दिलको घरमा उज्यालो बत्ती बाल्नेलाई खोज्दै छु
सँघर्ष जीवन भनेर कदम चाल्नेलाई खोज्दैछु
दुखमा आँसु सुखमा हासोँ बाडेर जीवनभर
सिएर सँधै दुखको पर्दा टाल्नेलाई खोज्दैछु
भोगौंला दुख कि आधा-आधा बाडौंला सुख पनि
बिचभै आए कठोर शिला गाल्नेलाई खोज्दै छु
अघोषित मृत्यु डाँडा र काडाँ नबोली आउँछ
म झरी गए नि लाला बाला पाल्नेलाई खोज्दैछु
मनको मैलो फालेर आए त्यो खुसी दिलले
“विहानी”सँगै जीवन यात्रा थाल्नेलाई खोज्दैछु
प्रकाश बञ्जारा “विहानी”
साउने चउर — ९ खोटाङ्ग हाल नवोदित साहित्यिक वाचनालय दोहा कतार
