चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?”
पसलेले उनी हिजो मात्र शहिद भए भनी घटनाको बिबरण के बताउदै थिए, त्यो सुनेर उनी लत्र्याक लुत्रुक्क परिन। एकै क्षणमामा बुढीको धडकन् बन्द नै भयो भनी सबैलाई सुनाउदै थिए। तैपनि वरिपरिका मानिसहरू प्रश्न गरिराखेका थिए, “के तिमी उन्लाई चिन्छौ ? “, “ती सैनिक र उनको नाता के हो ?”, “के भन्दै थिइन उनी ?”, “कहाँ हो उनको घर ?”, आदि आदि।
त्यत्तिकैमा प्रहरी अाइपुगे । भीडलाई हटाउँदै लासलाई घेरे अनि अनुसन्धानको नाममा फेरी पत्रिका पसलेसित सोधपुछ गर्न थाले । लासको प्रकृति मुचुल्का लेखे । बृद्धाको सनाखत अँझै हुन सकेको थिएन । अनुसन्धान अधिकृतले ती बृद्धा र हिजै शहिद भएका सैनिकको कतै नाता पो पर्दछ कि भनी सैनिक मुख्यालयसित जानकारी माग्न आफ्नो माथिको अड्डालाई अनुरोध गरे । सनाखतको अन्तिम बिन्दुमा पुग्नै लाग्दा उनले बाँधेको पटुकीको एउटा कुनामा केही चानचुन पैसा र नेपाली कागजमा लेखिएको खेस्रा भेटियो । त्यसैमा रहेछ बुढीआमाको संसारिक विवरण । बुढीआमाको उजुरी खेर्सा र पत्रिकामा छापिएको शहिद सैनिकको विवरण दाँजेपछि अनुसन्धान अधिकृतलाई स्पष्ट हुन गाह्रो परेन कि उनी तिनै शहिदकी अभागी आमा थिइन जो छोरा अनि न्याय खोज्न भर्खर शहर पसेकी ।
प्रकृति मुचुल्का समाप्त गर्दा गर्दै बुढीआमाको पटुकीमा मिलेको कागजको टुक्रा पढिसकेका अधिकृतको आँखाभित्र आँसु रोकिन सकेन र छछल्किएर बाहिर निस्क्यो । केही बर्ष अघि मात्र उनकै आमाको पनि त्यस्तै खबरले हृदयगति बन्द भै मृत्यु भएको थियो । बिस्मात त के भने उनी जिउँदै थिए तर मर्यो भन्ने खबर पुगेको थियो । यहाँ भने छोराको खोजीमा आउँदा छोरो शहिद भएको समाचारको फोटो देखेर बुढीआमा सम्हालिन सकिनन ।
सैनिक मुख्यालयबाट शहिद सैनिक शिवबहादुरकै गाउँले मित्र पनि घटनास्थलमा आए अनि अनुसन्धान अधिकृतलाई राम काहानी बताउन थाले “बिचरा बुढीआमा बर्ष दिनअघि मात्र म घर जाँदा शिवको खबर लिएर गएको थिएँ। ‘कहिले छोराले धन कमाइ ल्याउला ? कहिले बुहारी आउलिन् ? नाती-नातिना खेलाउने मेरो धोको कहिले पुरा होला ? र म आरामसित मरौंला ? मेरो छोरो अर्को हफ्ता आउछ रे । फेरि छुट्टी मिलेन रे । अर्को हप्ता त पक्का आउँछ रे,’ भन्दै गाउँलेलाई खबर गरी राख्दथिन् रे उनी । केही बर्ष अगाडि देखि मात्र गौरबशाली शाही नेपाली शेनामा भर्ना भएका शिवबहादुरकी आमालाई सामन्तको सेवक भन्दै घर र पाखा बारी कब्जामा लिएर गाउँबाट नै निकाली दिएका रहेछन् ।
बुढीआमाले कसैलाई लेखाएकी त्यो उजुरी पत्रले उनको ब्यथा बोली राखेको थियो । बिडम्बनाको सानो पात्र मात्र हुन शिवकी बुढीआमा । उनीसँगै उनका दर्जनौ बिन्ती पत्र र उजुरी बेवारीसे भैसकेका थिए । बुढीआमा घरजग्गा फिर्ता पाउँ भन्दै गाउँ , जिल्लामा निवेदन गर्न पुगिन्, कसैले सुनेन । शहर पुगिन्, कसैले “हुन्छ हेरौंला। भोलि आउ” भने। कसैले “तिम्रो मात्र हो र? सबैको एकैचोटि हुन्छ, पर्ख” भने । कसैले कब्जा गर्नेको अनुमति चाहिन्छ भने । प्रहरी प्रशासन त झन् “राजनैतीक सहमति जुटाउ अनि मात्र तिम्रो काम हुन्छ हामीले केही गर्न सक्दैनौं” भन्दा रहेछन । कोहि “हाम्रा पनि सन्तान छन कब्जा गर्नेसित दुष्मनी मोल्न सक्दैनौ भन्थे” र तर्कन्थे । शिवकी आमाको रोदनलाई कसैले वास्ता गरेनन कसैलाई गोष्ठीमा, कसैलाई सम्मेलनमा, कसैलाई उद्घाटनमा जान चटारो । आफ्ना गाउँका नेतालाई भेटेर कब्जा पाखोबारी फिर्ता गराउँला भनी सपना बोक्दै भोक भोकै नेताहरूका घर घर चाहर्दै गरेकी शिवकी आमा एक्कासी आफ्नो छोरोको फोटो पत्रिकामा देखेर बहुत खुशी के भएकी थिइन कहाली लाग्दो यथार्तता सुनेर सम्हालिन सकिनन् । आज अनुसन्धान अधिकृतको टेबुलमा गिज्याइरहेको छ बुढीआमाको पटुकीमा च्यापिएको त्यो कसैले नसुनेको उजुरी पत्र ।
शेखर ढुङेल
०७-२५-२००९

sakhar ge hajur la lakhnu
sakhar ge hajur la lakhnu bhayako katha yak dami real chha yo auta katha nabhayara real story ho. thanks yasti yasti katha lakhnu hola
शेखर ji
Ramro lagyo
शेखर ji
Ramro lagyo