उफ … हजुरलाई गनाउँदैन ? उसले सोध्यो ।
अहँ, नकचरो भएर मैले भनें, ऊ छक्क पर्यो, म खड्गरङ्गर स्तब्ध हुँदै व्यङ्ग्य गरेँ – हेर भान्जा, तिमी जापानमा जन्मियौ हुर्कियौ, अमेरिकामा पढ्यौ बढ्यौ त्यसैले तिमीलाई थाहा रहेनछ क्यार नेपालको बारेमा । अरू के नै छर हामीमा ? यो नै हाम्रो मान, शानर पहिचान पनि हो, थाहा पाउनु पर्छ है भन्दै मूल सडहँदि देखिँदै गरेको स-साना फोहोरको सगरमाथालाई इंगितगर्दै यी, हेर त हामीलाई केही पनि गनाउँदैन बरु बास्ना पो आउँछ । कथमकदाचित यस्तो हर्र..र बासना आएन भने त कताकता निस्सासिए जस्तो पो लाग्छ बुझ्यो ? मुटुमा बिज्ने त्यो प्रश्न त्यो प्रश्नवाणको ढाल बनेर मैले कुरो बटारे पनि उसले अझ उत्सुक हुँदै सोध्यो । किन ? ओहो मूर्ख यो तिमीले देख्ने गरेको जापानतिरको कुनै गाउँ हैन, अझ अमेरिका वा युरोपको कुनै ठाम भनेर नसोच न । यो त हाम्रो देश नेपाल हो, अझ नेपालकोराजधानी काठमाडौँ हो । त्यति मात्र होइन, नगरहरूमध्ये ठूलोर विकसित काठमाडौँ महानगरपालिका हो, अनि यो ठूलो सहरभित्रको मुटु ज्ञानेश्वर, न्यूरोड, बानेश्वर, त्रिपुरेश्वर हो । त्यसैले त सबै ठाउँ बास्नादार भएका हुन् बुझ्यौ भान्जा ? मैले हम्रो नालायकीपनको ढाकछोप गर्न खोज्दै बाङ्गै उत्तर दिएँ यसपाली पनि । त्यसपछि उसलाई विष्णुमतीको दोभानदेखि बाग्मतीको सिरानसम्म घुमाउने सुर कसैको मात्र के थिए, उसले फेरि सोधिहाल्यो मामा, मामा, यो कुन झरना हो ? बिचरा उसलाई के थाहा ? यो झरना होइन टुकुचाको मलमुत्र छरना हो भनेर । मैले आत्मग्लानीका साथ भनेँ – विदेशतिर तिमीले देखेको एनजेल, नियग्रा, लङफोस, भिक्टोरिया झरनाहरू जस्तै यो हाम्रोराजधानीको चाहिँ मलमुत्र छरना हो यार । मेरो जवाफराम्ररी सुन्दै नसुनि ओहो .. हो, यो कुन ‘सी’ नि, मामा उसले नाक थुन्दै फेरि सोध्यो । मलाई नचाहेरै पनि जवाफ दिन कर लाग्योर भने – यसलाई स्याल, भ्याउसो अझ मुसो जस्तो बनाइए पनि यिनको नाम बाग्मती नदी हो । यहाँका असभ्य सहरियाले उनको जिउभरि फोहोरमैलार मलमुत्र खन्याएर दिनदहाडै उनको अस्मिता लुटिरहेका छन् । ऊ, तिनी चाहिँ विष्णुमती हुन् उनको पनि यस्तै दुर्दशा छ । उनीहरूको नाम फेरिएर अब चाँडै मलमुत्रमती वा ढलमती होला जस्तो छ, मैले भनेँ । किन, के, कसरी भन्दाभन्दै जलस्रोतको धनी देशरे, पानी छैन, बिजुली छैन, तेल छैन, ग्यास छैन भन्नुहुन्छ अनि लोकतान्त्रिक प्रजातान्त्रिक गणतान्त्रिक नेपालरे, सधैँ नारा जुलुक बन्द विरोध हड्ताल किन हुन्छ ? क्या हो मामा ? भन्लान् भन्ने डर थियो । त्यसैले उनका सिउँडी जस्ता तिखा प्रश्नै प्रश्नबाट आजित भइसकको म ‘हेर भान्जा, सबै कुरा बुझ्न तिमीलाई गाह्रो छ, यो नयाँ नेपाल हो, त्यसैले काम अपवाद भए पनि नाम फेरिन्छ, घाउ पुरानै भए पनि डाम फेरिन्छ, देउता उही भए पनि धाम फेरिन्छ । फेरिनु पनि कुनै नौलो कुरा होर ? यो संसारै गतिशील छ, हैनर ? अचम्म नमान न, अर्को पटक आउँदा तिमीले अझ धेरै कुरा फेरिएको देख्न पाउने छौ । अन्यत्रको जस्तै सफा सुन्दर हरभरा काठमाडौँको सपना बोकेर आउनु, स्वागत छ तिमीलाई भनेर कुरो घुमाइदिएँ । मेरो कुरा सुनेपछि ऊ टोलाइरहृयो । मैले आफ्नो घाउ आफैले कोट्याउँदाको पीडाले मनमा कुरा खेलाइरहेँ ।
शनिबार, गोरखापत्र
आश्विन ३, २०६६
