संसारको यात्रा गर्दा
हर व्यक्तिको सोधाइ
परिचय दिंदै गए
उनीहरू सोध्दै गए
कहाँबाट आयौ?
मेरो उत्तर धर्तीबाट
चन्द्र र सूर्यबाट त म आएको होइन ।
तिम्रो धर्म के हो?
मानव कल्याण
एउटै मानव जातिमा बिभिन्न धर्म हुन सक्दैन ।
कयौ स्थानमा
कतिले पागल भने
कयौले ज्ञानी भने
तर म दुवै होइन ।
म त विद्यार्थी हुँ ।
यो संसारसँग सिक्दैछु ।
मानवका विसङ्गति र बिकृति चिर्दै
प्रकृति स्वरुपको सत्य खोज्दै छु ।
बिभिन्न स्थानमा
बिभिन्न समयमा
आवश्यकता अनुरुप
तिमीले जे लेख्यौ
तिर्मा धर्महरू
मानव सविधान न हो ।
परिर्वतनशिल संसारमा
तिर्मा धर्महरू यथास्थितीमा रहेँ
आज समय र कालसंगै चल्न नसक्ने भए ।
यो एकले अर्कोलाई दोषारोपण
धेरैले धर्मकै प्रश्न गर्ने भए
धर्मयुद्ध लड्दै रहेँ
तिमीले भने जस्तै
धर्म
इसाई
मुस्लिम
हिन्दु
र बौद्धिष्ट इत्यादि भने होइनन् ।
यि त मानव लिखित
मानवकै बौद्धिक सम्पत्तिहरू हुन् ।
एउटै मानव वंशमा
एउटै सत्य धर्म
मानव कल्याण कसैले लेख्न सकेनन् ।
सबै भौतिकवादी हुन् ।
क्षणिक सुख खोजिरहेका छन् ।
यसका उपलब्धीहरू
महल, पजेरो, जहाज र कामवासना हुदैँ
बम, बारुद र मिसाएल सम्म आएकाछन् ।
आ आफ्नो स्वार्थ पुर्तीका आधार
आआफ्नै धर्म स्थापित गर्न
यो धर्ती र मानव वस्तिहरूमा
तिनै उपलब्धिहरू ठोकिरहेकाछन् ।
मानव मारिरहेकाछन् ।
लिङ्ग भेद र अमानविय कार्य गरिरहेकाछन् ।
यो अध्यात्मिकतामा भौतिकवादको प्रकोप
क्षणिक सुखभोगको कामनामा
म-आफ्नो भाग खोजी रहेको छु ।
ऊ उसको भाग खोजी रहेछ ।
नपाए उही धर्मको नाम छ ।
सोझा सिधालाई लर्डाई रहेछन् ।
यही सत्यता र यर्थाततालाई
हामी धर्म भन्छौ भने
चैतन्यशील मानवलाई
मेरो भन्नु केही छैन ।
बसन्त मोहन अधिकारी
चितवन

yes you are success to give
yes you are success to give real matter thanks
धेरै राम्रो बिचार राख्नु भयो
धेरै राम्रो बिचार राख्नु भयो सर तपाइले!
Ramro lagyo
यो अध्यात्मिकतामा
Ramro lagyo
यो अध्यात्मिकतामा भौतिकवादको प्रकोप
क्षणिक सुखभोगको कामनामा
म-आफ्नो भाग खोजी रहेको छु ।
ऊ उसको भाग खोजी रहेछ ।
नपाए उही धर्मको नाम छ ।
सोझा सिधालाई लर्डाई रहेछन् ।
यही सत्यता र यर्थाततालाई
हामी धर्म भन्छौ भने
चैतन्यशील मानवलाई
मेरो भन्नु केही छैन
यो एकले अर्कोलाई दोषारोपण
धेरैले धर्मकै प्रश्न गर्ने भए
धर्मयुद्ध लड्दै रहेँ
तिमीले भने जस्तै
धर्म
इसाई
मुस्लिम
हिन्दु
र बौद्धिष्ट इत्यादि भने होइनन्
thanks u sir
thanks u sir