ए कान्छा बित्थैमा लौ किन टाढा भएको?
सप्तरंगी इन्द्रेणी’ भै छैन मैले तिमीलाई भुलेको
भुँ-भुँ गर्ने भँमराले धूनै तिम्रो गाउँछ
फुरफुर् गर्दै पुतलीले तिम्रो खबर ल्याउँछ।
बेदनाका पर्खालहरु जति अंग्ला भए पनि
साझँपख आउछौ तिमी मधुरताको धून बनी
ढुकढुकी बिचमा तिमी धड्कन बनी छाउँछौ
नजरको गल्ती हो कि सपनीमा किन आउछौं?
सबैथोक खानु भन्छन हरेश नखानू है
लाको माया मुटु दुख्छ छोडी नजानू है
फूल दिंदा ओइलाउँछ कि औठी दिएँ चिनु
जोरी पारी शत्रु हाँस्छन वैरी नभै’दिनू
गीता थापा
ईजरायल

बेदनाका पर्खालहरु जति अंग्ला
बेदनाका पर्खालहरु जति अंग्ला भए पनि
साझँपख आउछौ तिमी मधुरताको धून बनी
Sahrai Ramro6 yo
Manoj