सुन्दरीजल जान भनी उठीकन मैले
जति थिए कामहरू सबै गरेँ पैले ।
सबैजना मिलीकन स्कुलमा गयौँ
शिक्षक र साथीहरू एकै ठाउँ भयौँ
बसमा चढी सररर सुन्दरीजल पुग्यौँ
उकाली र ओरालीमा रमाइलो गर्यौँ
सुन्दरीजल अति साह्रै रमणीय ठाउँ
त्यहीँ बसेर एउटा गीत लाग्यो गाउँगाउँ
यताउता सबैतिर साथीहरू थिए
दोहोरी गीत गाएपछि आनन्द झन् लिएँ
वरिपरि डाँडाहरू बीचमा राम्रो ठाउँ
त्यो ठाउँको रहेछ सुन्दरीजल नाउँ ।
हरियाली जताततै माथि राम्रो गाउँ
फर्की आउँदा पनि लाग्यो फेरि जाऊँजाऊँ ।
