Skip to content

द्वन्द्वमा परेको छ देश

  • by

पूर्व, पश्चिम सधैँको बन्दमा परेको छ देश

वरै एक आपसको द्वन्द्वमा परेको छ देश


सलल बग्न पाएन मेची, महाकालीले

र त, नमिलेको छन्दमा परेको छ देश


प्रभातको लालिकिरणमा बयेली चल्नुपर्ने बेला

नाकै खुम्चाउनुपर्ने गन्धमा परेको छ देश


बगाउँछ नै होला एकदिन सुस्ता र कालापानी

आकाशमा मडारिएको कन्दमा परेको छ देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *