बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनयास नै फेरि बल्झेर दुख्छ
बोकेर चोट अधुरा रुखो
जाँदैछु बाँच्न एकान्तमा आज
सम्झना पनि नपठाऊ भन्छु
कतै जिन्दगी नै झस्केर उठ्छ
सायद निको नहुने मेरो घाउ
डाह भई बाँच्छ सधैं मभित्र
बाँचेकै हेर्ने भए फेरि मलाई
हाँसो नै दिने भए फेरि मलाई
अब नजरले नघोच मलाई
तिम्रो हेराइमा बल्झेर दुख्छ
शब्द: नगेन्द्र थापा
स्वर: नारायण गोपाल
संगीत: गोपाल योञ्जन
