Skip to content


हंसा हत्या जताततै कुन हो देश नसोध
वम वारुद पड्केका छन परिवेश नसोध

दाजु भाइ आफू आफै लडेका बैरी सरी
भनेको खै कल्ले सुन्छ आदेश नसोध

साना तिना कुरामा हरेक दिन झगडा
दाजुभाइमै युद्ध हुन्छ आवेश नसोध

दिन रात जप्दा पनि शान्ति यहा छैनँ
बुद्ध अन्तै हराएकी उपदेश नसोध

घाँटी रेटी गोली हानी कयौं बिते बिते
भोलि गाउँ शून्य होला अवशेष नसोध

शान्ति ल्याउन अझै पनि मरिमेटेकाछन
शान्तिप्रिय देश हो हाम्रो सन्देश नसोध

कृष्ण के श्रेष्ठ काल्स
yokohama japan

1 thought on “गजल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *