Skip to content

नप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज !
हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !!

सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो,
किन अनी कसको नामले यस्तो उदास भएँ आज !!

नजांनिदो अनी कस्तो नमिलेको पीडा भयो,
यस्तो लाग्छ पैलो पटक आफ्नै नाम भूलें आज !!

न कसैलाई माया गरें न कसैको भाको थिएँ,
तर पनी आफैं संग किन टाढा गएँ आज !!

आजबाट जिंदगी यो जिउने आशा मरिसक्यो,
आफैं संग आफैंले नै राजीनामा दिंए आज !!

3 thoughts on “ग़ज़ल”

  1. {नजांनिदो अनी कस्तो नमिलेको
    {नजांनिदो अनी कस्तो नमिलेको पीडा भयो,
    यस्तो लाग्छ पैलो पटक आफ्नै नाम भूलें आज !!}

    धेरै राम्रो छ उपाध्याय जी, मैले रोजेको त्यो लहरहरु साँच्चै मलाई मन पर्‍यो, यस्तै जोडदार लेखहरु अरु पनि पढ्न पाइयोस शुभकामना।

    “पराई-मान्छे”

  2. आशांक जि गजल निकै राम्रो
    आशांक जि गजल निकै राम्रो लाग्यो

    सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो,
    किन अनी कसको नामले यस्तो उदास भएँ आज !!

    हरेक शेरहरु मन पर्‍यो।

  3. b j sir thanks
    gazalka lahar

    b j sir thanks
    gazalka lahar man paraidinu bhayakoma ani shuvakamanako lagi abhari chhu

    ani anubhav ji tapailai pani dhanyabad
    gazalka harek sher man paraidinu bhayakoma

Leave a Reply

Your email address will not be published. Required fields are marked *