नसहेका चोटहरु गजलमा हराए
सहेका चाँही धेरै धेरैले मन पराए
म कहिले सन्की त कहिले पागल बने
कहिले बाटो बाटोमा एक्लै-एक्लै कराए
कुन चोट थिएन होला म नरोएको
हर आँशुमा तिमीलाई अलग पाँए
म साहारा खोज्थे तिमी दूरी खोज्थ्यौ
जान्दैनौ तिमी के सोचेर मन बुझाए
जिन्दगी तिमीलाई गुलावको बिस्तर होस
म जस्तो थिए आखिर उस्तैमै सुहाए
तुफान
चितवन
