कहिले काँही त मिठो बोल झर्किएर हुन्न सँधै
दुनियाँले ताली पिट्छन् तर्किएर हुन्न सँधै
सँकल्प गरिसक्यौं यो यात्रा सँगै गर्ने
सम्झौता ‘नि गर्नु पर्छ दर्किएर हुन्न सँधै
के थाहा र मनमा के छ खुलम खुल्ला भन्नुपर्छ
आफैंसँग सिसासरी चर्किएर हुन्न सँधै
मान्छे हो भुल हुन्छ बुझ्नु पर्छ तिम्ले पनि
मनमा अनेक कुण्ठा राखी सर्किएर हुन्न सँधै
निर्मला थापा,
swoyam.nirmala@gmail.com

निर्मला जि राम्रो लाग्यो
निर्मला जि राम्रो लाग्यो तपाईंको गजल…. बिशेषगरी मतला धेरै नै प्रभाबकारी लाग्यो
Nirmala ji
Ramro chha
के
Nirmala ji
Ramro chha
के थाहा र मनमा के छ खुलम खुल्ला भन्नुपर्छ
आफैंसँग सिसासरी चर्किएर हुन्न सँधै
Yo sher le mero mutu chhoyo
sabai sher haru hirdaya chhune khal ka chhan
Keep it up
Nirmala ji sahrai man paryo
Nirmala ji sahrai man paryo matala
ani bhaab bolirahyo
ho sachchai…
के थाहा र मनमा के छ खुलम खुल्ला भन्नुपर्छ
आफैंसँग सिसासरी चर्किएर हुन्न सँधै
अनुभव जि, टन्क जि अनि मनोज
अनुभव जि, टन्क जि अनि मनोज जि, गजल मन पराईदिनु भयो, धेरै धेरै धन्यवाद यँहाहारुलाई ।
यँहाहारुको हौसला तथा प्रतिकृयाको सदैब अपेक्षा गर्दछु ।
निर्मला थापा,
🙂
गजब छ निर्मलाजी, हो
🙂
गजब छ निर्मलाजी, हो समझदारीमा बस्नुपर्छ!
गजल
गजल -जवाफ
प्रकाश बञ्जारा “विहानी”
अधिकारको कुरा गर्छु थर्काएको नसम्झ
नसालुछन् नयनहरु कर्काएको नसम्झ
तिमीले नी विराएथ्यौ कसमका कुराहरु
जँजिरमा छु वाचा कसम फर्काएको नसम्झ
स्वतन्त्र छन् मेरा यी दुवै चुल्ठीहरु बुझ
हल्लेलान यी तिम्रैलागि लर्काएको नसम्झ
भावनाको नाता जोडि चाहानाको यात्रा थाल्यौ
अमुल्य अश्रु विछोडमा दर्काएको नसम्झ
patrakarbhai@yahoo.com
आफै सँग सिसा सरी चर्किएर
आफै सँग सिसा सरी चर्किएर हुन्न सधैं,
निर्मला जि !
यो शेर धेरै राम्रो लाग्यो । उत्कृष्ट गजल रचना ।
निर्मलाजी,
भावनाहरूलाई
निर्मलाजी,
भावनाहरूलाई उपयुक्त हुने रुपले शब्द संयोजन (सेलेक्सन) गर्नुभएको छ। लेख्तैजानुहोला।
कुमार