गाई मुखे हरु।
    उपहार मा फरिया र, चोली देउ न जनता।

    गाली पनि कती गर्नु ,कसलाई मात्रै गर्नु।
    बरु अब जिउदैमा ,पोली देउ न जनता ।।

  42. gazal
    सज्जन जस्तै लाग्छन ,साला जाली हरु
    सुम्सुम्याउदै भाच्छन ,कोमल डाली हरु ।।

    फुल गोड्ने भन्दै बगैचा मा छिर्छन
    कोपिला नै चुड्छन् ,कत्ती माली हरु ।।

    अनुहार देखे जस्तो ,हुदैन नि मान्छे
    बेसन दल्छन बाहिर ,भित्र काली हरु ।।

    पाप सँग धर्म साट्न खोज्छन कोही
    मन्दिर पुग्छन तिनै ,बोकी थाली हरु ।।

    बाहिर पखालेर नाटक गर्ने हरु
    छोप्न खोज्छन भित्री ,गन्धा नाली हरु ।।

  43. Muktak
    रचेर धुन हरायौ कहाँ
    न्ायनमा बसिदेऊ ।
    तिमी नै हौ दिलको देवता
    सम्झना वनिदेऊ ॥

  44. Muktak
    रचेर धुन हरायौ कहाँ
    न्ायनमा बसिदेऊ ।
    तिमी नै हौ दिलको देवता
    सम्झना वनिदेऊ ॥

  45. gajab chha desh
    जेल भित्रै गोलि चल्छ, गजब छ देश
    कारबाही भोलि चल्छ ,गजब छ देश

    सत्य सेवा सुरक्षणम, प्रहरी को नारा
    लुट्न उसकै टोलि चल्छ, गजब छ देश

    बुढो मन्त्रि भए पनि ,चासो तरुनीकै
    मर्ने बेला डोली चल्छ ,गजब छ देश

    निरिह जनता को ,रगत पसिनामा
    बिना रङ्ग होलि चल्छ गजब छ देश

    ठुला लाई छुन्न कानुन, सानालाई लाग्छ
    फटाहा कै बोलि चल्छ ,गजब छ देश

  46. कथा :-आमाको सपना
    टीका खरेल
    कुलेश्वर , काठमाण्डौ
    कथा :-आमाको सपना
    ओहो ! बिहानको आठ बजिसकेछ । उसको आँखा भित्तामा झुण्ड्याएको घडीमा पर्न जान्छ । बिहान सबेरै निन्द्रादेवीले न्यानो अङ्गालोबाट छोडेपनि आज सहनशीलालाई ओछ्यानमा गुडुल्किरहन मात्र मनलाग्छ । किनकी आज उसको बिदाको दिन । शरीरमा कुनै जोश-जाँगरनै छैन । मन त्यसै-त्यसै हावामा बहकिरहेको छ । उखरमाउलो गर्मीले गर्दा उसको शरीरले थकानको महसूस मात्र गरिरहेछ । बिदाको दिन बाहेक १६ घण्टा मेशिनझैं काममा पेलिनु पर्छ । कामले थाकेर-थाकेर लखतरान भई कोठाको मायालु विश्राममा जान हतार गरिरहेका कामदार युवायुवती जस्ले पाएको हण्डरलाई सोचेर भावुक बन्छे सहनशीला । आफ्नी आमाको न्यानो काखलाई लत्याएर आएका ती कामदारहरुप्रतिको सोचाइले गर्दा भनौं या आफ्नी आमाको सम्झनाले भरिएका अतीतका स्मरणले गर्दा हो , आज ऊ आमाप्रति आफूले नाजायज गरेँकी भन्ने भाववोधले छटपटाइरहेकी छ । आज आफ्नै आमाको न्यानो काखमा बसेर पसिना बगाउन पाएको भए अभावको खडेरीले चिराचिरा परेको छाति त रसाउन पाउँथ्यो । आज आमाले आफ्ना कर्मठ सन्तानहरुलाई दिनप्रतिदिन विदेशीको दासी बनाउने भनेको भोलिको लागि आफ्नो काख झनझन मरुभूमि तुल्य उजाड बनाउनुनै हो । आज यत्तिका सन्तानहरुले आफ्नो उर्वर समयलाई बिदेशी भूमिमा तिलाञ्जली दिन बाध्य छन् । कठै ! विचरी आमा ! कति विवश छिन् आफ्ना सन्तानलाई मातृत्व बर्साएर लुटुपुटु आफ्नै काखमा खेलाउने अधिकार खोसिँदा समेत चुपचाप बस्नु परेको छ । बाध्यता उनको शरीरको एक अभिन्न अङ्ग बनेको छ । जसलाई उनी चाहेर पनि पन्छाउन सक्दिनन् । बिवश छिन् बिचरी आफ्ना सन्तानलाई अर्काको कमारो बनाई अशान्तिले छट्पटिन । कुन आमालाई नहोला र ! आफ्ना आँखाका नानी आफ्नै समीपमा राखेर उनीहरुको प्रगति हेर्ने रहर । ऊ कल्पनाको सन्सारबाट हावारुपी यानमा वास्तविक यो स्वार्थपूर्ण संसारमा अवतरण गर्छे जब उसको मोबाइलमा टिनिनिनि आवाज आउँछ । फोन गाउँको दाइले गरेको हुन्छ । सधैं आमाले फोन गर्नुहुन्थ्यो । किन आज चेतनाथ दाइले गर्नुभयो ? ऊ अचम्म पर्छे । भर्खरै हिजो मात्र आमाले फोन गरेर धान रोपिसकेको तर पानी परेको पर्यै भएर धान डुबाइराछ भन्नुभाथ्यो । बहिनीहरु सबैले पालैपालो कुरा गरेका थिए । दिदी अब कहिले आउने भनेर सोध्दै थिए । उनीहरुलाई मैले अब एकवर्षा आउँछु भनेकी थिएँ । हस् दिदी आमाको बारेमा कुनै चिन्ता लिनु पर्दैन । आमा अहिले सञ्चै हुनुहुन्छ , हामीले राम्रोसँग हेरबिचार गरिराछौं भनेर मेरो चित्त बुझाएका थिए । तर आज कहिल्यै फोन नगर्ने चेतनाथ दाइले किन फोन गरी तिमी तुरुन्त आऊ भनेर बोलाउनु भएको होला ? उसले प्रश्न गर्न नपाउँदै फोन काटिन्छ । ऊ बहिनीको मोबाइलमा फोन गर्न खोज्छे तर सर्म्पर्क हुन सक्दैन । फोन कतै लाग्दैन । उसलाई के गरौं के नगरौं जस्तो हुन्छ । उसलाई कताकता डर लागेर आउँछ । आमा बिरामी पो पर्नु भएको हो की ! बहिनीहरुले पनि भन्नु पर्ने ! म अत्तालिन्छु भनेर पो नभनेका हुन् कि ? किन हो फेरि कहीँ फोन नलागेको ? उसको दिमागमा यस्तै-यस्तै नानाभाँतीका कुराहरु खेल्न थाल्छन् । अब के गरुँ ? अहिलेनै फर्किउँ भनेपनि भर्खर साहूको ऋण मात्र चुक्ता भएको छ । पैसा कमाउन सकेको छैन । नफर्किउँ भने आजै तुरन्त आइज भनेर दाइले बोलाउनु भयो । केही घटना नभई त्यत्तिकै त पक्कै बोलाएको हैन होला ? जे पर्ला पर्ला मैले जानु पर्छ । एक पटक गएर आमालाई , बहिनीलाई अनि साथीभाइलाई पनि भेटेर आउनुपर्ला , त्यसपछि २-४ वर्षदुःख गरेर पैसा कमाएपछि म मेरी आमालाई सुखसाथ पाल्छु । यत्ति सोचेर ऊ उसको अफिसको सरलाई भेट्न जान्छे र ऊ तुरुन्त नेपाल र्फकनु पर्ने भयो घरबाट फोन आयो मलाई जसरी भएपनि महीना दिनको बिदा मिलाइदिनु पर्‍यो भनी निवेदन गर्छे ।
    अब ऊ महिना दिनको लागि नेपाल फर्किने भई । नेपाल र्फकनु पर्दा उसमा एक प्रकारको खुशि तरङ्गति हुन्छ तर मनमा कताकता डर पनि लागिरहेछ । कहिँ कतै घरमा नराम्रो घटना त घटेन ? भन्ने डरले बेलाबेला ऊ झोक्राउँछे अनि मुटु दह्रो बनाएर जुरुक्क उठी २ दिन पछिको यात्राको लागि तयार हुन थाल्छे । के के सामान लाने होला – बहिनीहरुले दिदीले के के न ल्याइदिएकी होली भनेर आश गरेर बसेका होलान् । अनि आमालाई के लगिदिउँ भनी ऊ सोच्छे । हैन काठमाण्डुबाटनै किनेर लग्नुपर्ला भन्दै एटेचीमा उसको लुगाफाटा मिलाउन थाल्छे । उसको प्लेन चढ्ने बेला आयो । प्लेन भित्र पसेपछि ऊ आफ्नो सानो ब्यागबाट एल्बम पल्टाएर हेर्न थाल्छे । जसमा उसको बच्चा बेलाको फोटोहरु राखिएको हुन्छ । फोटो पल्टाउँदै जाँदा उसले आफ्नो बाबाको फोटो पनि देख्छे । त्यो फोटोमा उसको बाबाले उसलाई बोकेको अनि माहिली बहिनीलाई आमाले । ओहो मेरो बाबा अहिले कहाँ हुनुहुन्छ होला ? कत्ति मायाले च्याप्नुभएको मलाई ! अहिले भैदिएको भए म पढेर इञ्जिनिएर भएकोमा कत्ति दङ्ग पर्नुहुन्थ्यो होला ? उसका आँखाभरी अतितका घटनाहरु एकपछि अर्को गर्दै नाच्नथाल्छन् । खासमा उनीहरुको पूर्ख्यौली घर पूर्वी नेपालको पाँचथर जिल्लाको भारपा गा.बि.स.मा थियो जहाँ उसले वाल्यकाल विताएकी थिई । कस्तो रमाइलो थियो । उसको जन्मथलो । कलकल बग्ने पानीका खोल्सा-खोल्सी , तालमा ताल मिलाउँदै अप्सरा झैं नाच्दै बग्ने झरनाहरु , चराचुरुङ्गीहरुको मधुर कलरव , जताततै हरिया थुम्काथुम्की अहो ! स्मरणलेनै पनि मन त्यसै त्यसै फुरुङ्ग हुने । नाचुँनाचुँ लाग्ने उसको जन्मथलोको शब्दले वर्णन गरी साध्य छैन । देवताहरुले मान्छेका लागि बनाएको अर्कै र्स्वर्गलोक पो हो कि जस्तो । पढ्नलाई पनि विद्यालयको सुबिधा त्यही विद्यालयमा प्रधानाध्यापक उसको बाबु । कस्ती चञ्चल थिइ ऊ , बिहानी पखको बतासझैं । भुवादार कपासको खेलौनाझैं समाउँ-समाउँ लाग्ने सरस्वतीको आसन श्वेत कमलझैं स्वच्छ सुन्दर यस्ती छोरी हुँदाहुँदै पनि उसको बाबुले छोराप्रतिको परम्परागत सोचाइका कारण पाँच-पाँचजना छोरीहरु जन्माउन बाध्य बनाएको थियो उसकी आमालाई । अन्त्यमा छोरा नभएपछि अर्की बिहे गरी आजसम्म नापत्ता छ उसको बाबु । हो यही कुराले गर्दा बारम्बार ठुङ्गीरहन्छ सहनशीलालाई , किनकी उसको बाबाले छोरीलाई सन्ताननै ठानेन । यस्तो र्स्वर्गभन्दा रमणीय ठाउँ छोडेर उनीहरु पनि अरु आफन्तहरुकै पछि लागेर झापाको तल्लो भागमा बसाइ सरी आजभन्दा १३ वर्षघि आएका थिए । जुन ठाउँमा सरेपनि उसको वाल मस्तिष्कमा पितृसत्तात्मक समाजले रोपेको छोरीप्रतिको नकारात्मक सोचाइको बिउ झन-झन झाँगिदै गयो । त्यसैले ऊ छोरीले पनि समाजमा राम्रो काम गरेर देखाउन सक्छन् भन्ने नमूना बन्न चाहन्छे । ऊ सरकारी बिद्यालयबाटनै विशिष्ट श्रेणीमा एस.एल.सी. पास गरी एक कुशल इञ्जिनियर बन्छे । तर पनि आफ्नो देशमा भनेजस्तो काम नपाएपछि विदेशिएको हो । यो उसको रहर नभै बाध्यता हो । किनकी उसले बहिनीहरुलाई शिक्षित बनाएर आमाको मुहार हँसाउनु छ । उसको पढाइ पूरागर्नलाई उसकी आमाले जमिन बेच्नु परेको थियो । जमिन बेचेरै भएपनि उसलाई उसकी आमाले उसको रोजाइको बिषय पढाएकी थिइन् । म पढेपछि बहिनीहरुलाई पढाउने अनि आमालाई पाल्ने जिम्मा मेरो हो भनेर बेलाबेलामा ऊ आमालाई अभावमा पोलेको घाउमा मलम लगाइ दिन्थी । उसको यस्तो कुराले आमाको निस्तेज अनुहारमा अलिकति भएपनि कान्ति सलबलाउँथ्यो । आमा पनि आशाको मधुर मुस्कान र्छर्दै भन्थिन् ” छोरी ! हेर कसो गरेर हुन्छ यो अलिकति बचेको जमिनलाई दुष्टहरुको पञ्जाबाट मुक्त गर्नुपर्छ है ? दिनदिनै सीमाना मिचेर हाम्रो जमिन हडप्न लागिसके यी राक्षशहरुले । यिनीहरुबाट आफ्नो स्वाभिमान र अस्तित्व बचाउन गाह्रो भइसक्यो । चाँडै हामीपनि सम्पन्न भएर यिनीहरुको कठोर दृष्टिलाई परिवर्तन गर्नुपर्छ है ? ” त्यसैले गर्दा आज ऊ विदेशिएको हो । मूख्य कुरो त उसले समाजको पितृसत्तात्मक सोचाइलाई परिवर्तन गरी छोरी पनि छोराभन्दा कम छैनन् भन्ने देखाउनु छ उसलाई । अनि आमाको सपना साकार पार्नु छ । यस्तै-यस्तै बाध्यताले ऊ विदेशीएकी हो ।
    जब एयरहोस्टेजले अब हामी चाँडैँनै त्रिभूवन विमानस्थल काठमाडौं अवतरण गर्न लागिरहेछौं भनी कराएको सुन्छे अनि मात्र ऊ आफ्नो अतीतमा बगिरहेको सोचाइबाट ब्यूँझन्छे । ए नेपालपो आइपुगिसकिएछ । तन्याकतुनुक लुगा मिलाउँछे । अनि बिमानबाट ओर्लन्छे । अब गाउँ र्फकने कसरी ? बसमा जाउँ भने ढीलो हुन्छ । प्लेनबाटै जाने निधो गरी टिकट मिलाउँछे । भोलि बिहान ६ बजेको बुद्ध एयरबाट ऊ भद्रपुर जाँदैछे । त्यसैले यसो अलिअलि किनमेल पनि गर्छे आमा र बहिनीहरुको लागि भनेर । उसले आमालाई रातो सारी , चोली , पछ्यौरा सबै रातै किनिदिन्छे । अनि बहिनीहरुको लागि भनेर उसले टिर्सट , पाइन्ट किनिदिन्छे । सबै सामान मिलाएर बेलुकी सुत्ने ठाउँको बन्दोबस्तको लागि लजमा गएर हल्का खाना र एक रातको सुत्ने ब्यबस्था मिलाउँछे । भोलिपल्ट बिहान उठेर एयरपोर्ट पुग्दा प्लेन छुट्नै लागेको हुन्छ । प्लेनबाट उसले सेतै हिउँले ढाकिएका हिमाल , भीरपाखा अनि तराइका साना साना घरहरु हेर्दै ४५ मिनेटमै भद्रपुर बिमानस्थल आइपुग्छे । अब उसलाई गाउँ जानुपर्ने बसमा चढ्नुपर्छ । त्यहाँबाट ३ घण्टाको बसको यात्रापछि ऊ गाउँ पुग्छे । ओहो ! कत्ति धेरै पानी परेछ । सबै सडकहरु पनि खोला जस्तै डामाडोल छ । पानी अझै रोकिएको छैन । झन् गाउँमा त खोला बढेर के गति भएको होला भन्दै बस स्टपमा पुग्छे । बस स्टपमा पुगेर ऊ बिर्तामोड जाने बसमा चढ्छे । उसको दिमाग त अहिले त्यसै त्यसै फुरुङ्ग भैराछ । अब त आमा बहिनी र साथीभाइ सबैलाई दुइ अढाइ घण्टापछि भेट्छु । अँ साँच्ची आमाले आज के को सब्जी पकाउनु भएको होला ? आमाले जे पकाए पनि कत्ति मीठो हुन्छ । आमाले पकाएको खाना सम्झेर उसको मुख रसाउँछ । घरमा आफू नेपाल फर्केको अझसम्म थाहानै छैन । एकपल्ट फेरि फोन लगाई हेर्नु पर्‍यो । फोन लागि पो हाल्छ कि ? म विर्तामोड आइपुगेँ भन्नलाई फोन गर्न खोज्छे । कति खुशि हुँदा हुन् मलाई देखेपछि बहिनीहरु । दिदी मलाई के ल्याइदिनुभयो भनेर ब्याग खोतल्न आउँदा होलान् । आमाले त आफ्नो मायालु अङ्गालोमा कसेर म्वाइ खानुहुन्छ होला । छोरी भैगो अब जानु पदैन मलाई छोडेर विदेश भन्दै हर्षका आँसु मेरो गालामा तपतप चुहाउँदै मेरो कपाल सुम्सुम्याउनु हुन्छ होला । मैले ल्याएको रातो सारी चोली लगाई रातो पछ्यौरी ओढ्दा मेरी आमा आज दुलहीझैं देखिनु हुन्छ होला । कति खुशि हुनुहुन्छ होला । साँच्चै भन्ने हो भने आमाले आजसम्म गतिलो लुगा लगाउन पाउनुनै भएको छैन । मैले ल्याइदिएको लुगा लगाएर भोलि मज्जाले फोटो खिचिन्छ अनि साथीभाइसँग भेटघाट गरिन्छ । आहा ! क्या रमाइलो क्षण होला त्यो । उसको फोननै लाग्दैन । अनि ऊ चेतनाथदाइलाई पनि फोन गर्दछे । चेतनाथदाइलाई चाहिँ फोन लाग्दछ । दाइ म सहनशीला बिर्तामोड आइपुगेँ । घरमा फोन नलागेर हैरान भैसकेँ । दाइ किन फोन नलागेको ? यत्ति भनेपछि चेतनाथदाइले तमतमाइलो स्वर निकालेर पख म तिमीलाई लिन आउँछु तिमी अहिले कहाँ छौ भन्छ । ऊ भन्छे म बसस्टपमै हो । आधाघण्टा पर्खन्दा पनि चेतनाथदाइ नआएपछि ऊ बस चढ्छे । बसको सिटमा बसेर चारैतिर आँखा कसैको खोजिमा दौडाउँछे , कोही चिनेजानेका मान्छे भेटी पो हाल्छ कि भनेर । ड्राइभरले बजिरहेको लोकगीतको सिडी अफ गरेर समाचार लगाउँछ । कान्तिपुबाट बिहान ८ बजेको समाचार भनिरहेको हुन्छ । समाचारमा बाढीपहिरोले ठाउँठाउँमा पुर्‍याएको क्षति र मान्छेको बिचल्ली परेको , ज्यान गुमाएको बारेमा मात्र भनिरहन्छ । उसलाई आफ्नो देशको गरीब जनता जो दैवी प्रकोपमा ज्यान गुमाउन बाध्य छन् , उनीहरुप्रति सहानुभूति प्रकट हुन्छ । किन यो देशका नेताहरुले आफ्नो लुछाचुँडीमा गरीब जनताप्रति चासो देखाउन नसकेका होलान् – उनीहरुले मोजमस्ती गर्ने पैसाले नदीनालालाई तटबन्धन गरी व्यवस्थित बनाइदिएको भएपनि त गरीबले ज्यान त गुमाउनुपर्ने थिएन । अनि कतिले घरबार बिहीन हुनुपर्ने त थिएन । बिचरा सुत्केरी , वालबच्चाहरु आज बाढी पहिरोमा परी भोकभोकै मरिराछन् । खोइ जनताले पाउने अधिकार गाँस , बास र कपासको व्यवस्था – शिक्षा स्वास्थ्यको कुरै छैन । यहाँ त भोको पेटले सारङ्गी रेट्नु परेको छ । आफन्तको अकालको वियोगमा छट्पटिनु परेको छ । उसका आँखामा अनायासै आँसु टलपलाउँछ । धिक्कार छ नेताहरु ! तिमीहरुलाई । शहरमुखिभै सुविधा सम्पन्न महलमा बस्दै भागबण्डाको लागि बैठक बस्दैमा बर्षौं बिताइसक्यौ । गरीब जनताको आत्माले तिमीहरुलाई सराप्नेछ , कहिल्यै तिमीहरुको भलो नहोस् भनेर । यति सोच्दासोच्दै बस गुड्न थाल्छ । चेतनाथदाइ आइपुग्छ । ऊ सहनशीलालाई देखेपछि परैदेखि निन्याउरो अनुहार लगाउँदै आउँछ । अनि उसको दुःख पोख्ने साथी भेटेझैं घोप्टो परेर सहनशीलाको घुँडामा घोप्टिएर डाँको छोड्छ । के भयो दाइ – किन यसरी रुनु भएको भन्दै सम्झाउँछे । उसको सम्झाइले त झन कोकोहोलो गर्छ । सहनशीला ! हाम्रो गाउँ बाढीले बगायो । सबैजना……………………​. भन्न नपाउँदै सहनशीला भन्छे अनि आमा बहिनीहरु कहाँ जानुभयो त ? कसको शरणमा पर्नुभाछ अहिले ? बाढीले उहाँहरुलाई पनि बगायो । आजसम्म लाश पनि भेटिएको छैन । म साथीको घर बिर्तामोड आएको भएर बचेँ भन्दै कङ्कला शब्द गरेर चेतनाथदाइ रुन्छ । यस्तो कुरा सुनेपछि सहनशीला पूरै बरफ बन्छ । उसलाई हजारौं मीटर अग्लो भीरले थिचेझैं हुन्छ । पूरै अरिङ्गालको गोलो खनिएझैं लाग्छ । उसका बिष्फारित आँखामा अश्रुसरिताले डम्म भरिएर पूरै तुवाँलाले ढाक्छ । ऊ टाउको भुइँमा बजार्छे । छाति पिटीपिटी अलापविलाप गर्न थाल्छे । हे भगवान ! मलाई सजायँनै दिनु थियो भने अरुनै सजायँ दिन किन सकेनौ ? मलाई मुटु बिनाको अनि प्राण बिनाको निर्जिव ढुङ्गो किन बनाएर मेरी प्राणप्यारी आमा र मुटुका टुक्रा मेरी बहिनीलाई चुँडेर लग्यौ ? उनीहरुलाई जहाँ लगेका छौ मलाई पनि अहिलेनै लैजाऊ । हुँ हुँ ……..गर्दै दाँत किटकिटाउँछे । साँच्चिकै तिमी छौ भने मेरो पुकार सुनिदेऊ । मेरी आमा ! तिमी कहाँ छौ ? किन मलाई आज एक्ली बनाएर बहिनीलाई चाहिँ साथमा लिएर गयौ । मेरो के गल्ती थियो मैले कुन जन्मको पाप भोग्नु परेको यो ? सानै छँदा हामी छोरीलाई जिउँदै मारेर बुबाले छोराको लागि अर्कै बिहे गरेर आजसम्म कुनै अत्तोपत्तो छैन । तिमी पनि मलाई छोडेर गयौ । अब म कसको मुख हेरेर बाँचौं ? खोइ त मलाई तिम्रो सपना पूरागर्ने समय दिएको ? म कति अभागिनी रहेछु आफ्नी आमाको कुनै इच्छालाई पूरा गर्न सकिन भन्दै बेहोश भई भुइँमा पछारिन्छे ।मान्छेहरुको भीड लाग्दै जान्छ । अनि चेतनाथदाइले उसलाई नजिकैको क्लिनिकमा पु्र्‍याएर सलाइन चढाउँछ । उसको होश आएकै छैन । पूरै शरीर नीलो छ , रगत सुकेजस्तो । उसले सपना देख्छे आमाले आएर उसका आँखाबाट झरेका आँसु पुछ्दै छोरी ! तेरी आमा भनेको त नेपाल आमा हुन् । तैँले नेपालआमाको मुहार हँसाउनु पर्छ । यहाँका सारा जनतानै तेरा दाजुभाइ दिदीबहिनी हुन् तँ किन धन्दा मान्छेस् ? मेरो आत्मा मरेको छैन । म तँ भित्रनै छु । बाहिरी आँखाले मलाई देख्न सक्दिनस् । पीर नगर छोरी ! अब उठ । अभावमा पिल्सिएका गरीब दुःखीको सहारा बनेस् छोरी ! नेपाल आमाको बाँझो कोखमा शान्तिको बिउ रोपेस् । सुख सम्बृद्धि फैलाऊ छोरी ! यसबाटनै मेरो सपना पूरा हुन्छ । नेपालआमाको सपना पूरा गर्नु भनेकोनै मेरो सपना पूरा गर्नु हो । यति भनेपछि उसकी आमा सपनाबाट हराउँदै उसको मुखभित्र पसी हराउँछिन् । ऊ ब्युँझन्छे । छेउमा चेतनाथदाइ झोक्राएर बसेको हुन्छ । ऊ जुरुक्क उठ्न खोज्छे तर सक्दिन । बेडबाटै दाइलाई सम्झाउँछे । दाइ ! पीर नगर्नुस् । अब जे हुनु भै हाल्यो अब हामी आफ्नो देशलाईनै आफ्नी आमा मानेर यहाँनै केही गर्नुपर्छ भन्दै मु्ठ्ठी कस्छे । ऊ छक्क पर्छ । कतै यो बहुलाएकी त होइन ? अचेत अवस्थामै पो छ कि ! भनेर एक टक लगाएर हेरिरहन्छ । हेरिरहन्छ । सहनशीला भने देश-प्रेमको भावनाले ओतप्रोत भएको गीत गुनगुनाउन थाल्छे ।

    [email protected]

  47. आदरणिय सम्पादक ज्यू,
    यसमा

    आदरणिय सम्पादक ज्यू,
    यसमा रचना प्रकासित गर्ने तरिका सिकाइदिनु होला । नमस्कार।

  48. GAZAL
    timro maya aba mutuma rahera k vora aaja?
    dukha pida aba maile sahera k vora aaja?

    eklo ta aaja hunu paryo nae sansarbata.
    timi mero dil bata gayara k vora aaja.?

    abiswaska fulharu malae vayo upahar
    kanchan mero man vayara k vora aaja?

    mero jivanko ek matra dukha nae ho sathi
    sukhako gharma pasne aas garera k vora aaja?

    juni-juni sangae jiune tyo mero aasaharu
    ekaechhinma tutna sanke gatho parera k vo ra aaja?

    Laxman Thapa

    kalikot 1 raipur,tanahun

  49. katha prakashan sambandhi
    मृतयात्रा

    आज मन वास्तवमै रमाएको छ । उनको निकै लामो समयपछिको मेरो जीवनसँगको आगमनले निम्त्याएको हर्ष म शब्दमा व्यक्त गर्न सकिरहेको छैन । अदृश्य छन् यी खुशीहरु तर म महशुस गरिरहेछु आफैभित्र । लाग्छ यी खुशीहरु प्रत्यक नलीनलीमा रक्तसँगै बगिरहेका छन् , अनि हृदय भरिएको छ सारा आत्मसन्तुष्टिका तत्वले तर पनि मन चञ्चल छ साहृै हलुका । लाग्छ म जमिनमा छैन यसबेला , कुनै स्वतन्त्र पन्छिझै खुला आकाशमा शयर गर्दैछु टाढा धेरै टाढासम्म । त्यत्रो खुशी भरिएर पनि म हलुका आभाष गर्दैछु , कति आनन्ददायक छन् यी खुशीहरु तौलविहिन भएपनि । अभौतिक भएपनि ।

    हो , अहिले उनी म सँगै छिन अप्रत्याशित रुपले अनायासको आगमनले । वर्षौपछिको हाम्रो मिलनमा…म विश्वास र अविश्वासको बिचमा छु , अनिर्णयको बन्दि भएर । के उनी साच्चै फर्किएकी हुन् त ? आफैसँग अनभिज्ञता जाहेर गर्छु म तर वास्तविकता यही हो उनी अहिले मेरै साथमा छिन् । त्यही शरीर त्यही भाव अनि त्यस्तै समर्पणको मुद्रामा प्रस्तुत । म साच्चै अचम्मित छु उनी यसरी मेरो सामु उभिदा मधुर मुस्कान सहित । म केहि बोल्न सकिरहेको छैन , मन भरिका खुशीले शब्द व्यक्त गर्न दिएका छैनन् । मेरो मनमा अनेक प्रश्नहरु थिए तर चेतना शून्यमा अडिएको छ । लाग्छ मैले संसार बिर्सिए , आँखा अगाडि केवल उनी छिन् अरु केहि छैन । संसार रिक्त छ अनि मेरो मन पनि खालि छ खुशी आनन्द शिवाय ।

    अघिदेखिको मेरो स्थिरावस्था र मौनतालाई भंग गर्ने प्रयासस्वरुप उनको मधुर बोली गुञ्जियो…“ किन केहि बोल्दैनौ ? अघिदेखि मौन छौ त …..”
    “हो…..ई……न…..त्यस्तो केहि पनि । ”बडो मुश्किलले निस्कियो यति चार शब्द । निकै संघर्ष पश्चात निस्केका यी बोलीले मेरो स्थिर रहेको शरीर कमाउन थाल्यो । म कापिरहे…..खै किन ? कसका लागि ? थाहा भएन ।
    “जाऊ न कही बसेर गफ गरौ । हुन्न ?”
    मैले स्विकारोक्तिस्वरुप टाउको हल्लाए हुन्छको भावले । हामी एउटा रेष्टुरामा गई बस्यौ एकदम समीप। अब कुनै खाले दुरी रहेन यहाँ , उनी र म तथा मेरो असहजपूर्ण रहेको शरीर ।

    “के गर्दैछौ आजकल ?”
    आफुलाई केहि सहज रुपमा ल्याउदै मैले भने , “खासै केहि छैन , सानो जागिर गर्दैछु । अनि तिम्रो भन न धेरै वर्ष हरायौ कुनै खबरबिना…।”
    “हेर न त्यस्तै प¥यो । तिमीलाई धेरै खबर गर्ने प्रयास गरे तर सकिन । खै केले अड्कायो थाहाँ भएन , म असफल भए तिमीलाई भेट्न । त्यस्तै कुनै बाध्यता प¥यो भन्ने सम्झ न । मैले चाहेर त्यसरी हराएकी होईन , विवशतामा बाधिएकी थिए । सधै तिमीसँगको प्रेममय साथको कल्पनामा डुब्थे ।”

    उनको जवाफले मलाई गहिराइमा पु¥यायो । शायद हर्षको गहिराईभित्र । छ्या ! मैले उनलाई अर्कै सोचेको थिए । तर आज उनलाई त्यहि पहिलेको अवस्थामा पाउँदा मेरो मनले आफैलाई धिक्कार्न थाल्यो त्यस्तो उनीप्रति नचाहिदो सोचेकोमा ।

    हामीले निकैबेर एकअर्कालाई हेरिरह्यौ , टेबुलमा रहेको कफी सेलाएको पत्तो भएन अनि कतिखेरदेखि मेरो हात उनको कोमल हातको स्पर्शमा रमाईरहेको छ त्यो पनि होश भएन । मात्र म उनलाई हेरिरहे र उनी पनि आफ्नो सुन्दर नयन मेरै दृष्टिमा अड्याइरहेकी थिईन् । त्यहाबाट उठेर हामी हिड्यौ अनिश्चित पाईला लिएर , गन्तव्यविहिन यात्रामा ……..मन्द गति । उनको सुकोमल हात अझै मेरो हातको प्रेममय बन्धनमा छ । न उनले सोधिन कहाँ जाने भनेर न मलाई नै यसको जवाफ थाहाँ थियो । हाम्रा पाईला चलेका थिए एकदम सुक्ष्म गतिमा । एकअर्कासँग नबोलेपनि प्रेम साटासाट भइरहेछ , यसको प्रमाण उनको मुहारमा पाए मैले । उनको मुहार तेजमय भएको छ प्रेमको ज्योतिले अनि म सजिलै पहिल्याउन सक्छु खुशीका रेखाहरु , समर्पणका भावहरु उनको मुहारभरि असीमित रुपमा । म यसै आनन्दित छु अन्तरात्मादेखि नै । हामी निरन्तर हिड्दै छौ , कहाँबाट कहाँ पुग्यौ थाहाँ छैन तर सूर्य क्षितिजपारी डुब्दै गरेको देख्दा लाग्यो हामी धेरै हिडेछौ । थकानको आभाष अलिकता पनि छैन न उनले नै अभिव्यक्त गरिन् । साझ छिप्पिदै छ र मैले नै हाम्रो चार घण्टे लामो शब्दविहिन यात्राको मौनतालाई तोड्दै भने , “यसरी नै हिडिरहने कि कतै जाने ?”

    उनी मौन नै रहिन् निर्जवाफ तर उनको मौनतासँगै देखिएको मुस्कानले मैले बुझे उनी पूर्णरुपले सहमत छिन् म प्रति । मेरो इच्छामा उनको खुशी छ भन्ने भाव व्यक्त छ सो शालीन मुस्कानमा ।

    मैले दोहो¥याएर कुनै प्रश्न गरिन र हामी फेरी हिडिरह्यौ शून्य रातको ताराले भरिएको विशाल आकाशमुनिको तुच्छ धर्तीमा । केहि बेरको हिडाईपश्चात हामी मेरो सानो कोठामा पुग्यौ जसको भित्ताभरि केवल उनकै तस्विर टाँगिएका थिए । उनी हेरेको हे¥यै भईन् र केहि लज्जा उनको अनुहारमा दौडियो ।

    “यतिका वर्षसम्म पनि मलाई बिर्सिएको रहेनछौ तिमीले ।” उनको आँखाबाट आँशु बग्न थाले ।
    म प्रतिक्रियारहित भए , लाचार बने , प्रत्युत्तर दिन असक्षम थिए अनि खोई किन हो उनको अमुल्य आँशु पुछ्ने साहस ममा आएन । बग्न दिए उनका निर्दोष नयनबाट आशुका थोपाहरु । मन भारी भयो मेरो पनि तर उनीप्रति सहानुभुतिका शब्द निस्केन मेरो मुखबाट । चाहना त थियो केहि भन्ने तर कण्ठभरि श्वास गुम्सिएर रहेकोले कुनै पनि शब्दले त्यसलाई चिरेर आवाज लिन सकेनन् । केहि बेरपछि आँशु पुछ्दै उनले भनिन् , “यत्रो वर्षसम्म किन अविवाहित रह्यौ ? मलाई भेट्ने आशा थियो मनमा ? म प्रति विश्वास थियो ? मलाई भुल्न सकेनौ या चाहेनौ ? उनका सारा प्रश्नहरु मेरो कानमा नगुञ्जिएर सोझै हृदयमा रोपिएझै लाग्यो तिखो काढासरी । तर म फेरी जवाफ दिन असमर्थ भए । उनको सामु गए अनि उनको काखमा शीर राखे घोप्टो पारेर , भारी मन केही हलुका पार्ने उद्धेश्यले । मन लाग्यो उनको जस्तै आँशु बगाउन तर ममा पुरुषार्थ थियो क्यार त्यसैले चाहेर पनि आँशु बगेन । यो मेरो कायरता या वीरता के थियो मैले बुझ्न सकिन । पुरुष भएर आँशु बगाउन चाहनु कायरता हुन सक्ला तर मन शान्त पार्न उनको जस्तै गरी आँशु बगाउने अनुमति स्वयम् आफैले आफैलाई दिदा पनि आँशु खस्न नसक्नु शायद वीरता पनि थिएन । हुन सक्छ मैले आफ्नो पुरुषार्थ गुमाउन सकिन या चाहिन । तर मलाई मन थियो केहि थोपा आँशु खसाल्न । चाहनालाई कुन्नि केले दबायो मेरो आँखा रसाउन सकेन , म आफैसँग हारे ।

    उनले मेरो कपाल सुम्सुम्याईदिइन् र शीर उठाउँदै भनिन् , “धत् ! तिमी त केटी मान्छेजस्तो के घोप्टिएर बसिरहेको ? उठ अब , खाना खानु पर्दैन ? म बनाउछु है ।”

    उनको काखमा एकछिन विश्राम गर्दा लाग्यो मन धेरै हल्का भयो , म क्रमश सामान्य बन्दै गए । दुवै मिलेर खाना बनायौ , खायौ । राति अबेरसम्म अतितका रमाईला क्षणहरुको कुरा ग¥यौ तर भविष्यमा के गर्ने ,सँगै रहने , बिछोडिने……जस्ता केहि पनि कुरै भएन । तर पनि लाग्यो अब हामी कहिल्यै टाढिदैनौ । समयले दिएको चुनौतिको प्रतिकार गरि हामीले समयलाई पनि पराजित गरिसक्यौ । यस्ता कुराहरु बुझ्न भाषा नचाहिदो रहेछ । एकअर्काको मुखभावबाट हामीले बुझ्यौ यावत् कुराहरु र एक अर्काप्रति सन्तुष्ट हुन शुरु ग¥यौ….दुनिया भुल्यौ…।

    म सबै बिर्सेर उनीमा समाहित हुदै गए , उनलाई थकाउँदै गए……स्वयम् आफु पनि थाक्दै गए आनन्दले क्षीण हुदै । पल–पल म क्षीण हुदै गए साहसिक र संघर्षशील आनन्दको भोगाईमा । उनी पनि निस्तेज भईन्…। अवाक् , तर पूर्ण सहयोग पाए उनीबाट । भौतिक शरीरको सहयोग , प्रेममय भावनाको प्राप्ती उनी म सँग साटासाट गर्दै थिईन् ।

    यस्तैमा केही अवरोधमय ध्वनि मेरो कानमा गुञ्जियो विकराल रुपमा । कुनै घण्टिको तरङ्ग कानदेखि हुदै शरीरभरी फैलिएजस्तो निरन्तर ।
    अनायासै म झस्किए , आँखा उघ्रियो अनि ती एकजोर नयनको दृष्टि सँगै टेबुलमा रही एकनास बजिरहेको मोबाईल फोनमा गएर अडियो । आँखा त्यही गएर अडिए तर केही देख्न नसक्ने अन्धोझै भएर । आँखा अझै स्थिर छ त्यही बज्दै गरेको मोबाईलसँगै र मानसपटल शून्य छ , रिक्त अनि विवेकशून्य । धेरैबेरको दृष्टि स्थिरतापछि शून्य रहेको मनले धेरै विचारहरुको भारी बोक्न थाल्यो । लाग्यो यो मोबाईल फोन मेरो जीवनकै सबभन्दा ठुलो शत्रु रहेछ जसले मलाई नजानिदो पाराले पराजित ग¥यो । मेरो खुशीलाई विक्षिप्त पारेर स्वयम् मलाई पनि मृतसरह बनाईदियो । उनीसँग यथार्थमा भेट नभएपनि कल्पनामा या भनौ सपनामा हाम्रो मिलन भएको थियो । मिलन आँखाको….., प्रेमको , उनी र म बिच आएको दुरीको , भावनाको , शरीरको , समीप्यताको……आनन्दको…।

    तर यो शत्रुले त्यो पुरा हुन दिएन , लाग्यो यसलाई पछार्दिउ अनि जोडले पछारिदिए तर पनि रिस मरेन। मनको आगो निभेन र मेरो अर्धमृत शरीर साधारण अवस्थामा आउन सकेन । केवल म मरिरहे , पल–पल मरिरहे । यस्तो मृत्यु जसलाई म भोगिरहेको छु साथमा मेरो आंशिक चेतना पनि म सँगै छ , आत्म पनि साथै छ । हेर्दा जीवित देख्छु तर पनि म मरिसकेको आभाष म आफै गर्दैछु र आफ्नो यो अवस्थालाई मृत्युसँग परिभाषित गरि क्रमशः विचित्रको मृत्युलाई अँगाल्दै हिडिरहेछु….मृतयात्रा…।

  50. ma pariyo majheri
    म पनि मझेरी मा प्रवेश गर्न धेरै मन छ ! र मलाई पनि कविता र गजल धेरै मन पर्छ ! आफ्नो कविता र गजल पठाउदा के कसरी पठाउन सकिन्छ होला तपाई को सुझाब र सल्लाहको अपिक्षा
    गर्दछु !
    राजु क्षत्री हाल अफघानिस्तान

  51. यक्लै रातमा देखछु किन
    यक्लै रातमा देखछु किन तिम्लाई
    अरुको साथमा देखछु किन तिम्लाई

    तिमि बाहेक अरुको याद आउदैन आजकल
    बैसको मातमा देखछु किन तिम्लाई ////

  52. nepali ama prati samarpit
    मलाई माफ गरा आमा तिम्रो इज्जत बचाउन सकिन
    टुटेको हृद्एलाई अस्पताल लागि जचाउन सकिन । ।
    सबै जना भ्रस्ट र फटाहाहरु मात्र रहेछन याहा>
    तिमी प्रती को मातृभुमित्त्तओ जगाउन सकिन

  53. आदर्णीय सम्पादकज्यू,
    sarba pratham yaha lai dhanyabaad dina chahanchhu, yas website ma hami harule prakasit garna nasaki raheko rachana haru prakasit garnu paunu bhaneko nai hamro lagi bhagyako kura ho. asha chha yas majheri.com bata aunda din haruma feri pani ramaila rachana ka saath upasthit hune chhu. yaha haruko din subha rahos ..

  54. सम्पादक ज्यू सादर नमस्कार
    हामी सबैको प्यारो मझेरी.कम
    तिमीलाई सधै मेरो स्वागतम
    बुझेको छौ सबै मेरो भित्रि तनमन
    यसरीनै झुल्की दिनु हरपल हरदम
    अगी बढोस तिम्रो यात्रा हर कदम
    निरन्तर चलाउने छु हात र कलम
    भुल भए अशुद्द भए माफ पाम
    हामी सबैको प्यारो मझेरी.कम
    अतित सुब्बा
    झापा

  55. jazal pathaeko
    गजल
    -सुजन सेलिङ “लुङमाहिम साईला”

    असमर्थ भएर बजाएनौ, मौनताको त्यो ताली मिठो लाग्यो,
    रिसाएर उस्ताइ भुनभुनियाऊ,मनमनैको त्यो गाली मिठो लाग्यो ।

    बुझ्दाइ नसक्नुको कला, मनको त्यो जाली मिठो लाग्यो,
    उन्मादमा छछल्किएको यौवन,रुपको त्यो काली मिठो लाग्यो ।

    बेवास्तामा छाडी जाने, हेलाको त्यो बानी मिठो लाग्यो,
    नपाएर तिमीलाई छटपटीमा,तिर्खाको त्यो पानी मिठो लाग्यो ।

    रोजी हिंड्ने फूलहरु, फुलबारिको त्यो माली मिठो लाग्यो,
    कुल्चेर नजाउ पालुवालाई,बिकासे त्यो बाली मिठो लाग्यो ।

    असमर्थ भएर बजएनौ,—————
    रिसाएर उस्ताइ भुनभुनियाउ,————-

    25/11/2011
    [email protected]

  56. prabes kasari garne
    नमस्कार म सुजन सेलिङ “लुङमाहिम साईला” साउदी अरेबियाबाट मलाई यो मझेरि परिवार भित्र प्रबेस गर्ने इच्छा छ तर कसरी प्रबेस गर्ने थाहा भएन त्यसैले यही सन्देश मार्फत सोध्ने कोशीस गरेको छु कृपया बताइ दिनु हुन्थ्यो कि ?

  57. jigyaasaa
    sampaadak jyu
    kasary yo log-in ma jane hajur ? aafnai imail edress prayog garne ki yasko lagi faltai user mane and paward banaunu parchha ? pls. batauna saknu hunchha ki ? sahayogko lagi thanks .
    sujan seling
    [email protected]

  58. श्रध्येय सम्पादक ज्यु ,
    मझेरी

    श्रध्येय सम्पादक ज्यु ,
    मझेरी साहित्तिक् समुह
    बिषय:सदस्य बन्न पाउ भन्ने बारे ।
    महोदय,
    उपरोक्त सम्बन्धमा युबाहरुको झम्का भेट हुने यो मझेरि साहित्तीक् समुह मेरो पनि प्यारो सङ्था हो,मिठो साहित्तिक् हावा लिने बिसाउनिको रुपमा मैले लिएको छु । यो सङ्था प्रती मेरो गहिरो झुकाब रहेको छ । मन भित्र बाट माझेरिको सदस्यता लिने मेरो इच्छा छ यो मेरो आकाङ्छ्यालाई कसरी पुरा गर्ने होला कृपया सम्पादक ज्यु बाट सल्लाह पाए
    म आभारी हुने थिए । सहयोगको लागि धन्यवाद ।
    सुजन सेलिङ”लुङमाहिम साईला”

    1. सुजनजी
      मझेरीको देब्रेपट्टिबाट create new account बाट नयाँ सदस्यता लिन सक्नुहुन्छ ।

      धन्यबाद !

  59. यो एक तुक्क्रा
    मेरो मुटु पिसेर अचार बनाउ
    ट्वाक्क-ट्वाक्क जिब्रो पडकाउ
    त्यहि अचारमा मेरो माया
    च्वाप्प चोपी क्वाप्प खाउ // //
    मेरो मुटु पिसेर अचार बनाउ //// (- – – प्रतिक) ////

  60. भावना
    तारिफ अगाडी गरि दिन्छन
    पछाडी कुरा काट्ने हरु //
    आस्वासनमा बाची दिन्छन
    जिन्दगीलाई ढाट्ने हरु //1 //

    जिउन खोज्नेहरु यहाँ
    पल-पल मरेर जिउछन //
    पीडा-पिडामा बाच्नेहरु
    चोट भुल्न नशा पिउछन// //
    पीडालाई कम गर्न खोज्छन
    आफ्नै घाउलाई चाट्ने हरु //
    आस्वासनमा बाची दिन्छन
    जिन्दगीलाई ढाट्ने हरु // 2//

    मर्नु र बच्नुको अर्थ
    आफैमा केलाई हेर्छन //
    पीडालाई पार गर्नेहरु
    सम्झी लामो सास फेर्छन // //
    खुस-नसिब हुन सक्छन
    पिडामा पीडा सत्नेहुरु //
    आस्वासनमा बाची दिन्छन
    जिन्दगीलाई ढाट्ने हरु // ३// पुस्कल पौडेल “प्रतिक “

  61. मझेरीको जन्म कहीले भएको हो
    मझेरीको जन्म कहीले भएको हो थाहाछैन। आज मझेरी निक्कै वय्षक भै सकेको छ। यसले निक्कै गाँउ-घर शहर-बजार डुलिरहे आफन्तको खोज खबर पनि दिइरहेछ, अरू त के निकै मिठो मिठो साहित्य रस पान गराएको छ। भविष्यको सुखद कामना।

    1. मझेरीको जन्म
      उमेशजी

      मझेरीको जन्म जुन २००८ मा भएको हो । भर्खर साँढे तीन बर्षको फुच्चे छ । भर्खर ८,५०० रचना प्रकाशित गरेका छौँ । हुर्कँदै जाने क्रम जारी छ ।

      शुभेच्छाको लागि धन्यवाद छ !

  62. एक समय हुन्छ
    एक समय हुन्छ अन्योल-अन्योल
    त्यसपछि रहरले गुँढ लगाउछ
    रहर सहर भर्दा नभर्दा
    त्यो फेरि भत्केर लथालिङ्ग बन्छ।
    जीवर सार
    साथी जीवन सार
    जो भोग्दैछु हालमा सत्य
    कतै ढाँटेको छैन मैले
    यो आजसम्मको हो
    मेरो जीनव सार।

  63. यसमा रचना प्रकाशन गर्नु के
    यसमा रचना प्रकाशन गर्नु के गार्नु पर्छ होला जानकारी पाएमा हुने थिहो कि……………..

  64. गजल
    आधा प्रहर बित्यो अझै पर्खि बसे
    तिमि आउने बाटो हेरी पर्खि बसे

    अन्तै शिकार भैट्यौकि आवेगमा त्यो
    मनमा आंतक छ एक्लै थर्कि बसे

    भयानक क्रोध जाग्यो ह्दयभरि
    कतिखेर आउछे भन्दै चर्कि बसे

    विहानि को स्पर्श सगै अखवार सुने
    विछोढको त्यो कथा सुन्दा त तर्कि बसे

    उषालाली सँगै धेरै कुरा सेलाए
    अत्यास लाग्यो आफैसगँ झर्कि बसे

    जोड्यो जोड्यो हात सधै शून्य नै लाग्यो
    जीवन खेर जानु ‘याद’ सगै लर्कि बसे

    यादबजगं सिंह
    Like · ·

  65. आदरर्निय सम्पादक ज्यू

    आदरर्निय सम्पादक ज्यू
    नमस्कार
    मझेरीमा रचना प्रकाशन गर्दा कसरी
    पोस्ट गर्ने हो
    यसको बारेमा स्पष्ट पारीदिए आभारी हुनेथिए
    विरु विरहि जाजरकोट

  66. मझेरीमा साहित्यलाई मात्र ठाउँ
    मझेरीमा साहित्यलाई मात्र ठाउँ दिने कुरो मलाई मन पर््यो।
    नत्र चल्दैगरेको पृष्ठ पनि बन्द हुने डर रहन्छ -विवादमा नपर्नु नै
    आयु लम्बाउनु हो – बधाई छ -कुमारजी र टोलीलाई

  67. धन्यवाद सुझाव को लागी
    गल्ती त जो कोही बाट पनि हुनसक्छ तर मझेरीले केही मौका भने अवश्य दिनैपर्छ।

  68. साह्रै मनपर्छ
    श्रीमान संपादक ज्यु नमस्कार ।
    मझेरी डट कम वेबपत्रिका मलाई साह्रै मनपर्छ ।
    याहाँ प्रकाशीत सम्पुर्ण लेख रचना पढनयोग्ज्ञ र ज्ञानबर्दक छन ।
    यस्तो राम्रो कार्यको लागि संपदक ज्यु लाई धन्यवाद ।
    विजया दशमीको उपलक्ष्यमा मझेरी परीवार र पाठक वर्गमा हार्दिक मंगलमय शुभ कामना ।

    सनम गोले

    1. धन्यवाद सनम गोलेज्यू
      धन्यवाद सनम गोलेज्यू ! यहाँलाई पनि दशैँको शुभकामना छ ।

  69. मझेरीमा लेख-रचना लेख्दा !
    आदर्णीय सम्पादक ज्यू !
    सादर नमस्कार,
    विशेष कुरा मझेरीमा लेख-रचना लेख्दा
    कतिपय मबाट त्रुटिपूण शब्दहरू लेख्न
    पुगेकोमा र हजुरले ती शब्दहरूलाई
    सच्याई दिनु भएकोमा मेरो हृदयभित्र
    देखि नै हजुरलाई धन्यवाद व्यक्त गर्दछु ।
    साथै अबवाट म देखि फेरी यस्तो त्रुटिपूण
    शब्दहरू लेख्नेछैन भनि विश्वास दिलाउन
    चाहान्छु ।

    सूर्योदयको देशबाट !!

    1. कवि लिम्बुजी
      सम्पादकको काम त्यही त हो नि ! स्तरीय रचना लेख्तै जानुहोला ।

  70. आदर्णिय सम्पादक ज्यु !
    सम्पादक ज्यु ,
    सादर नमस्कार ।
    यो मेरो साहित्य यात्रा मझेरीमा मात्र नभएर विश्वमानै दूधे बालक सरह नौलौ र बामे सर्दै गरेको यात्री हु ।र यहि विषयलाई आधार मानेर आज हजुरसंग क्ष्यमा-याचनाको भिख माग्दैछु मेरा धेरै भूलहरूलाई कतिपय शीर्षक विहिन रचनालाई सार्थक रूप दिनु भएको छ । जस्को कारण म आफै त लज्जित छु तर वस भाग्यमानी पनि ठान्दछु । ममा धेरै कमि-कम्जोरीहरू छन् , मझेरीमा साहित्य रचना छपाउन अघि मैले कहिल्यै पनि साहित्य लेखेको छैन् र साहित्यका सुत्रहरू पनि थाहा छैन्, मनमा जुन शब्द खेल्यो त्यस्लाई पूर्ण रूप दिन खोजिरहेछु। र सपना बोकेर हिड्को छु,सफल हुन्छ या हुदैन् त्यो त भबिष्यकोगर्भमा नै सिमित छ। तर बिशेष कुरा मेरा बितेका कमि-कम्जोरी र भएका त्रुटिहरूलाई क्ष्यामा माग्दछु र भबिष्यमा हुन आउने भूलहरूको निम्ति पनि किनकी म कुनै योग्य र दक्ष साहित्यकार नभएको हुनाले बस अहिले त दूधे बालकै त्यसैले यहि भूललाई हजुर समक्ष दर्साउन् चाहान्छु र असल प्रतिक्रियाको अपेक्षा राख्दछु ।
    धन्यवाद !

  71. Kabitaa
    कति मनहरु छन् , आफै भित्र हराउने
    गडगडियो कि बादल, बिरह पनि पलाउने
    झरि बषेॅ,सधैं भरि ,सक्छ काँहा मन रमाउन
    बोल्छ पिडा अधर बाटै,तेक्त मन कराउने

    जोरि हात गरें बिन्ति तिमलाई माया,सधै भरि
    प्रीत् खचीॅ पल पल, मन् मा ,मिल्दैन् कबै सुख
    पिडा बाच्न ,जिवन पाउनेहरु ,दिन्छन अरु कनै दुख
    जति दिनु दिए सकेउ ,भोग्छु अब यो मेरो बिलासिता
    पिउछु प्यारै ठानि बिष ,अंरित मिलोस तिम्लाई भला!।।

  72. पवन प्रतीक राई

    खुसी लाग्यो
    आज साहीित्यक फाट हरु खोजतलास गर्दै जादा यो मझेरीको फराकीलो फाट सम्म छिर्न पाउदा ज्यादै खुसी लागेकोछ।

  73. आशा रोपेर नयाँ नयाँ
    फुलाउछु म

    आशा रोपेर नयाँ नयाँ
    फुलाउछु म ,यहाँ गुरास नयाँ
    बर्ष नयाँ,याद नयाँ
    जीवनाको हर सुरुवात नयाँ
    छम छम बोली गीत नयाँ
    नव बालकको बोल नयाँ
    नबिनाताका नव पल्लव
    बर्ष,नयाँका उमङ नयाँ!

  74. नागरिक के अधिकार भोजपुरी
    नागरिक के अधिकार
    अन्य विश्लेषण वीरेन्द्र कानु

    मनुष्य एगो सामाजिक प्राणि ह । जेकरा समाज मे रहेके पडेला । कवनो जन्मजात भा नगर राज्यमे बसल अइसन अङ्गीकृत व्यक्ति जेकरा राज्यप्रति वफादार होखेके साथेसाथ राज्य से संरक्षण आउर आवश्यक परला पर राज्य संचालन खातिर आपन मत देवे के अधिकार बा उहे व्यक्ति उ राज्य के नागरिक होला । एगो राज्यके सीमाभितर बसोबास करेवाला प्रत्येक व्यक्तिके ओह राज्यके नागरिक कहलजाला । जवन समाजमे नागरीकके फले फुलेके व्यवस्था नइखे, जहवा उ आपन समस्त शक्तिसन के विकास नइखे करसकत, उ समाज कभी भी प्रगतिशिल नइखे होसकत । इंगलैण्ड, अमेरिका जइसन देशन के उन्नति के रहस्य उहा के नागरिकन के अधिकारसन के उपभोग तथा कर्तब्य पालन के निष्ठा ह ।

    कवनोभि राज्य के नागरिकन के दु प्रकारके अधिकार मिलल बहुत जरुरी बा, एक साधारण तथा दोसर राजनीतिक । साधारण अधिकारसन मे शिक्षा, आर्थिक सुविधा, भीतरी आउर बाहरी आक्रमण से रक्षा, न्याय, विचार आउर भाषण के स्वतन्त्रता, धार्मिक भावना भा उपासना के स्वतन्त्रता तथा पारिवारिक स्वतन्त्रता आदि आवेला । राजनीति अधिकारन के अन्तर्गत व्यवस्थापक सभासन के चुनाव मे मत देवेके अधिकार, चुनाव मे स्वयं खडा होखेके अधिकार, राज्य के कवनो पद के प्राप्त करेके अधिकार आदि आवेलसन ।

    आदमी इ जग मे कुछ जन्मजात प्रवृत्तिसन के लेके उद्भुत होला । शिक्षाद्धारा जनचेतना जागेला । विकास के लहर जागेला, अकल्याणकर प्रवृत्तिसन के विरोध आउर सद्प्रवृत्तिसनके विकास होला । विना शिक्षाके जन्म से प्रतिभाशाली बालक भी आपन प्रतिभा के उपयोग ना कर सकेला । अतः राज्यके कर्तब्य ह कि प्रत्येक नागरिक के अवसर देवो कि उ शिक्षाद्धारा अपन भा आपन समाज के उत्थान कर सके । प्रत्येक नागरिक के ई अधिकार बा कि उ सरकारसे मांग करे कि शिक्षा के तरफ ज्यादा से ज्यादा ध्यान देहल जाय । वास्तवमे बिना शिक्षाके हमनी पुरा तरह से आपन मानवता के अभिव्यञ्जना भि नइखी करसकत । जवन देशमे प्रत्येक स्त्री पुरुष खातिर शिक्षा प्राप्ती के सुविधासन होई उहे देश आगे बढी ।

    आदमी के अपन जीवन यापन करे खातिर सबसे पहिले भोजन, वस्त्र आउर रहेखातिर जमिन के आवश्यकता पडेला । आदमीलोग समाज के आउर समाज राज्य के, व्यवस्था एह खातिर कइले बा कि मनुष्य के ई सामान्य आवश्यकतासन के पूर्ति होत रहे । सभ्यता के इ उत्थानकाल मे भी यदि कवनो देश के व्यक्ति के पेट भर भोजन आउर शरीर पर वस्त्र ना भिली त उ देश खातिर एसे बडका कलंक दोसर का होई । सरकारके सबसे प्रथम कर्तब्य इ ह कि उ देखे देशमे कवनो व्यक्ति भूखा आउर लङ्गटे त नइखे ।

    आदमीलोग आपन भा परिवारके सुरक्षा चाहेला । समाजमे रहला बसला पर ओकरा दोसरो के सहयोग चाहेला । इहे सब सुरक्षाके पहिला कदम ह । जबतक मनुष्य आपन सुरक्षा ना पाई, तबतक कवनो ठावमे ऊ बसोवास करेके ना चाहि । जन आउर धनके रक्षा भी सरकार के प्रधान कर्तब्य ह । कुछ लोग चोरी, डाका, लुटमार आदि के अपन रोजगारी के प्रधान साधन समझेला । सरकारके कर्तब्य ह कि उ अइसन व्यक्तिसन से समाज के रक्षा करे । प्रत्येक नागरिक के अधिकार बा कि ऊ आपन धनके, आपन ढंगसे उपयोग करे आउर आपन शारीरिक रक्षा खातिर निश्चिन्त रहे । ऐह रक्षा अन्तर्गत बीमारिसन आउर रोगसन से रक्षा के अधिकार भी सम्मिलित बा ।

    प्रत्येक नागरिक के अधिकार बा कि जीवन के सभी क्षेत्रसन मे ओकरा साथ न्याय होखो । अगर केहु ओकर अधिकार के अपहरण कइले बा, त ऊ न्यायालयद्धारा आपन अधिकारसन के पुनः प्राप्त करके अन्यायी के दण्ड दिलासके । राज्यके नियमसन मे भेदभाव ना होखेके चाहि, कानुन के दृष्टि से प्रत्येक नागरिक चाहे ऊ कवनो जात, वर्ग भा श्रेणी के होखो, समान समझल जाय, गरिब से गरिब व्यक्ति भि सरकार से न्याय पा सके । नेपाल मे वर्तमान न्याय व्यवस्था मे धन आउर समय दुनु के बहुत व्यय होला । अंग्रेजी मे एगो कहावत बा कि अगर देर से न्याय भईल त समझ ल न्याय ना भइल । अतः सरकारके अइसन व्यवस्था करेके चाहि जेसे कम समय मे आउर कम से कम खर्च मे सबके न्याय मिल सको ।

    एगो समय रहे जब राजा तलवार के शक्तिके बल से लोगके एके गो धर्मके अनुसरण करेके बाध्य करत रहे लेकिन येह युगके भौतिक सभ्यतामे धर्म के स्थान गौण हो गइल बा । एगो आदर्श गणतन्त्र भा प्रजातन्त्र मे आवश्यक बा कि सब के आपन धारणा के अनुकूल धर्माचरण करेके स्वतन्त्रता होखो, काहेकि धर्म भीतर के चीज ह, बाहर के ना । नागरिकके अधिकार होखेके चाहि कि ऊ आपन विश्वास के अनुसार मंदिर, मस्जिद भा गिरजा मे जाके उपासना करसके ।

    इहा तक त सामान्य अधिकारसन के चर्चा भइल अब कुछ राजनीतिक अधिकारसन के भी चर्चा होखेके चाहि । येह गणतन्त्रमे सरकारके संगठन मे प्रत्येक व्यक्ति के हाथ होखेला । अतः प्रत्येक व्यक्ति के इ अधिकार होखेके चाहि कि ऊ नगर, प्रान्त भा केन्द्र के सरकार के संगठन मे आपन मत दे सके । येह चुनावसन मे मत देवेके अधिकार प्रत्येक बालिग स्त्री पुरुष के होखेके चाहि ।

    प्रत्येक बालिग स्त्री पुरुष के चुनाव मे मतदान के साथेसाथ स्वयं भी चुनाव मे खडा होखे के अधिकार होखेके चाहि । शासन व्यवस्था मे कवनो विशेष वर्ग के एकाधिकार ना होखे के चाहि । शासक आउर शासित के जाति विशेष ना होखेला । सबके अवसर मिलेके चाहि कि चुनाव खातिर खडा होके आपन योग्यता भा लोकप्रियता के परिचय दे सके ।

    कवनो पद पर नियुक्ति खातिर सबसे बडका मापदंड व्यक्ति के योग्यता होखेके चाहि । सरकारी नोकरीयन मे उहे व्यक्ति के नियुक्ति होखेके चाहि जे आपन विधा बुद्धि के कारण उ पद के योग्य होखे । इहां जातिपाति, धार्मिक विश्वास आदि के ध्यान ना राखेके चाहि ।

    नेपालमे शताव्दियो से नागरिक के कर्तब्य के पालन त बडि दृढता आउर कठोरता से करावल जात रहे, लेकिन नागरिक अधिकारन के ओर कवनो शासक के दृष्टि ना गइलरहे । परिणामस्वरुप देशमे अज्ञान, अशिक्षा, निरक्षरता, भूख के व्याकुलता, वस्त्रहीनता, रोग भा अन्धसंस्कार आदि के राज्य रहे । शिक्षा, न्याय, पद, सम्मान सभी धनसे खरीदारी होत रहे आउर धनवान के संख्या नगण्य रहे । व्यक्ति के जबान आउर कलम पर सरकारके कठोर नियन्त्रण रहे आउर जे कुछो करेके चाहे ऊ कुचल देहल जातरहे । लेकिन अब अवस्था बदल गइल बा, आपन देशमे आपन राज्य बा । अतः हमनी आशा कर सकतानीसन कि अब अन्य देशन के भाति नेपालीयो के उ सभि सामान्य आउर राजनीतिक अधिकार प्राप्त होजाई जेपर राष्ट्र के सुख शान्ति निर्भर बा ।

  75. अतिथि

    तिम्रो नजर
    तिम्रो नजर
    घरिघरि नजर यता किन जुधाउछौ ।
    वरिपरी आँखा तिमि किन घुमाउछौ

    मन भरि कथा बुनि तिम्रो सामू जादा
    तिम्रै मात्र कथा मलाई किन सुनाउछौ

    तिमीसंग बितेका पलहरु संगालेर राखे
    समाजमा मायाको पोको किन फुकाउछौ

    अर्थहीन बनेका मेरा मायाका शब्दहरु
    बेबारिसे बनाई रातारात किन लुकाउछौ

    तिमिबाटै फक्रिने कोपिला रुपी मायालाई
    आस्था र बिश्वाश दुवै तोडी किन चुडाउछौ

  76. सम्पादक ज्यु , नमस्कार
    सम्पादक ज्यु , नमस्कार
    मैले रचना प्रकाशन गर्दा मेरो profile फोटो देखिदैन के कारणले हो कृपया सीकाइदिनहुन अनुरोध गर्दछु

    निर्जल

  77. सम्पादक ज्यु ,नमस्कार
    मैले

    सम्पादक ज्यु ,नमस्कार

    मैले रचना प्रकाशन गर्दा मेरो profile फोटो देखिदैन के कारणले हो कृपया सीकाइदिनहुन अनुरोध गर्दछु

    निर्जल

  78. सीकाइदिनहुन अनुरोध गर्दछु
    सम्पादक ज्यु ,नमस्कार

    मैले रचना प्रकाशन गर्दा मेरो profile फोटो देखिदैन के कारणले हो कृपया सीकाइदिनहुन अनुरोध गर्दछु

    निर्जल

  79. gajal
    फ्रेम भीत्र को उन्को तस्बिर बोल्छ अचेल किन
    चिसो बतासले नि मलाई पोल्छ अचेल किन

    केही नयाँ गरुम भन्ने शाहास खोज्दै छु म
    तर तेहि सपनाले बिथोल्छ अचेल किन

    प्रश्न गर्दा थाकेर सुस्ताउछु कहिले काही
    जिबन ले प्रश्न मात्रै घोल्छ अचेल किन

    मत न बर्सिउ भन्छु बादल भयरै बस्छु
    तर आँखाले ढोका खोल्छ अचेल किन

  80. सफलताको लागि शुभकामना…………
    श्री सम्पादक ज्यू, नमस्कार
    मझेरी डट कम वेभ साइट हेर्ने अवशर मिल्यो साह्रै नै खुशी लागेको छ । निरन्तरता तथा सफलताको लागि शुभकामना…………

  81. सतौने नि कुरा छैन,गला रेट्ने
    सतौने नि कुरा छैन,गला रेट्ने छुरा छैन
    कस्तो मेरो भागय पर्‍यो जिन्दगी नि पूर छैन ।

    मुटुभित्रै छेडिदिने तिम्रो बोली सुनेकै हो
    भित्र भित्रै सतौने तिम्रो नियत बुझेकै हो ।
    सिउदोमा सिन्दुर छैन ,हातभरी चुरा छैन
    कस्तो मेरो भागय पर्‍यो जिन्दगी नि पूर छैन ।

    सन्सारकै खुशीपनी समालेर दिउला भन्थे
    कहिकतै उद्रे फाटे भेलापारी सिउला भन्थे
    जिन्दगीलाई डोर्यौउने रथमा मेरो धुरा छैन
    कस्तो मेरो भागय पर्‍यो जिन्दगी नि पूर छैन । ।
    आखै चिम्ली सुम्पेको थे मेरो जिबन उनिलाई
    गमलाकोको फूल सारी राखेको थे उन्लाई सजाइ
    लय हाली आत्मा रोयो रोदना बेशूरा छैन
    कस्तो मेरो भागय पर्‍यो जिन्दगी नि पूर छैन ।

  82. श्री मान सम्पादक ज्यू ,

    श्री मान सम्पादक ज्यू ,
    नमस्कार !
    मेरो एकजना साथी जो आज भन्दा ३५ वर्ष पहिले मृत्यु भैसकेको छ | उसले लेखेका कविताहरु म संग छन् | ती कविता मलाई यो मझेरीमा प्रकासन गर्न मन लग्यो | अव ती कविताहरु कसरी यसमा प्रस्तुत गर्न सकिएला ? यदि सकिन्छ भने के उपाय होला ? म संग उसको फोटो पनि छ | भन्दिनु होला |

    1. टिका मिलनजी, मिल्छ
      टिका मिलनजी, मिल्छ । वहाँको नाममा रचना पोस्ट गर्नुहोला । फोटो सँगै संलग्न गर्नुहोस्, पछि देखिने गरी राखौंला । वा, रचनाहरू [email protected] मा प्रेसित गर्नुभो भने प्रकाशित गरौंला ।

  83. Muktak
    khalti ma paisa hunda rahar lagdo huncha jindagi
    Aaphanta saath ma hunda bhar lagdo huncha jindagi
    Rittincha khalti jaba tadhinchan aaphanta haru
    jata tatai sunnya sunnya daar lagdo huncha jindagi…

  84. Muktak
    khalti ma paisa hunda rahar lagdo huncha jindagi
    Aaphanta saath ma hunda bhar lagdo huncha jindagi
    Rittincha khalti jaba tadhinchan aaphanta haru
    jata tatai sunnya sunnya daar lagdo huncha jindagi…

  85. श्रीमान सम्पादक ज्यू ,

    श्रीमान सम्पादक ज्यू ,
    मझेरीमा मेरा रचनाहरु प्रकाशन भै नै रहेका छन् तर कुनैमा फोटो आउछ कुनैमा आउदैन, त्यहा मेरा दुई खाले फोटाहरु पठाएको थियो त्यो मध्येमा अलिक उज्ज्यालो फोटो प्रयोग गरिदिनु हुन अनुरोध छ | अनि अर्को कुरा स्व. कर्णबहादुर माझीका कविताहरु जम्मा ४ वटा पठाएको हो, त्यो पनि एउटा मात्र प्रकाशन भएको छ | पछी पठाएका रचनाहरु प्राप्त हुन बाँकि नै छ कि पालो पर्खेर बसेको छ जानकारी पाउन पाए म कृतज्ञ हुने थिऐँ |

  86. प्रतिक्रिया
    कसैले कसैको रचनाहरुका बारेमा टीका टिप्पणी गरेको हुनु पर्ने हो । कसरी हेर्नु पर्ला । जानकारी पाउँ है ।
    तपाइँको
    होम सुवेदी ।

  87. सानो जिज्ञासा !
    कति – कति समयको अन्तराल पछि एउटै व्यक्तिको दुई वा सो भन्दा बढी कृति मझेरी गृहपृष्ठमा राखिन्छ ?

    1. Raaz Dhimal आशुतोषलाई उत्तर
      यति उति भन्ने नियम त छैन राजजी, तर गृहपृष्ठमा सकेसम्म एउटै लेखकको रचना दुई वटा नआउने गरी मिलाइन्छ । र सकेसम्म एउटै बिधाका रचनाहरू लगातार नराख्ने कोशिश पनि गरिन्छ ।

    2. मेरो मत्लब ,हामिले कति दिनको
      मेरो मत्लब ,हामिले कति दिनको समय पछि कृतिहरु post गर्दा उपयुक्त हुन्छहोला ? अन्यथा ,कृति block हुन्छ ।कृति block हुन नपुगोस भनेर यो मनको जिज्ञासा हजुर समक्ष प्रकट गरेको हुँ । झर्को नमान्नु होला है sir ।

  88. यसमा अरु रचनाहरु प्रकाशित
    यसमा अरु रचनाहरु प्रकाशित गर्दै जानुहोस । best of lucl !

  89. muktak
    निस्चल गौडेल (सन्देश)
    बचन् ले नै काट्छौ तिमि तरबार् किन चाहिन्छ र
    मनको महल हुदा हुदै दरबार किन चाहिन्छ र
    घात अनि चोट् दिदै सासन् गर्न जानेपछि
    मालिक् आफै हुदा रैछन् सरकार् किन चाहिन्छ र निस्चल गौडेल रापाकोट् ५ छाप देउरालि स्याङजा
    हाल नवलपरासि

  90. muktak
    निस्चल गौडेल (सन्देश)
    बचन् ले नै काट्छौ तिमि तरबार् किन चाहिन्छ र
    मनको महल हुदा हुदै दरबार किन चाहिन्छ र
    घात अनि चोट् दिदै सासन् गर्न जानेपछि
    मालिक् आफै हुदा रैछन् सरकार् किन चाहिन्छ र निस्चल गौडेल रापाकोट् ५ छाप देउरालि स्याङजा
    हाल नवलपरासि

  91. निस्चल गौडेल (सन्देश)
    बचन् ले

    निस्चल गौडेल (सन्देश)
    बचन् ले नै काट्छौ तिमि तरबार् किन चाहिन्छ र
    मनको महल हुदा हुदै दरबार किन चाहिन्छ र
    घात अनि चोट् दिदै सासन् गर्न जानेपछि
    मालिक् आफै हुदा रैछन् सरकार् किन चाहिन्छ र निस्चल गौडेल रापाकोट् ५ छाप देउरालि स्याङजा
    हाल नवलपरासि

  92. निस्चल गौडेल (सन्देश)
    बचन् ले

    निस्चल गौडेल (सन्देश)
    बचन् ले नै काट्छौ तिमि तरबार् किन चाहिन्छ र
    मनको महल हुदा हुदै दरबार किन चाहिन्छ र
    घात अनि चोट् दिदै सासन् गर्न जानेपछि
    मालिक् आफै हुदा रैछन् सरकार् किन चाहिन्छ र निस्चल गौडेल रापाकोट् ५ छाप देउरालि स्याङजा
    हाल नवलपरासि

  93. गजल
    ========= गजल ==========
    सक्छौ भने चामलको बिया जस्तै केलाई दिनु
    शुख छानि आँफै लिनु दु:ख जति मलाई दिनु

    समालेर राख्या भए मेरा दे’का प्रेम पत्र
    हेरे फेरि मन दुख्ला खोजेर ति जलाई दिनु

    घात गरेऊ नाता तोडेऊ यो जुनि बिछोड भयो
    अर्को जुनी भेटौँला है कोपिला झै पलाई दिनु

    हाँसी हाँसी बितोस् तिम्रो जिन्दगानी सधैं भरि
    साना तिना मनका दु:ख मन भित्रै गलाई दिनु

    चोखो माया मैले पक्कै गरेकै थे तिमीलाई
    घात गर्‍यो ‘मुस्कान’ले भनि दोष नलाई दिनु

    मान बहादुर के. शी. (मुस्कान देऊडाप्रेमी)
    मंगल्सैन ८ अछाम हाल- यू.ए.ई.
    “Nothing is impossible ? Everything is possible”

  94. फुल भनौ जिन्दगी ओइलिएर
    फुल भनौ जिन्दगी ओइलिएर झरिदीन्छ
    काडा भनौ जिन्दगी मुटु बिचमै रोपिदीन्छ

  95. आदर्णीय सम्पादकज्यू,
    हाम्रो मझेरी को सम्पादकज्यू, यो अन्तवार्ता मलाई मन प¥यो, विशेषत होमजीको सहित्यतिरको घनिष्टता, स्पष्टता राम्रोसँग देखिएको छ । मेरो रुची साहित्यिक स्रष्टाहरुसँग भलाकुसारी गर्नु हो । यो भलाकुसारी मेरो लागि सिक्ने सिढी भएको छ । धन्यवाद ।

  96. दिपक घर्ति मगर

    अलमल्ल
    आदरणीय सम्पादक ज्यु
    मझेरी डट कम आए खुशी लाग्यो
    केही मन का गजल राख्नु पाए खुशी छु
    धेरै साहित्य मित्र ज्यु हरु ले आफ्नो फोटो राखेको देख्छु
    कसरी राख्ने हो थाहा नभको अब्स्था कृपया जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।
    दिपक घर्ति मगर
    रामपुर दाङ
    हाल ईन्डिया
    इमेल:- [email protected]

  97. गजल
    गजल गजल पुकारी हुन्न गजल ।
    खालि शब्द थुपारी हुन्न गजल ।
    भावात्मक प्रलयमा लाखौ शब्द,
    शब्दको भिखारी हुन्न गजल ।
    भावको लागि मन हल्लिनै पर्छ
    मुखको टोकरी हुन्न गजल ।
    अर्थलाइ स्वर्ण बनाउन त्यसमा
    मलजल नगरी हुन्न गजल ।
    शब्दले तिर झै अरुलाइ घोच्ने
    शब्दको सिकारी हुन्न गजल ।

  98. आग्रह
    आग्रह
    श्रेङ लक्ष्मी चोङवाङ
    ………………..
    हिजोआज म गीत सुन्दिन ।
    संगित सुन्दिन ।
    र नाच हेर्दिन ।
    मलाई यी सवैसंग
    वितृष्णा
    क्रोध
    प्रतिशोध छ ।
    किन की यीनीहरु
    मेरो विरुद्ध ओकालत गरिरहेछन् ।
    मेरो पतनको लागी नाचीरहेछन् ।
    त्यसैले त म
    गीत गुञ्जिने महलहरु
    जलाएर खरानी बनाउ चाहान्छु ।
    बेग्लै तालको नाच मनपराउने
    यो विशाल आँगन
    गोलाबारुदले ध्वस्त बनाउन चाहान्छु ।
    खण्डहरमा परिणत गराउन चाहान्छु ।
    हो त्यसैले म हिजोआज
    नाराहरु गाउन थालेको छु,
    प्रतिगामी मुर्दावाद
    दमनकारी मुर्दावाद
    एकात्मकवादी मुर्दावाद
    मेरो विरोधी मुर्दावाद
    तर अफसोच
    मेरो नारामा जीन्दावाद आएन ।
    अनि फेरी गएन पनि ।
    किनकी म,
    दुइसय बर्ष भन्दा पुरानो पराजित योद्धा हुँ ।
    यहाँसम्मकी
    म आफैलाई नचिन्ने भइसकेँ ।
    युद्धभुमीमा पोतीएको मोसोले गर्दा ।
    षण्यन्त्रपूर्ण पराजितको महलाले गर्दा ।
    तेसैको उपलब्धी होला
    आज मेरो बस्ती खहरेको सिकार बन्दै छ ।
    नेप्टा थेप्चा अनुहाराकृतीहरु
    आफ्नै पतनको दृश्यावलोकनमा अचम्मित छन् ।
    सपनाको अनौठो पात्र जसरी ।
    तर मेरो नारा सपनाको कमल होइन ।
    काँल्लाको बुकी होइन ।
    यो ज्वालामुखी हो ।
    म यसैको प्रयोगमा
    एउटा कर्णपृय गीतको साम्राज्य,
    मुर्छित नृत्य फुल्ने आँगन
    तहसनहस बनाउँछु ।
    खरानी बनाउँछु ।
    र धुवाँमा उडाउँछु ।
    कहिले उसको अराजक अस्तित्व
    पुर्नस्थापित नहुने गरी ।
    सदा सदाको लागि दुनियामा
    उसको नामेट हुनेगरी ।
    विन्ती छ आमा आतंककरी नभन्नुहै ।
    म तिम्रो छातीमाथी
    बम फटाउँछु ।
    भाइभाइ भनौदाको युद्ध मच्चाउँछु ।
    यो धरातललाई
    खरानी र लाशको देश बनाउँछु ।
    सुन्दर यो परिवेशलाई
    विन्ती आमा स्विकारी दिनु है ।
    कि न की मैले
    यी सवै गीत जस्ता सुनिने
    लयालु मायाँलु आवाजहरु मार्नु छ ।
    मोहित नाच जस्तै देखिने ताल
    टुक्रा टुक्रा पार्नु छ ।
    हो आमा एउटा विनाशको आँधी मच्चाउनु छ ।
    बेथितीका पर्खालहरु लडाउन ।
    अराजक पहाडहरु ढलाउन ।
    हो आमा अन्तिम आग्रह छ मेरो
    विन्ती नअतालिदिनु ल ।

  99. नुमा र याद
    श्रेङ लक्ष्मी

    नुमा र याद
    श्रेङ लक्ष्मी चोङवाङ
    थाहा छैन नुमा,
    पोहोरको हुरीले
    मेरो सम्झानाको टुक्राहरु
    तिमीसम्म ल्यायो कि छैन ।
    तर कोषौ टाढा भए पनि
    तिम्रो यादका मझेरीहरु नियाली रहेछु,
    निराशाको बादल नहटे पनि ।

    कसरी बाहुपासभरी उठाउँ ?
    कल्पनाको बलेँसी भरी
    छताछुल्ल पोखिएको
    तिम्रो नामका त्रृष्णाहरुलाई,
    कुन तरलको सहायताले मेटाउँ ?
    तिम्रो सामिप्यताको प्यासलाई,
    कुनै सार्थक नमुना छैन नुमा ।

    तर पनि किञ्चितसम्म दुखि छुइन,
    किन की
    मेरो सम्झानाको बगैचामा
    तिम्रो यादको कोपिला मुस्कुराइ रहेछ,
    साँच्चै तिमी मुस्कुराए झै ।

    हो आज याद गर्दै छु नुमा,
    लजाउँदै तिमीले भनेकी थियौ,
    म त हजुरलाइ असिम माया गर्छु ।
    तपाई नी…?
    तिम्रो सवालको जवाफ एकलासको
    सम्झनाको चौतारी बसेर गुनेँ,
    थाहा भो
    तिमी त मेरो जीवन भनेर ।

    तर नुमा
    यो बादल हट्नु पर्छ ।
    आकाश निश्चल हुनु पर्छ ।
    आशाका किरणहरु
    एकरुपले छाउनु पर्छ ।
    र त हाम्रो पुनर्मिलन हुन्छ ।

    त्यो समय निक्कै पर हुन सक्छ,
    पर्खाइ लम्बिन सक्छ ।
    फेरी पनि
    आशाको दिप जलाइ राख ।
    पर्खाइलाई बैशालु बनाइ राख ।
    म पाइलाहरु साँचेर फर्कुँला,
    थोरै यौवन बोकेर आउँला ।
    अनि मनाउभला
    खुशीको जसन ।

    साटौँला असिम प्यार,
    एक अर्काको बाहुपासमा बाँधिएर ।
    तर नुमा
    तिमी फुलेको
    मेरो सम्झनाको बगैचा
    वसन्तबिहीन नबनाइ देउ है ।
    हो नुमा पर्खिराख ल ।

    पाँन्थर

  100. नुमा र याद
    श्रेङ लक्ष्मी

    नुमा र याद
    श्रेङ लक्ष्मी चोङवाङ

    थाहा छैन नुमा,
    पोहोरको हुरीले
    मेरो सम्झानाको टुक्राहरु
    तिमीसम्म ल्यायो कि छैन ।
    तर कोषौ टाढा भए पनि
    तिम्रो यादका मझेरीहरु नियाली रहेछु,
    निराशाको बादल नहटे पनि ।

    कसरी बाहुपासभरी उठाउँ ?
    कल्पनाको बलेँसी भरी
    छताछुल्ल पोखिएको
    तिम्रो नामका त्रृष्णाहरुलाई,
    कुन तरलको सहायताले मेटाउँ ?
    तिम्रो सामिप्यताको प्यासलाई,
    कुनै सार्थक नमुना छैन नुमा ।

    तर पनि किञ्चितसम्म दुखि छुइन,
    किन की
    मेरो सम्झानाको बगैचामा
    तिम्रो यादको कोपिला मुस्कुराइ रहेछ,
    साँच्चै तिमी मुस्कुराए झै ।

    हो आज याद गर्दै छु नुमा,
    लजाउँदै तिमीले भनेकी थियौ,
    म त हजुरलाइ असिम माया गर्छु ।
    तपाई नी…?
    तिम्रो सवालको जवाफ एकलासको
    सम्झनाको चौतारी बसेर गुनेँ,
    थाहा भो
    तिमी त मेरो जीवन भनेर ।

    तर नुमा
    यो बादल हट्नु पर्छ ।
    आकाश निश्चल हुनु पर्छ ।
    आशाका किरणहरु
    एकरुपले छाउनु पर्छ ।
    र त हाम्रो पुनर्मिलन हुन्छ ।

    त्यो समय निक्कै पर हुन सक्छ,
    पर्खाइ लम्बिन सक्छ ।
    फेरी पनि
    आशाको दिप जलाइ राख ।
    पर्खाइलाई बैशालु बनाइ राख ।
    म पाइलाहरु साँचेर फर्कुँला,
    थोरै यौवन बोकेर आउँला ।
    अनि मनाउभला
    खुशीको जसन ।

    साटौँला असिम प्यार,
    एक अर्काको बाहुपासमा बाँधिएर ।
    तर नुमा
    तिमी फुलेको
    मेरो सम्झनाको बगैचा
    वसन्तबिहीन नबनाइ देउ है ।
    हो नुमा पर्खिराख ल ।

    पान्थर

  101. चित्तबुझ्दो शब्दहरू
    म एउटा सामान्य युवक हु ।
    आधुनिक जमातको भिडमा हुर्किएको ।
    आज मझेरी डटकमले मेरो आखाँ साहित्यक प्रति छर्लङ्ग,
    पारिदिएको छ । माफ गर्नुहोला म आफ्नो आख्यान
    को शुरूवात गर्न त पक्कै कमेन्ट गरेको होईन् । तपैनी सामाजिक सञ्जाल फेशबुक,टुइटर मा छोटा र बिना छन्द कबिता,मुक्तक,
    लघुकथा,कथा लेखिएका शब्दहरू सरल र सहि ढगंले उपयोग नभएको मा एकदमै दुखी छु । लेख्नू कुनै ठुलो होइन ।जसले पनी लेख्न सक्छ , लेख्नु भनेको एउटा कल्पना स्वाच्लित गर्नु हो ।
    हामी पाठकले लेखकको लेखाईप्रती खेद गर्नू भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । उनीहरूले आफ्ना लागी लेख्दैनन् र
    पाठकहरू मनोञ्जनकै लागी पनी लेख पढ्ने गर्दैनन् ।
    यी कुरा हामी आफैले मनन गर्नुपर्ने बिषय हुन ।
    कसैको लेखाई प्रति औला ठड्याऊनु र मुख बग्याउनु
    हाम्रो तुच्छ गिरी हो ।
    हो साहित्य अहिले आधुनिक मा होमीएको छ । जस्तै एकछिनको लागी म पाठक थिए तपाइको लेखनको, म जस्तै तपाई पनी
    पाठक हुनुहुन्छ होला कही कतै अरू लेखनको,
    जति हामी बोल्न सक्छौ त्यती लेख्न सक्देनौ ,
    र जति लेख्छौ त्यती बोल्न पनी सक्देनौ ,
    सबैको आफ्नो सोच बिचार हुन्छ । भावना हुन्छ । तब साहित्यक उत्पन्न हुन्छ ।
    एकदिन माझीहरू खोलामा माछा पाइएन भनेर भोकै त पक्कै बस्दैनन् , “त्यो रातको निवार्ह मसौराको झोलले पुर्ण हुन्छ ।
    त्यसैले अरूका लेख र लेखन प्रति ब्यग्यात्मक शैलीले तिर हान्न
    बन्द गरौ , सिकेर कोही जन्मदैन् ! सबैलाई सिक्ने र सिकाउने
    अवसरको सृजना गरौ । तब पो साहित्य जाग्छ ।
    यस्तै एकमाथी खनियौ भने त पछीका पुस्ताहरू पनी कुनै दिन नेपालीमा साहित्य लाईब्रेरीमा मात्र पढ्न पाउनेछन् ।
    लेखकको लेखाईमा,शैली र सरलतामा मा भरपर्ने कुरा हो ।

    मेरो भन्नु यति नै हो
    मैले छेडछाड गरेको होइन ।
    हामी सबै सचेत भएमात्र साहित्य सचेत हुने हो ।
    नाई त साहित्य केबल गुगलमा मात्र भेटिन्छ जसको reading हुन्छ ब्यबहारिक हुदैन ।

    लेखनमा गल्तीभएमा क्षमाप्राथी छु ।।

  102. Afno Rachana Kasari Prakasan garaune?
    Hi….Sampadak jiu….

    Ma ek tharu vasama khi rachanaharu lekhne huda afno rachana yas dot com kasari prakasan garauna sakinx.

  103. यहाँ आफ्नो रचनालाई कसरी post
    यहाँ आफ्नो रचनालाई कसरी post गरिन्छ होला?

  104. रचना कसरी post गरिन्छ यहाँ?
    रचना कसरी post गरिन्छ यहाँ?

  105. कुमारजी
    नमस्कार ।
    सारै उचित

    कुमारजी
    नमस्कार ।
    सारै उचित सल्लाह र मार्गनिर्देशन गर्नु भाे । सारै खुसी लाग्यो । याे कुरा चाहिएकाे थियाे । यसका लागि धन्यवाद ।
    अहिले प्रतिक्रिया देख्द किन मिलिरहेकाे छैन । कृपया जानकारी पाउने अाशामा छु ।
    तपाइँकाे
    होम सुवेदी

  106. कविता काेभिड १९
    दिनेश खड्का
    सुन्दरहरैँचा ५ माेरङ
    कोभिड १९
    काेभिड १९ को सकसमा
    विश्व रुमलिइरहँदा
    मानवता भर्खरै पलाएको छ
    किनकि आज संसारमा
    दानवता हराएको छ ।
    हिजोसम्मको कोलाहल
    एकान्त बनेको छ
    यो सारा संसार
    शान्त बनेको छ
    विचित्रको जीवनशैली
    अनायासै फेरिएको छ
    मानवभित्रको चुरीफुरी
    अचम्मले बदलिएको छ
    बधाई छ कोभिड तिमीलाई
    हराएको मानवता
    आज फेरि भेटिएको छ ।
    आहा ! कत्ति सुन्दर !
    वसन्त ऋतुको मौसम छ
    हाम्रो परिवेशमा
    हरियाली छाएको छ
    प्रकृतिले पालुवा फेरेको छ
    मान्छेको त्रासबाट
    शान्तिको सास फेरेका जीवहरु
    आज स्वतन्त्र छन्
    साँच्चै स्वावलम्बी छन् ।
    चरा बचेराको आवाजले वनकुञ्ज
    सङ्गीतमय बनेको छ
    हिमालको काखबाट पवित्र गङ्गा
    विनारसायन कलकल बगेको छ
    यो विचित्र प्रकृतिभित्र
    झनै विचित्रता थपिएको छ
    तिमी नै सृष्टिकर्ता
    तिमी नै संहारकर्ता
    तिम्रो शक्ति अपरम्पार छ
    आज दुनियाँमा जताततै
    तिम्रै चर्चा परिचर्चा छ ।
    अपराधीहरुको अस्तित्वलाई
    चकनाचुर पार्ने तिमी
    भ्रष्टहरुको सञ्जाललाई
    भताभुङ्ग पार्ने तिमी ।
    विश्वको असन्तुलनलाई
    सन्तुलित बनाउने तिम्रो प्रयास
    इतिहासको पानामा सुरक्षित रहोस्
    पातलिँदै गएको ओजोन तहलाई
    बाक्लो बनाउने तिम्रो प्रयास
    अविस्मरणीय रहोस्
    विछोडिएका तनमनलाई
    जोड्ने तिम्रो प्रयास
    कालजयी बनोस् ।
    आज कतै कोलाहल छैन
    सुनसान मात्र देख्छु म
    आज कतै युद्ध छैन
    शान्ति मात्र देख्छु म
    धुलो, धुवाँ कतै छैन
    कान्ति मात्र देख्छु म ।
    अस्तिका हामी मित्रहरु
    हिजो कसरीकसरी शत्रु बन्यौँ
    तर आज एकताको ढोका खुलेको छ
    यसैमा सबैको हित छ ।
    गएकाहरुलाई हार्दिक श्रद्धाञ्जली
    भन्नुको विकल्प रहेन अब
    बाँचेकाहरुलाई सलाम छ
    भन्नुको विकल्प रहेन अब
    नआत्तिईकन जिन्दगीमा
    सम्हालिनुको विकल्प रहेन अब ।
    सलाम छ कोभिड तिमीलाई
    प्रकृतिको एक अंश
    तिम्रो रुप अनौठो छ
    तिमी नै सृष्टिकर्ता
    तिमी नै संहारकर्ता
    आज दुनियाँमा जताततै
    तिम्रै छ चर्चा परिचर्चा ।

  107. विनय चौधरी

    एउटा फुल???? के मागे नाइ भन्यो
    एउटा फुल~~ के मागे नाइ भन्यो है
    जिद्दी गरेसी खान्छौ कुटाइ भन्यो है
    मनाउछौ कि भन्ने आशमा तर्किदा म
    निउ नखोज~नक्कले भाइ भन्यो है

Leave a Reply

Your email address will not be published. Required fields are marked *