मोती दाना जस्ता मेरा आँशुका थोपाहरु

किन किन रोकिएनन्
मोती दाना जस्ता मेरा आँशुका थोपाहरु
किन त्यसरी वगिरहन्छन्
मनमा उब्जाएर पीरहरु ।
मेरो आज मन रोइरहेछ
कहाँ छौ तिमी खबर गर्दिनौ !
किन वन्यौ मायाकी प्रतिमा तिमी
सपनामा पनि आउन छोड्यौ ।
केही नराम्रो काम म बाट भएका भए
म संग प्रष्ट भन्नु पथ्र्यो
आज बद्नाम गर्दै किन हिड्छयौ
मलाई आफ्ना कुरा राख्न दिनु पथ्र्यो ।
सम्झियो जति उति चित्त दुख्छ
उत्ती नै आँशु झर्छन्
मोती दाना जस्ता मेरा आँशु
तिम्रै विरहमा सित्तै झर्छन्
कोठामा एक्लै बस्छु
अभिट छाप तिम्रो परेको छ
त्यसैले मोती दाना जस्ता मेरा आँशुका थोपाहरु
विगत सम्झेर झार्नु परेको छ ।


Guru Kedar Baral
(303) 725-5818
Currently in the USA

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *