Skip to content

गजल


नसहेका चोटहरु गजलमा हराए
सहेका चाँही धेरै धेरैले मन पराए

म कहिले सन्की त कहिले पागल बने
कहिले बाटो बाटोमा एक्लै-एक्लै कराए

कुन चोट थिएन होला म नरोएको
हर आँशुमा तिमीलाई अलग पाँए

म साहारा खोज्थे तिमी दूरी खोज्थ्यौ
जान्दैनौ तिमी के सोचेर मन बुझाए

जिन्दगी तिमीलाई गुलावको बिस्तर होस
म जस्तो थिए आखिर उस्तैमै सुहाए

तुफान
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *