मतभेद र वैमन्श्य जारी राख्नुस् माननीय
संविधान बन्ने मिति सारी राख्नुस् माननीय
तपाईंको फलिफाप भए पुगिहाल्यो नि हैन
स्वर्थी बनी जनतालाई मारीराख्नुस् माननीय
छिमेकिले साँध मिच्दा टुलुटुलु हेर्नुहुन्छ
यसरी नै दुश्मनसैग हारिराख्नुस माननीय
जनतको साँच्चै शासन कहिले आउँछ भन्दा
हुन्छ हुन्छ भन्दै सधैं टारिराख्नुस माननीय
सरकर त तपाईंलाई खेलमैदान भइहल्यो
माथि पुग्नेलाई तल झारिराख्नुस् माननीय
समझदारी गरी गए देश आघि बढ्ला भनी
आपसमै लडी पानी बारिराख्नुस् माननीय
सम्पदाको धनी भई देश कङ्गाल बन्दा पनि
जनताको शीरमा ऋणको भारी राख्नुस् माननीय

अनन्त जि गजल सललललल बगेको छ
अनन्त जि गजल सललललल बगेको छ तर कही कतै युनिकोड बाट टाईप गर्दा शब्दहरु पुरा नभए जस्तो लाग्यो जस्तै –शायद सरकार हुनुपर्ने होला तर सरकर अनी स्वर्थीको ठाउँमा स्वार्थी…
यहाँ त्यस्तो नभए पनि कहिले काही अर्थमा नै फरक पर्दछ होइन र सामान्य टाईप गर्दा धेरथोर गल्ती भए पनि गजल उत्कृष्ट छ बिशेष गरी यो शेर सार्ह्रै मन पर्यो।
छिमेकिले साँध मिच्दा टुलुटुलु हेर्नुहुन्छ
यसरी नै दुश्मनसैग(सँग) हारिराख्नुस माननीय